१० असोज काठमाडौं । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी न्युयोर्क भ्रमणमा जानै लागेका बेला उहाँलाई प्रधानन्यायाधीश पदबाट राजीनामा गराउने आन्तरिक गृहकार्य शुरु भएको छ । यो गृहकार्यको अगुवाइ एमाओवादी नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश)ले गर्नुभएको छ ।
एमाओवादी नेता प्रकाशको यो अभियानमा नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले पनि सैद्धान्तिक सहमति जनाउनुभएको छ । त्यसैगरी एमाले नेता माधव नेपाल, विष्णु पौडेल, कांग्रेसका डा. शेखर कोइराला र मधेसी मोर्चाका उपेन्द्र यादवसमेतले रेग्मीलाई राजीनामा गराउने अभियानमा सैद्धान्तिक र व्यवहारिक साथ दिनुभएको छ ।
अध्यक्ष रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा दिन लगाएर वैद्य माओवादीलाई चुनावमा ल्याउने रणनीतिअनुसार एमाओवादी नेता श्रेष्ठले विहीबार ललितपुरको हरिसिद्धीस्थित आफ्नै निवासमा माओवादी नेता मोहन वैद्य, ३३ दलका नेता पासाङ शेर्पा र कांग्रेस, एमालेका केही नेताहरुसँग ‘मिनी वार्ता’ समेत बोलाउनुभएको छ ।
विगतमा चार दल र सरकारले गम्भीरतापूर्वक आग्रह गरेको भए रेग्मीले प्रधानन्यायधीशबाट राजीनामा दिने श्रेष्ठको दाबी छ । ‘प्रधानन्यायधीशलाई राजीनामा गराउन सम्भव थियो, यसमा गम्भीरतापूर्वक सोच्ने र यो दिशातिर घटनाक्रमलाई लैजाने काम भएन भन्ने मेरो दृढ मत छ ।’ विहीबार एमाओवादी नेता श्रेष्ठले अनलाइनखबरसँग कुरा गर्दै भन्नुभयो, ‘खिलराज संविधानसभा विघटन गर्ने मान्छे हुन् भनेर चिनिएका छन् । फेरि उनकै कारणले देश गृहयुद्धमा गयो भने रगतको खोलो बगाउने जिम्मेवार पनि खिलराज रेग्मी नै हुन्छन् ।’ श्रेष्ठको थप भनाइ छ,-‘यो स्थितिलाई बुझाएर रेग्मीजीसँग कुरा गर्न सकिँदैनथ्यो र ? यदि यो बुझ्दै नबुझ्ने हुन् भने खिलराज रेग्मी के हुन् त ? खिलराज रेग्मीको नियत के हो त भन्ने प्रश्न इतिहासमा उठ्छ । यसको जवाफ उनले दिनुपर्छ ।’
रेग्मीलाई राजीनामा गराई चुनाव सारेर भए पनि वैद्यलाई चुनावमा ल्याउनुपर्छ भन्ने आफ्नो मागमा कांग्रेस नेता शेरबहादुर देउवा, एमाले नेता माधव नेपाल र विष्णु पौडेल र कांग्रेस नेता शेखर कोइरालाको सहमति रहेको श्रेष्ठले अनलाइनखरबरलाई बताउनुभयो । त्यसैगरी आफूले यसबारे नागरिक समाजका अगुवासँग पनि कुरा गरेको जानकारी दिनुभयो ।
एमाओवादी नेता श्रेष्ठको आफ्नै शब्दमा यस्तो छ गृहकार्य :
राजनीतिक समितिको बैठककै बीचमा शेरबहादुरजीले के भन्नु भो भने म प्रकाशजीको दृष्टिकोण र लाइनमा सहमत छु । बैद्यजीहरुलाई ल्याएर चुनावमा जानुपर्छ । नत्रभने बेकारमा देशलाई अर्को द्वन्द्वमा किन फसाउने ?
एमालेका माधवजीले भन्नु भो, पहिला वैद्यजीहरु चुनावमा आउनुहुन्छ भन्ने मलाई पनि लागेको थिएन । तर, प्रकाशजीले मलाई फोन गरेर उहाँहरु आउने सम्भावना छ अगाडि बढ्नुस् भन्नु भो र म अगाडि बढेको हुँ । उहाँहरुलाई जसरी पनि ल्याउँ, चुनावको ब्यवहारिक ढंगले पछाडि सारेर भए पनि ल्याउँ भन्ने कुरामा पनि म सहमतै हो, अहिले पनि सहमत छु प्रकाशजीसँग । तर, उपेन्द्र यादवहरुले चाही चुनाव मंसिर ४ बाट सार्यो भने हामी चुनावमा भाग लिन्नौं भनेको हुनाले म पछि हटेको हुँ । नत्र भने म पनि सहमत छु, मधेसवादीहरुसँग कुरा गर्नुस् । माधवजीले सबैको अगाडि बैठकमै भन्नुभो । फेरि देउवाजीसँग मेरो छुट्टै कुरा पनि भो ।
त्यसपछि मैले उपेन्द्र यादवसँग कुरा गरेँ, तपाईले बैद्यजीहरुलाई चुनावमा ल्याउनु हुन्न भन्ने दृष्टिकोण राख्नु भएको हो ? तपाईले मंसिर ४ मा चुनाव गर्नु पर्ने, मंसिरमै चुनाव गर्नु पर्ने के हो त भनेर वार्ताको बेलामा भन्नुभएको थियो नि त ? दैवी नीति हो यो भनेर भनेको हैन ? अहिले त बैद्यलाई ल्याउँदा व्यवहारिक रुपमा चुनाव सार्नुपनि पर्छ भन्दा सार्नै हुन्न भन्नु भो रे, यहि हो त यथार्थ ? यसो भनेर सोध्दा यादवजीले त्यस्तो हैन, उहाँहरु आउनुहुन्छ भने हामी तयार छौं भन्नुभो ।
त्यसपछि मैले किरणजीसँग अस्ति मात्र कुरा गरेको छु । फेरि वार्ता सुरु गर्ने र यो प्रक्रियामा जानेबारे म पोलिटब्यूरोमा राख्छु भनेर वैद्यजी जानुभयो । पोलिटब्यूरोमा के भयो मलाई जानकारी आएको छैन । सायद आजै उहाँसँग मेरो कुरा हुन्छ ।
फेरि मेरो उपेन्द्र यादवसँग पनि कुरा भएको छ र मैले किरणजीसँग कुरा गर्नुस भनेको छु । त्यसैगरी म नेपाली कांग्रेस र एमालेका साथीहरुसँग पनि कुरा गरिरहेको छ । सम्भवतः आजै हुन पनि सक्छ । त्यतिमात्र हैन, नागरिक समाजका केही प्रभावशाली व्यक्तिहरुसँग पनि मेरो कुरा भइरहेको छ ।
