OnlineKhabar.com

तस्वीरमा खन्चुवा जीवन (फोटोफिचर सहित)

2070 असोज 10 गते 9:47 मा प्रकाशित

चाल्र्स डार्विनका अनुसार यो पृथ्वीमा जो प्राणीले संघर्ष गर्नसक्छ उसको मात्र अस्तित्व रहन्छ । बाँच्नका लागि हुने संघर्षमध्ये प्रमुख संघर्ष खानेकुरामै हुन्छ । त्यसपछि मात्र बस्ने ठाउँ तथा अन्य कुरामा ।

सबै प्राणीलाई बाँच्नका लागि खानुपर्छ । तर यो खानेकुरा जुटाउने कुरा सजिलो छैन । यो पनि एक कला हो र प्रकृति पद्दत्त सीप पनि हो । यहाँका साना भन्दा साना प्राणीले समेत आफ्नो त्यो क्षमता वा कला प्रयोग गरेर आफ्नो खानेकुरा जुटाउँछन् । प्राणीले आफ्नो खानेकुरा कसरी जुटाउँछन् भन्ने कुराको चुरो खोतल्ने प्रयासमा बेलायतको प्रतिष्ठित संस्था द सोसाइटी अफ बायोलोजीले यो वर्ष अन्तराष्ट्रिय फोटो प्रतियोगिता नै गरेको छ । वर्षेनी हुँदै आएको फोटोग्राफी प्रतियोगिता अन्तरगत यो वर्षको थिम खन्चुवा जिवन राखिएको छ ।

1ant

‘खन्चुवा जिवन’ भन्ने अवधारणामा आधारित भएर विश्वका विभिन्न देशका फोटोग्राफी प्रेमी अव्यवसायिक फोटोग्राफरहरुले विभिन्न सुन्दर तस्वीर खिचेर प्रतियोगितामा सामेल भएका छन् । झण्डै ६ सय प्रतियोगीहरुले तस्वीर पठाएका सोसाइटीले जनाएको छ । त्यसमा कमिला देखि लिएर मान्छे सम्मका खाना जुटाउने कला तस्वीरमा उतारिएको छ । जिव विज्ञान सप्ताहको अवसरमा अक्टोबर १७ मा पुरस्कृत तस्वीर घोषणा गरिनेछ ।

2rat

3bee

4women

5water

6fish

7bird

8swiming

9bechi

9birds

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“तस्वीरमा खन्चुवा जीवन (फोटोफिचर सहित)” मा प्राप्त 5 प्रतिकृयाहरू
  • MoUsAm लेख्नुहुन्छ    |   2070 असोज 10 गते 12:01

    Awesome Click

  • subodh Torres pant लेख्नुहुन्छ    |   2070 असोज 10 गते 12:32

    LIFE IS BEAUTIFUL….

  • Ashok Gautam लेख्नुहुन्छ    |   2070 असोज 10 गते 12:44

    its good
    struggle life is better

  • Parshuram लेख्नुहुन्छ    |   2070 असोज 10 गते 13:12

    yo photo dekher ghar ko yadd aayo hai ta

    Haaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa

  • I m Nepali लेख्नुहुन्छ    |   2070 असोज 11 गते 9:44

    Nice photography