वैद्यलाई ल्याउनुपर्ने चार कारण
मेरो भनाइ के हो भने चारवटा कारणले वैद्यजीहरुलाई चुनावी प्रक्रियामा ल्याउन आवश्यक छ । पहिलो कुरा, नेकपा-माओवादी भनेको जनयुद्धको एउटा शक्ति हो । यसकारणले ऊ शान्ति प्रक्रियाको पनि एउटा हिस्सा हो । निर्वाचन गर्नु भनेको शान्ति प्रक्रियालाई पूर्णरुपले सफल पार्नु पनि हो । त्यसैले यो कोणबाट पनि उहाँहरुलाई सहमतिमा ल्याउनुपर्छ । दोस्रो, संविधानसभाका चुनाव सफल पार्न पनि उहाँहरुलाई ल्याउनुपर्छ । तेस्रो कुरा, संविधानसभामा सबैको स्वामित्व होस्, नयाँ संविधानमा सबैको स्वामित्व होस् भन्नलाई पनि उहाँहरुलाई ल्याउनुपर्छ । र, चौथो कुरा देशलाई द्वन्द्वको नयाँ श्रृंखलामा जान नदिनका निम्ति पनि वैद्यजीहरुलाई सहमतिमा ल्याउनुपर्छ । यी चारवटा कारणहरुले गर्दाखेरि नेकपा-माओवादीलाई निर्वाचन प्रक्रियामा ल्याउनुपर्छ । र, यो सम्भव छ । तर, यो संभावनातिर उच्चस्तरीय राजनीतिक समिति र सरकारले गम्भीरतापूर्वक ध्यान दिएनन् र ऐतिहासिक भूल गरे भन्ने मेरो मान्यता हो ।
चुनाव सार्ने राजनीतिक मागै होइन
वार्तामा जे कुरा गर्न सम्भव थियो, त्यो नगरिएको हुनाले मैले नेताहरु गम्भीर भएनन् भनेको हुँ । पहिला त वैद्यजीहरुको पोखरा बैठकले चुनाब बहिस्कारको निर्णय गरेको थियो । बहिस्कार मात्रै होइन, चुनाव ध्वंश गर्ने पनि निर्णय गरेको थियो । त्यतिखेर मैले के भनेको थिएँ भने उहाँहरु आफ्नो गलत दृष्टिकोणले गर्दाखेरि चुनावमा आउँदै आउनुहुन्न भने हामीले चुनाव गर्नु पर्ने हुन्छ । तर, उहाँहरुले पछि चुनावमा आउने निर्णय गर्नुभयो । मुख्यतः पछिल्लो पोलिटब्यूरो बैठकबाट चुनावमा आउने निर्णय गर्नुभयो र आफ्ना मागहरुमा लचकता देखाउनुभयो । उहाँहरुले पहिले चुनाव बहिस्कार गर्ने भन्नुभएको थियो । त्यसपछि माग के राख्नुभयो भने चुनावमा आउँछौं तर, २५ बँदे पूरै खारेज गर्नुपर्छ, ११ बुँदे खारेज गर्नुपर्छ, खिलराज रेग्मीको सरकार हटाउनुपर्छ, संविधानको अन्तरवस्तुमा सबै सहमत हुनुपर्छ, पूर्ण समानुपातिक चुनावी प्रणालीमा जानुपर्छ, सर्वाधिकार सम्पन्न गोलमेच सम्मेलन गर्नुपर्छ, आदि मागहरु थिए । यसले पनि उहाँहरु पूरै चुनावमा जाने अवस्थामा आइपुग्नुभएको छैन भन्ने बताउँथ्यो । किनभने यी सबै मागहरु पूरा गर्न सम्भव थिएन ।
तर, वैद्यजीहरु पछि के कुरामा आउनुभयो भने चुनावमा जाने तर दुईवटा माग मात्रै पूरा गरे हुन्छ । एउटा, खिलराज रेग्मी नेतृत्वकै सरकार अन्तरगत जान सकिने, तर रेग्मीले प्रधानन्यायधीशबाट राजीनामा दिनु पर्ने । दोस्रो, व्यवहारिक कारणले गर्दाखेरि चुनावको तयारीका लागि चुनावको मिति सारिनु पर्ने । दोस्रो त कुनै मागै होइन, उहाँहरुले व्यवहारिक हिसाबले भनेको हो । पहिलो मात्रै राजनीतिक माग हो, प्रधानन्यायधीशलाई राजीनामा गराउने । यो सम्भव थियो भनेको हुँ मैले । यसमा गम्भीरतापूर्वक सोच्ने र यो दिशातिर घटनाक्रमलाई लैजाने काम भएन भन्ने मेरो दृढ मत छ ।
रेग्मीसँग सिरियस कुरै भएन
मेरो कुरो एकदम प्रष्ट छ । खिलराजजीलाई प्रधानन्यायाधीश भएकैले सरकार प्रमुख बनाएको भन्ने उहाँको पहिलेको कुरा थियो । उहाँले सामान्यतः यस्तो भन्नुभयो होला । तर, मेरो भनाइ के हो भने सबै राजनीतिक पार्टी, सबै सम्बन्धित पक्ष गएर उहाँसँग गम्भीररुपमा कुरा गरेर देश बर्बाद हुन लाग्यो, तपाईको जिम्मेवारी भनेको जसरी पनि चुनाव सफल पार्नु हो, त्यसैले तपाईकै नेतृत्वको सरकारले चुनाव गर्न सक्ने तर, सबै पार्टीलाई सहमतिमा ल्याएर चुनाव गर्न सकिने ऐतिहासिक अवसर किन गुमाउनु हुन्छ भन्न सकिन्छ । जबकि यो चुनाव भएन भने देश नयाँ द्वन्द्वको श्रृंखलामा जान सक्छ र फेरि गृहयुद्ध पनि हुन सक्छ, देशमा फेरि रगतको खोलो बग्न सक्छ, त्यसको जिम्मेवारी तपाई लिन सक्नुहुन्छ ? त्यसैले माओवादीलाई पनि ल्याएर ऐतिहासिक ढंगले चुनाव सफल पार्नुपर्छ भन्ने ढंगले रेग्मीसँग सिरियस कुरा भयो भन्ने नै मलाई लाग्दैन ।
मैले बुझेको के हो भने रेग्मीजीसँग कुरा त भयो, तर, वार्ता भैराखेको छ, तपाईले राजीनामा दिनुपर्छ भन्ने माग पनि छ भनेर रिपोर्टिङ हुँदाखेरि रेग्मीजीले यो त पहिलेकै कुरा हो, मैले राजीनामा दिन्न भनेर भनिसकेको छु भन्ने अर्थमा मात्रै मैले यसलाई लिएको छु । नत्र भए खिलराज रेग्मीले सोच्नुपर्दैन ? उनी देशको नागरिक होइनन् ? उनलाई सम्पूर्णरुपमा चुनाव गराउने जिम्मा दिइएको होइन ? चुनाव सम्पन्न गर्न पनि पाइने र माओवादीलाई समेत ल्याएर चुनाव सम्पन्न गर्न पाइने ऐतिहासिक अवसर उनले किन गुमाउने ?
रगतको खोलो बगे रेग्मीले जिम्मेवारी लिनुपर्छ
खिलराज रेग्मीलाई नकारात्मक कोणबाट हेर्ने हो भने उनी संविधानसभा विघटन गर्ने मान्छे हुन् भनेर चिनिएका छन् । फेरि उनकै कारणले देश गृहयुद्धमा गयो भने रगतको खोलो बगाउने जिम्मेवार पनि खिलराज रेग्मी नै हुन्छन् । यो स्थितिलाई बुझाएर रेग्मीजीसँग कुरा गर्न सकिँदैनथ्यो र ? यति यो बुझ्दै नबुझ्ने हुन् भने खिलराज रेग्मी के हुन् त ? खिलराज रेग्मीको नियत के हो त भन्ने प्रश्न इतिहासमा उठ्छ । यसको जवाफ उनले दिनुपर्छ । त्यसैले मेरो विचारमा खिलराज रेग्मीसँग देशको विशिष्ट संवेदनशील परिस्थितिलाई ध्यान दिएर सबै राजनीतिक पार्टीहरुले गम्भीरतापूर्वक कुरै गरेनन् भन्ने मेरो भनाइ हो ।
अब के गर्नुपर्छ ?
अहिले हामी दोस्रो संविधानसभाको निर्वाचन गर्न गइराखेका छौं । राष्ट्रलाई निकास दिन मुख्यतः अहिलेसम्म नेपाली जनताले गरेका संघर्षका उपलब्धीहरुलाई संस्थागत गर्न संविधानसभाबाट संविधान निर्माण हुन नसकेपछि र संविधानसभा विघटन भैसकेपछि संविधानसभाको चुनावमा जानुको विकल्प छैन । तर, यो संविधानसभामा हामीले देशका सबै राजनीतिक पार्टीहरुलाई सामेल गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो स्पष्ट दृष्टिकोण हो ।
कुनै राजनीतिक पार्टी आफ्नो गलत चिन्तन वा राजनीतिक लाइनका कारण चुनावमा आउँदैनन् भने त्यस्तो राजनीतिक पार्टी चुनावमा नआएसम्म चुनाबै नगर्ने भन्ने हुँदैन । तर, जब कुनै पार्टी चुनावमा आउँछु भन्छ भने चुनावमा आउने नीतिगत निणैय गरिसकेपछि व्यवहारिक रुपमा त्यसलाई सम्बोधन गर्न हामी तयार हुनुपर्छ भन्ने मेरो धारणा हो । यसै सन्दर्भमा मोहन वैद्य किरणले नेतृत्व गर्नुभएको नेकपा-माओवादीले अहिले चुनावमा सहभागिता जनाउने निर्णय गरेको छ । तर, यो निर्णय गर्दागर्दै पनि उहाँहरुले आफ्ना केही मुद्दाहरु सम्बोधन हुनुपर्यो भन्नुभएको छ ।
हामीले पछि पछुताउनुभन्दा समयमै सच्याउने दृढता देखाउनुपर्छ । राजनीतिक नेतृत्वको बुद्धिकुशलता नेतृत्व खुवी इतिहासको यस्तै कालखण्डमा देखा पर्ने हो । त्यसैले मैले के भन्नु गरेको छु भने राजनीतिक समिति र किरणजीहरुको बीचमा जुन वार्ता भंग भयो, त्यो एतिहासिक भूल हो । यसले देशलाई दुरगामी नकारात्मक असर गर्छ । त्यसमा मेरो गम्भीर असहमति र आपत्ति छ भनेर मैले आफ्नो मत त्यो वार्ता भएको बैठकमै दर्ज गरेको थिएँ । अहिले मे के अपील गर्छु सबैलाई भने त्यो निर्णयलाई पुनःविचार गरेर सच्याउनुपर्छ ।
यदि किरणजीहरु आफ्नो राजनीतिक माग प्रधानन्यायाधीशबाट राजीनामा दिने कुरा छोडेर चुनावमा आउनुहुन्छ भने त सबैभन्दा बेश भइहाल्यो । यद्यपि म चाहीँ उहाँहरुले यो माग नराखेको भएपनि हुन्थ्यो भन्नेमा छु । चुनावमा जाने नै भएपछि यो माग छोडिदिएपनि हुन्थ्यो, जसरी पनि जनतामा जाउँ भन्नु कुरालाई मुख्य बनाएर प्रधानन्यायाधीशबाट राजीनामाको माग छोएहुन्थ्यो वा निणर्ायक मुद्दा बनाउन मिल्दैनथ्यो भन्ने मलाई लाग्छ । तर पनि उहाँहरुले त राख्नु भो । अब हामीले सोच्नु के पर्छ भने राजनीतिक पार्टीहरुले आफ्नो राजनीतिक फेससेभलाई पनि केही गर्छन् । यदि त्यो कुरा छोडिदिने हो भने उहाँहरुलाई के पर्यो भने हामीले चुनाव बहिस्कारको निर्णय गरेर गल्ती गरेको थियौं, अब हामीले त्यसलाई सच्यायौं । अब हाम्रो पार्टी दर्ता गराइपाउँ, भोट हाल्न पाउँ भनेर निवेदन दिएको जस्तो व्यवहार त गर्न भएन नि राजनीतिक समितिले । उहाँहरुले के भन्न खोज्नु भो भने हाम्रो एउटा कुरो जनतालाई भन्ने ठाउँ यति त गरौं नि भन्ने ठाउँ त केही दिन पर्यो नि । सबै माग छोड्दै छोड्दै एउटा राजनीतिक माग राख्नु भएको छ, त्यो मागमा सहमति गरेर हामीले यति त गरौं भन्ने जनतालाई देखाउन दिएर चुनावमा ल्याउनु बुद्धिमानी कि त्यो नगरेर देशलाई द्वन्द्वको दिशामा लैजाने । त्यसैले फेरि पनि मेरो आग्रह के भने प्रधानन्यायाधीशबाट राजीनामा दिएर भए पनि, उहाँहरुलाई तयारीका लागि केही समय दिएर भए पनि सबैले चुनावमा भाग लिने, संविधानसभाबाट बन्ने संविधानमा सबैको स्वामित्व लिने र देशमा शान्ति स्थापना गर्ने प्रक्रिया पूर्ण सफल हुने दिशातिर जानुपर्छर् भन्ने मेरो मान्यता हो ।
यसो गर्दा प्रविधिक रुपमा मंसिर ४ को चुनाव सार्नुपर्ने हुन्छ । किनभने उहाँहरु (मोहन बैद्य) जसरी पनि चुनाव सार्नुपर्छ भनेर आउनु भएको छैन । मैले बुझेको चुनाव सार्नु पर्ने उहाँहरुको बाध्यता हो ।
हामीले भनेको, पहिलो बैद्यजीहरुसँग देशको विशिष्ट परिस्थितिमा उहाँहरु पनि चुनावमा आउनुपर्यो, सबै मिलेर चुनावमा जानुपर्यो । तत्कालीन निकास यही हो भन्नेमा कुरा भएको हो । उहाँहरुलाई चुनावमा ल्याउने हाम्रो पहिलो एजेण्डा हो । त्यो हुँदा एजेण्डा मिल्नेहरुसँग मिल्नुपनि पर्छ भन्ने सामान्य कुरा हो ।
विदेशीहरु निर्णायक होइनन्
निर्णायक त नेपालीका राजनीतिक पार्टी र तीनका नेताहरु नै हुन् । अरु कसैले के भन्छ भन्ने कुरा वास्ता नगरेर हाम्रो राष्ट्रको हितमा के हुन्छ भनेर आफ्नो निर्णय गर्न सक्ने क्षमता नेपालका नेताहरुले प्रदर्शन गरे त भइहाल्यो नि । फेरि पनि गर्ने त नेपालका नेताहरुले नै हुन् । विदेशीहरु निर्णायक बने भनेपनि नेपाली नेताहरुमार्फत नै बन्ने हो । त्यसकारण नेपाली नेताहरु नेपाली जनताको अत्मनिर्णयको अधिकार प्रयोग गरेर आफूलाई सक्षम रुपमा प्रस्तुत भयो भने समस्या हल हुन्छ । हैन भने आफू कमजोर भएपछि अरुले आफ्नो अनुसार चलाउन खोज्नु अहिलेको विश्व परिवेशमा स्वभाविक छ । हामीले आदर्शवादी भएर अरुले राम्रो मात्र गरिदिएहुन्थ्यो, हस्तक्षेप नगरिदिए हुन्थ्यो भनेर सोच्नु एउटा कुरा हो, व्यवहारमा त्यस्तो हुन्न । व्यवहारमा नेपालको हितमा के छ ? नेपाली जनताको हितमा के छ भनेर सोच्ने सामथ्र्य हामी राजनीतिक पार्टीहरुले राख्नपर्छ । तर, समस्या त्यही हो ।
दुई माओवादीवीच अहिले एकता सम्भव छैन
पार्टी एकताको छलफल नै भएको छैन । एउटा कुरा के सत्य हो भने हामी (एमाओवादी)सँगको पार्टी एकताको बढी चर्चा, हामीसँगको मोर्चाबन्दीको बढी चर्चाले पनि बैद्यजीहरुलाई सहमतिमा ल्याउने सन्दर्भमा कांग्रेस-एमालेलाई नकारात्मक ढंगले सोच्न उत्प्रेरित गर्यो । यद्यपि पार्टीहरुले देशले जित्छ कि जित्दैन भनेर सोच्नु पर्ने हो । तर पनि यथार्थ के हो भने पार्टीहरुले आफ्नो स्वार्थलाई पनि हेर्छन् । त्यसो भएकाले बैद्यजीहरुलाई ल्याउँदा दुईवटा माओवादी मिलेर जाने हो भने बेकारको आफैं हार्ने दिशातिर किन जाने भनेर मात्र कांग्रेस-एमालेले सोच्ने दिशातिर गयो जस्तो लाग्छ । एउटा पक्ष यो पनि हो । तर, यर्थाथ कुरा के हो भने हाम्रो पार्टी एकताको अहिले छलफल नै भएको छैन र सम्भव पनि छैन । नहुने चर्चा गरेर फाइदा छैन ।
वार्ताका निम्ति वार्ता नहोस्, वार्तालाई परिणाममुखी बनाउने ढंगले वार्ता हुनुपर्छ । अब त प्रष्टै कुरा छ, किरणजीहरुले चुनावमा आउँछु भनेको अवस्थामा चुनावमा ल्याउने दायित्व हाम्रो हो । चुनावमा आउन्न भनिरहेको बेला चाहिँ चुनावमा ल्याउन पहल गरेजस्तो देख्ने, चुनावमा आउँछु भनेर लाइन पारित गरेपछि ल्याउन पहल नगर्नु वा गम्भीर नदेखिनु इतिहासले माफ गर्ने कुरा होइन ।
अरुण बराल/ राजकुमार श्रेष्ठ
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
फेरि उनकै कारणले देश गृहयुद्धमा गयो भने रगतको खोलो बगाउने जिम्मेवार पनि खिलराज रेग्मी नै हुन्छन्
10 barsa tapaiharule ragat bagako chahi kasle lene ta jimma narayan g????
tanka gautam Reply:
September 26th, 2013 at 5:22 pm
Prachandale, kinaki teti bela Narayan Ji katai tira aananda bhog garirakhya thiye hola!!
Shree... Reply:
September 26th, 2013 at 11:10 pm
haha tyo pani khil raj le line ni.. kasto nabujheko hola!
Roshan Reply:
September 27th, 2013 at 3:37 am
prachandale tesko sampurna jimma ma linchhu vanera sarbajaanik thaumai vanisakeko 6a ta feri laataa jasto k prashna gariraako hahahahaha
Mawobadima sachcha netako xabi Narayan dai ma dekhidai xa. I am 100% agree you. Yo ahileko aabasyekata ho.
Nepali Reply:
September 26th, 2013 at 4:29 pm
हे भगवान कति हास्नु , गोही को आसु झारेर सम्बिधान अरु को कारण ले नबनेको भन्दै नाटक गर्ने येस्ता फटाहा नेता लाई सच्चा नेता भन्ने तपाईं को बुद्धी को भाडो मा बिर्को लागेको
Roshan Reply:
September 27th, 2013 at 3:44 am
नाम त नेपाली राखेको छ तर नेपालीले फेरी पनि रगत बगाए हुन्थ्यो जस्तो गरि सोच्नेको बुद्दिमा बिर्को लागेको हो |नत्र नारायणकाजी श्रेष्ठले सहिकुरा गरेकोछ भन्ने कुरा बुझ्नुपर्ने हो |पुर्वाग्रही भएर सोच्नु गलत हो | सान्चोकुरको सधै समर्थन गर्नु पर्छ |
चार दल लगायत एमाआेवादी पहिला तिमी हरुले नै बाेलाएर ल्याएकाे हाेइन एउटै ब्यक्तिलाइ दुई थरी जिम्मेवारी दिन हुदैन भन्दा चर्काे स्वरमा केही फरक पर्दैन भनेर चिच्याएकाे कुरा बिर्सियाै ! तिमीहरुले राखेकाे साेच ठिक छैन ल है देश वासी हाे याे चार दल बाेहुलाएछ राप्रपा नेपालकाे सिट संख्या बढ्नेछ भनेर यिनिहरु लरबराउन थाले——
kati chhito correction gare6.
कुरा नारायणकाजी को एकदमै सहि हो र यो कुरा निक्कै दुरगामी सोच भएको र देश को लागि चिन्तन गर्ने नेताले मात्र सोच्ने कुरा हो ,मंशिर ४ कुनै लगन को दिन होइन सार्नैनमिल्ने र रेग्मी को पनि लेडे धिपिनै हो २ -२ ओटा पद ओगट्ने,अब देश को निम्ति त्याग गर्न जरुरि छ रेग्मी ले ,उहाले पनि सबै लाई समेटेर सफल रुपमा चुनाव सम्पन्न गराए इतिहाश ले याद गर्ने छ र एउटा सक्ति लाई बाईपाश गरेर देश लाई द्वन्द तिर धकेले इतिहाश ले सराप्ने छ ,त्यसैले अहिले को उत्तम बिकल्प भनेको रेग्मी को राजिनामा नै हो ,यो बारेमा रेग्मी ले गम्भीर भएर सोच्न जरुरि छ /एउटा व्यक्ति को लभ को निम्ति देश लाई अनिर्णय को बन्दि बनाउनु हुदैन /
JS nibaR Reply:
September 30th, 2013 at 11:10 am
Desh ko nimita tyag Regmi le matra dina parcha, Prachanda ra Narayan Kaji chai “Helicopter chadera” moj garnu parcha.
Haina ani jo PM bhaye pani bholipalta dekhi rajinama magne K system ho??
Kolai banaune PM regmi hatayera?? Rabin Lai?? Kolle garaucha, Election??
प्रकाशजिको कुरा सतप्रतिशत ठीक हो तर उहाँको पार्टीमा अहिले राष्ट्रघाती र जनघाती तर कुर्ची र धनप्रेमिको बोलवाला छ त्यसैले उहाँ सफल हुन सक्नुहुन्न । प्रकाशाजिले खिलराजलाई प्रधान न्यायधिसबाट रजिनामा गर्न लगाउने कुरा गर्नु हुन्छ तर अर्को तर्फ उहाँकै पार्टी अध्यक्ष प्रचन्ड तथा नेपाली लेन्डुपेले खिल राजलाई खुसुक्क फोन गरेर दिन पर्दैन रजिनामा भन्न कत्ती बेर लाग्दैन । यिनी जत्तिको भर नभएको मान्छे नेपालमा अहिले सम्म कोही जन्मेको छैन । त्यसैले प्रकाश जि पहिला प्रचन्डको चलखेलमा ख्याल गर्नुस् अनी मात्रै कार्य गर्न अघी बढाउनुस ।
yo desh lai aajha 1 choti rakt pat garanu ko bikalp chain i like yudda
Mohan Reply:
September 26th, 2013 at 8:32 pm
Yudhha pachhi ani yi bhastachari ra desh ko bhduharuko haar hune chha…ra deshle mukti pauni chha. jaya nepal aama.
नारायण काजी श्रेष्ठ (प्रकश) को कार्य स्वागतयोग्य छ तर उनकै पार्टी अध्यक्ष प्रचन्डले भित्र भित्रै मीटिङ भाँडेर सफल हुन देलान जस्तो लाग्दैन । बैध्य माओवादीलाई चुनावमा नल्याउन प्रचन्डले मरेर लागिपरेकाछन उनलाई बिदेशी प्रभुको त्यस्तै आदेश छ खास गरेर दक्षिणतिरबाट ।
great job prakash ji keep it up la yo kam garnush hajur le ramro kam garnu hune 6
मौका यही हो नछोड खिलराजलाई ।
Chunab garauna Thulo hoina tara sambidhan banaune chunab chaiyi Janatalai. Regmi jyu le Chunab garauna matra kam soche jasto chha tara chunab kina ra k ka lagi ra kaska lagi vanne sochnu par6 Pashupati Nathle sat budhhi pradan garos…
nepali ka 6u ra bali ka bakhara kun b ga o n ragat ko kholo
Narayankaji – go ahead!
Sabailai chunab ma lyaye- Narayan Kaji le itihas ma nam rakhnechhan
तिमि हरु असक्षम भैसकेका छौ.. त्यसैले डाहा लागेको हो रेग्मी देखि.. आफैले भाकल गरि स्थापना गरेको हैनौ रेग्मीलाई … निर्दलीय सरकारले जति गर्नु पर्ने हो र जे गर्नु पर्ने हो गर्दै छ तिमीहरुले त त्यति गर्न पनि सकेनौ.. मुखले भाषण गर्दा मात्र हुन्छ र केहि .. वाहियात
देश लुटाहा यी नेताहरुको कुरै बुझ्न गार्हो |
dui maobadi ko bich ma ekata sambhab chha… baru prakash Kaji le afno party firta garera naya party kholos….
Baidh Lai Chunab Ma Lyaunu Parcha. Tara Chunab Mansir Antim Samm Bhae Pani Hunch. Chunab Chahi mansir Mai Garnu Parne Aam Janata Ko Mag HO. Neta Haru Le Yo kura Ko Khayal Garnu Parcha. Bichara Regme Bali Ka Bakra Banne Bhayo.
If it is real homework it is the good method of conflict solving of the nation. It is no issue of who gain and who loss. It is the issue of nation win and conflict solving and transformation of Nepalese Society. Prakash G go ahead and play the important role of nation unity.
Khurukka election ma gaya ta vai halyo ni…kina mantri mandal ra khila raj regmi lay sarkar chadna paryo…n 4 barsha samma sambidhan na banay ra simbidhan sava bigathan vako hoina ra…kura haru lai simple banau nay honi jhan jhan complex banau nu hunna…n ma uuta sadharan nagarik ko haiseeyat lay k sochna parda chunab vanda ta des ma highly educated manche haru laga aaya ra 3 mahina ma chunab ma lagnay kharcha ko less than half kharcha ma sambhidan banau na mildai na ra…tes pache aani des chalau nay sarkar ko lagi chunab garnay ni…pahila khutta dhoga na gaya sabai party ko neta haru mantri mandal ko president huna paryo vanay ra aaba feri hatau nay kura hundai cha…plz neta jeu haru hami lai shanti sanga bachna deenus…dherai dhairey garay ra basi rako chau…yo hamro des ho… hami lai aarka ko des ma janu chaina…yehi janme yau… yehi marna paeeyos…kaam garay ra khana deenus…yo ragat ko khola chahendai na…
Puru Reply:
September 26th, 2013 at 3:00 pm
द्वन्द कालको १८००० को हत्त्याको जिम्मा तिमीहरुले लिनु पर्छ ।
एकदमै सहि कुरा । रेग्मीले पर्धानन्यायाधिशबाट राजिनामा दिनैपर्छ ।
Sahi kura ho. Desh maa shanti sthapana ko laagi yo kaam laai arthaata Khilraj Regmi laai hataunai parchha ra Sabidhan sabha ko chunau tokekai samaya ma hunu parchha.
Jai Nepal.
voter Reply:
September 26th, 2013 at 3:19 pm
२ महिना त हो/ हावा ले बढार्ने कसिंगर लाइ मेहेनत गरेर बढार्नु बुद्दिमानी हो कि मुर्खता?
रगत खोलो अब बग्दैन कम्रेड । तपाईंहरुले नै खिलराज रेग्मीलाई जिम्मेवारी सुम्पिनु भएको हो । हामी जनता किन तपाईंहरुको लागि रगतको खोलो बगाउन जान्छु । अब नेताहरुकै रगतको खोलो बगाउने हो । तपाईंहरुलाई मोजमस्ती गराउन हामी जनता सधैं बलीको बोको बन्नु पर्ने ? कुनै पनि जनताले खिलराज रेग्मीलाई अध्यक्ष बनाउनु भनेको थिएन । तपाईंहरुलाइ २०५२ सालको अवस्था जस्तो २०७० साललाई नसम्झनुस् । त्यो बेला कसैको हातमा मोबाइल छैन । ईन्टरनेट पनि खासै थिएन र तपाईंहरु सफल हुनु भयो । तपाईंहरुको जनता जगाउने शैली पनि सुधार गर्दा राम्रो हुन्छ कि ? जनताको प्रश्नको जवाफ सोचेरमात्र कुनै पनि योजना गर्दा राम्रो होला कि ?
The summery of the whole concept & process is true of the above statement.
खिलराज रेग्मीलाई नकारात्मक कोणबाट हेर्ने हो भने उनी संविधानसभा विघटन गर्ने मान्छे हुन् भनेर चिनिएका छन् । फेरि उनकै कारणले देश गृहयुद्धमा गयो भने रगतको खोलो बगाउने जिम्मेवार पनि खिलराज रेग्मी नै हुन्छन् । यो स्थितिलाई बुझाएर रेग्मीजीसँग कुरा गर्न सकिँदैनथ्यो र ? यति यो बुझ्दै नबुझ्ने हुन् भने खिलराज रेग्मी के हुन् त ? खिलराज रेग्मीको नियत के हो त भन्ने प्रश्न इतिहासमा उठ्छ । यसको जवाफ उनले दिनुपर्छ । त्यसैले मेरो विचारमा खिलराज रेग्मीसँग देशको विशिष्ट संवेदनशील परिस्थितिलाई ध्यान दिएर सबै राजनीतिक पार्टीहरुले गम्भीरतापूर्वक कुरै गरेनन् भन्ने मेरो भनाइ हो । – See more at: http://www.onlinekhabar.com/2013/09/120307/#sthash.qlMe9BUB.g5aUhDO3.dpuf
नेपाल अनि नेपालीको अस्तित्व जोगाउन एउटा सिंहको जन्माउनु पर्ने अवस्था आम नेपाली जनताहरुले महशुस गरि सकेका छन्
यसर्थ एउट सानो जोक्स
स्वर्ग र नर्कको बार्षिक आय-व्यय, प्रगति विवरण निकाल्न देबी-देउताको असार मसान्तमा बैठक बस्यो। आफैले सृस्टि गरेको हुनाले धरै माया लागेर पो हो की, सृस्टिकर्ता ब्रह्माले पृथ्बीका सबै देशको विवरण पनि सोहि समयमा हेर्ने गर्दथे। राम्रो र गतिलो केहि नभएको नेपालको विवरण देखेर सबै देउताहरुले जिब्रो टोके|
दिक्क मान्दै ब्रह्माले भने -” आफुले भने कति दुख सहेर, चिसोले कठ्याँन्ग्रिदै हिमालयको काखमा कस्तो न सुन्दर देश बनाइयो भनेर घोर्ले नाक पारियो, अहिले आएर यस्तो पो भयो ।”
यहि मौकामा भुँडे गणेशले सुँड हल्लाउँदै जिस्काए – ” हिस्स बुढा हरिया दाँत।”
विष्णुले गणेश तर्फ हेर्दै भने – ” पोलेको घाउमा नून नछर्किनुस् न गणेश जी, बरु यो तोरीलाउरे रिपोर्ट सीता बैनीलाई पो कसरि देखाउने हो ? माइतीको यो हालत देखेर बिचरी कति रोलिन्”। उनले फेरी थपे -” होइन यो नेपालको उँधो गति उँधै मति भाको किन होला ? संबिधान बनाउँछु भनि टोपल्थे , नयाँ नेपाल हो यो भन्थे, इ….स् !! नयाँ नेपाल।” उनको रिस अझै मरेको थिएन।
चारैतिरको खबर बुझेर आफुलाई अपडेट राख्ने नारदमुनि बिचमा प्वाक्क बोले-” नेपाल बिग्रेको नेपालीको अल्छी बानी र आफ्नै मूर्खताले गर्दा हो हजुर। रामचन्द्रजी ससुराली जाँदा दरबारको सुसारेलाई चिया लिएर आउ भन्नुभएछ। हातमा चिया आउँदा त सेलाएर सर्बत भैसकेछ।दरबारको त यो हाल छ, झुपडीमा झन् के होला ?”
ब्रह्मा- ” दरबार भित्रैका ले त सबै बिगारेका हुन् नि नारद जी। पहिले एउटा दरबार हुन्थ्यो, अहिले दशौ दरबार भए। बरु रामचन्द्र जी ले राजा जनक लाई अबगत गराउनुभयो त ?”
नारद – ” जनक दाइ दरबारमा बसे पो !! कत्रो पुत्रीमोह छ उँहालाई अझैपनि, तपैलाई के था ? बिहान जुरुक्क उठ्यो, चट्ट हलो बोक्यो, अनि खेततिर टाप।”
कुनामा बसेर सबैको कुरा सुनेरहेका महेश्वर बल्ल बोले- ” हेर्नुस, आफ्नो त घर भने पनि, जे भने पनि त्यै हिमालयको कैलाश पर्बत हो …. जतिनै धोइसिन्ग्रे-फ़ोईसिन्ग्रे भएपनि मेरो प्यारो मन्दिर पनि त्यै कांठमान्डूमा नै छ। बरु हामीले नै केहि गरेर भए पनि यो पुन्टे देशको उद्दार गरिदिनु पर्यो।”
मठ-मन्दिरले भरिएको नेपाल सबै देबी- देउतालाई उत्तिकै प्यारो थियो। नेपालको मुहार कसरि फेर्ने भनेर निकै गम्भीर छलफल भयो, तर अँह देउताहरुको दिमागमा समेत झट्ट कुनै बत्ति बलेन।
धेरैबेरको मन्थन पश्चात नारद ले उपाय निकाले – ” हेर्नुस, हामीले नै २०-३० वटा फटाफट सब काम गर्नसक्ने यन्त्रमानब ( रोबोट ) हरु स्वर्गबाटै तयार परेर नेपाल पठाईदिउँ। यिनीहरुको कार्यकौशल र क्षमता देखेर नेपालीले पक्कै केहि सिक्छन्।”
ज्ञानकी देबी सरस्वतीले शंका देखाईन् – ” जालो दिनुभन्दा माछो दिनु अलि प्रत्युतपादक हुन्छ की त नारद जी ?”
नारदले फेरी थपे – ” हुदैन होला। नेपालीहरुलाई पनि रोबोट संगै काम गर्न लगाउँ। अनि रोबोटहरु निश्चित समय सम्म मात्र नेपालमा बस्नेछन् भनेर अग्रिम सुचना दिँउ । कक्षामा जान्ने बिधार्थीको संगतले लद्धु र अल्छीको पनि बुद्दी आएजस्तै नेपालीले पनि यी रोबोटहरुबाट पक्कै थुप्रै कुराहरु सिक्लान् । ”
नारदको बिचारसंग सबै सहमत भए। नेपालमा पठाउने यन्त्रमानब तयार पार्न पृथ्वीतलबाट मरेर स्वर्ग आएका बैज्ञानिकहरु जम्मा पारियो। आइन्स्टाइन र न्युटनको निरिक्षण रहने गरि एउटा टोली उतिन्खेरै गठन भयो। बैज्ञानिकहरुले बनाउने उक्त यंत्रमानाबलाई फाइनल टच चैं ब्रह्माले दिने भए।
यन्त्रमानबहरु तयार भए, ब्रह्माले पारित गर्नु बाँकी थियो । हेर्दा अलिअलि मान्छे जस्ता तर शक्ति भने सय हातीको शक्ति भएका भीम भन्दा पनि शक्तिशाली। बुद्दी र चेतना भनौ भने लाखौ ज्ञानी, बैज्ञानिकहरुको दिमागलाई एकैठाउमा मिसाए जस्तो। यंत्रमानबलाई संचालन गर्न पनि धेरै सजिलो थियो, मात्र दुइवटा बटन थियो। एउटा रातो, अर्को हरियो, दुवै बटन छातीमा। हरियो बटन थिचेर ” फलानो काम गर्” भन्नेबित्तिकै रोबोटले फटाफट काम गर्थ्यो, त्यो पनि प्रकाशको गतिमा।रातो बटन थिचेपछी रोबोट बन्द हुन्थ्यो।
फाइनल टचको को लागी रोबोटहरुलाई ब्रह्माको प्रयोगशालामा पठाइयो। ब्रह्माले छातीको हरियो बटनलाइ नाइटोमा सारे, नाइटो ब्रह्मालाइ प्यारो थियो। अनि केहि दिन रोबोटहरुमै ब्यस्त रहे।यन्त्रमानबको अन्तिम रुप तयार भयो। फाइनल प्रोडक्ट देखेर ब्रह्मा समेत हर्षले गद्गद भए।यहि खुशीमा जिन्दगीमा पहिलोपटक आफ्नो दाह्री पनि खौरे।नेपालको लागि केहि गर्न पाएकोमा ब्रह्मा खुशी थिए, किनकि उनले बुझेका थिए सक्कली प्रभुको ठुलै कृपाबिना नेपालको मुहार फेर्न सम्भव थिएन।
रोबोटहरुलाई राबणबाट खोसेको पुष्पक विमानमा लगि प्यारासुट लगाई खासाईयो। रोबोटहरुले नेपाल खसेको भोलिपल्टै देखि छु-मन्तरको शैलीमा चमत्कार देखाउन थाले:-
– बराजुको पालादेखि थाङ्नामा सुतेको कुलेखानी-अरुणलाई लात हानेर दौडाए, लोडसेडिंग ‘पत्तासाफ’।
– फोहोरको पर्बतलाइ कन्टेनरमा लागे, मल बनाए,कृषक मालामाल। लाखौं झिंगा,मुसा, सांङ्लाहरु ‘ठहरै’।
– पृथ्वी राजमार्गको दुवै छेउमा पर्खाल, कृष्णभिरमा जामको ‘सफाया’।
– देशैभरि सुरुंगमार्ग। बिहान मनांग, हेलम्बुमा टिपेको स्याउ बेलुका चितवनको बालखाले कुटुक्क। नक्कली प्रभुको दुतहरुको धन्दा ‘चौपट’। आदी……..
चिप्लेकीराको गतिमा घस्रेको नेपालको बिकाशले चितुवाको गति पकड्यो। रोबोटहरु रातारात लोकप्रिय भए। अन्धकारमा चारैतिरबाट ठगिएर, चुसिएर भुत्ल्यायको भाले जस्ता भएका नेपालीहरुको मुहारमा कान्तिको सुर्यमुखि फक्रियो। रोबोटहरुबाट भएको देशसेवाको उच्च मुल्यांकन गर्दै, NRN लाइ तिरिमिरिझ्याँई पार्दै, नेपाल सरकारले रोबोटरुलाई नागरिकता पनि प्रदान गर्यो। यी रोबोटहरु रास्ट्रपती- प्रधानमन्त्री भए भने देशले ‘अग्रगामी छलांग’ मार्छ भन्दै जनताले तिनीहरुको नाम पनि राजाराम, रामप्रसाद,रामहरी, रामकुमार… आदी राखे।
……… केहिमहिना देखि अविछिन्न रुपमा बेपत्ता दौडेको नेपालको बिकाश अचनाक टक्क रोकियो।पहिलेजस्तै फोहोरको चुलि लाग्न थाल्यो, उपत्यकामा झाडा-पखाला चल्यो।बिजुली बत्ति पनि झ्याप-झ्याप हुँदै लोडसेडिंग सुरु भयो …।
कतै रोबोट पो बिग्रियो की भनेर कुरा बुझ्न ब्रह्माले आफ्नो दूतलाई नेपाल पठाए।
दूत फर्केर आयो। पिर मान्दै डाडू जत्रो मुख बनाएर ब्रह्मालई भन्यो-” नेपालीहरुको मुर्खता र अल्छि गर्ने बानी त कुकुरको पुच्छर जस्तै रैछ हजुर।”
ब्रह्मा – “म बुढो भैसकें, राजनीति पनि नगरेको मान्छे, यस्ता बाँगा-टिङ्गा कुरा बुझ्दिन बाबु।”
दूत – “बरु कुकुरको पुच्छर ढुँग्रोमा हाले सोझिंन्छ होला। त्यतिले नपुगे आरनमा चुटे त पक्कै सोझिंन्छ। तर नेपालीको मुर्खता र अल्छीपना कहिल्यै हट्ने भएन।”
ब्रह्मा – “अझै बुझिन।”
दूत- ” नेपालमा केहि बिदेशी नागरिकहरु बस्दा रैछन्। डीसेम्बर लाग्यो, अनि क्रिसमस मनाउन आफ्नै देश फर्केछन्। रोबोटको हरियो बटन थिच्ने ठेक्का समेत तिनै विदेशीलाई दिइएको रहेछ।”
ब्रह्माले पिच्च थुक्दै भने -” थुइक्क नेपाली !!” अनि ट्ँवा परेर धेरैबेर सम्म आफ्नो चिण्डे गाला मुसारिरहे।
तर दुत भने डाँको छोडेर रुँदै भन्यो – ” ति त जति रोबोटहरु बचे तिनीहरुको कुरा हो, धेरैजसो रोबोट त परमधाम भए।”
ब्रह्मा छाँगो बाट खसे जस्तै भए। मन थाम्दै सोधे -” कसरी?”
दुतले सुक्सुकाँउदै, रुन्चे आँखा पुछ्दै भन्यो – ” आफुमा भएको मुर्खता र रिसको आगोले बिनाकारण अरुलाई झोस्नुलाई नेपालमा ‘बन्द/चक्काजाम’ भनिंदो रहेछ।एउटाको स्वास्नी भागीछे, अर्कोको कुखुरालाई गाडीले किचेछ, एउटा उग्र समुहको अगुलालाई अर्को उदण्डले चड्काइदिएछ अनि बन्द भएछ हजुर। हाम्रा रोबोटहरुलाइ बन्दको दिन किन काम गरिस् भनेर एकदमै निर्मम तरिकाले हत्या गरेछन्।रोबोटहरु बाटो-पुल निर्माण गर्दै रहेछन् त्यो दिन।”
ब्रह्माले आफ्नो रसिलो आँखा पुछ्दै सोधे- ” कसरी मारेछन् पाखण्डीहरुले मेरो रोबोटलाई ?”
दुत – ” सुरुमा हँसियाले कोपेर अन्धो बनाएछन्, हतौडाले टाउको फोरेछन्, हलोको फालीले हात-खुटा काटेछन् अनि भुइँमा छट्पटाएर लडिबुडी गर्दा बुडो रुखको सुकेको हाँगाले पिटेर अंग-भंग परेछ्न्।”
ब्रह्मासंग अरु सुन्ने ताकत थिएन। तैपनि सोधे – ” त्यसपछि ?”
दुत -” त्यसपछि रोबोटलाई टुक्रा टुक्रा परेर, पारीबाट एट्लस साइकलमा आएको भाइको तराजुमा जोख्दै बेचिदिएछन्।”
चोटले बिक्षिप्त भएका ब्रह्माले सिनेमाको शैलीमा आदेश दिए -” अबको २४ घण्टाभित्र मेरा सबै बचेका रोबोटलाई जसरि पनि स्वोर्गमा हाजिर गराउ।”
पुष्पक बिमान रोबोट टिप्न नेपालतिर झर्यो।
…………पर बादलको कुनाबाट लुक्दै यी सब दृश्य चियाइरहेका नक्कली प्रभुहरु खुशीले मुसुक्क मुस्कुराए।
Nimesh Gautam Reply:
September 27th, 2013 at 4:27 am
ज्यादै स्तरिय व्यंग! भैरव अर्याल सम्झाउने हास्य अनि ब्यन्गले भरिपूर्ण तर ज्यादै यथार्थ र मार्मिक. तपाइलाई धन्यवाद.
यिनिहरुलाई त काम नगरे पनि खान पुगिहाल्छ नि गरीब को नाम मा अझै एक दसक यिनिहरुले भ्रम को खेती गरी नै रहने ६अन्,त्यसैले यो अतिबाद बाट देस्लाई मुक्त पार्न छिटोभन्दा छिटो चुनाव गरेर देस्लाई अर्थिक दिसामा लैजानुपर्छ
जबसम्म माओवादीमा अतिबादी सन्क्रिनताबादी र पुरातन्बादी सोच कायम रहन्छ जब यिन्को वुद्धी ले खाना खाने ठाउँ मा घास खाइ रहन्छ तबसम्म जबसम्मा यिनिहरु माथि बज्रपात पर्दैन तबसम्म यिनिहरुबाट सै राम्रो र गतिलो रिसल्त कैले पनि आउने छैन,जनता मा विश्वाश नभएकालाई कि भन्नु तर यदी चुनाव भयो भने बैध का नेता मात्र उनी सँग रहने६अन यो कुरा चै पक्का हो
Kuro Thikai ho. Gaf kam ra kaam dherai garnu paryo netaji
हजारौ मान्छेको जिम्मा प्रचण्ड ले लिएको छ र?
YO BHATUWA KUKUKR HO… KHANA NAPAYAPACHHI … YESLE ANEK RADAKO MACHHAUCHHHA…
Right
आस्ति बार्ता भंग गर्दा कुन पाडी को ढाड मा थियौ नि नेता जी???
Man Bdr Rai Reply:
September 26th, 2013 at 10:35 pm
Asti baarta bhanga hunu hunna bhanera padkyaa the ni Prakasha kaamred. tyati gyaan ta raakhau naa kaamred. ani maaobaadi laai shaanti prakriyaamaa lyaauna pani girijaa sanga bhumikaa khele the. feri subhakamana diu. natra ta haamro laahur mai jindagi bitne bho.
100% thik kura ho
timra kurama tetti dum chaina hera neta.timra baidhya ba haru futeko karan patta nalagai ke chunab ladlan ra?Pheri vaidya ba eklai bhayera hunna, lootera khane pamphiharu(character)lootna paudainan ani kina auchan? Uniharu sambidhan sabha bata sambidhan banaun hunna bhanne haru hainan ra?
Ekdam Sakaratmak prayas Narayanji….Lagi parnuhos….safalata pakka milne cha….Des ab Dwand ma jana chahadaina….Sabai lai Shanti, Aman chayan chahiyeko cha…..Jantamukhi Samvidhan chaihiye ko cha….Tapai ko prayas Safal hos Shuvkamana cha…..Jay Nepal..
Maobadi vaneko chorna sikaune
Vhai vhai ma ladaune
Bank lutna sikaune
Sambidhan savha bighatan banaune
Gharjagga lutne
Garib nepali janata ko ragat piune
Lakhau lai tuhuro banaune
lakahu nepali cheli haru lai bidhawa banaune
Parti ho jasalai yo chunab ma pattasap banaunu sabaiko valai huncha
खिलराज आप्नो रहरले मन्त्री परिषदको अध्यक्ष भएका होइनन, तिमिहरुको करले मात्र हो। जागिर खाइरहेको मान्छेलाई फुलपाती चढाएर कुर्सीमा बसाएको तिमीहरुले होइन? अव भन, जिम्मेवार तिमीहरु हुने कि खिलराज ? खिलराजले प्रधानन्याधीस पद धेरै लामो दुख गरेर प्राप्त गरेको हुन, मन्त्री परिषद अध्यक्ष पद त चिठ्टा मात्रै परेको हो। तिमी आफै भन नारायणकाजी, दूखको कमाई प्यारो हुन्छ कि चिठ्ठाको? खिलराजले मन्त्रीपरिषद अध्यक्ष पद त्यागेर प्रधानन्याधीस पदमा जान्छु भनेकै छन त, त्यसै गरे भई हाल्यो नि त। सहमति गरेर सरकार प्रमूख छान्ने औकात छैन, त्यसै गनगन गनगन गरिरहन्छन।
rpg Reply:
September 26th, 2013 at 4:08 pm
Yo kura akdam tik ho narayan sar ji
Mohan Reply:
September 26th, 2013 at 8:40 pm
Sabai nepali janta ko tapai ko kura ma sahamat chha.. Nepali janta aba lato chaina yedi chunab bhayeko khanda ma dekaune chha nepali jantale!!!!!!!!!!!!!!!!!
yaslai parti bata nikali diye hunchha
२ महिनापछि राष्ट्र प्रमुखको जागिर त चट हुन्छ । अनि रेग्मी के बेरोजगार बन्ने, खाइपाई आएको कुरा छोड्न रेग्मी मुर्ख ठान्नु नै मुर्खता हो/ रेग्मीले राष्ट्र प्रमुखको पद छोड्छु प्रधान न्यायाधीश छोड्दिन भनिसकेका छन् र उनी राजनीति गर्ने मान्छे होइनन । त्येसैले उनको बोलीमा परिवर्तन हुन्छ भन्ने नसोचे हुन्छ । कि प्रधानन्यायाधीशबाट राजिनामा गराएबापत ५ वर्षसम्म रेग्मीलाइ प्रधानमन्त्री बनाउन सहमत हुनुपर्यो जुन सबै दल सहमत हुने देखिदैन ।
प्रधानन्यायाधीशले बरु राष्ट्रप्रमुखको पद छोडोस भनेर बैद्य मोर्चाले भनिसकेको छ ।
बैद्य मोर्चाले मंसिर ४ को चुनाबमा भाग लिने र यसअघिको दलीय प्रधानमन्त्री बाबुराम भट्टराई प्रधानमन्त्री हुने कुरामा सहमति भए मात्रै रेग्मीले राष्ट्र प्रमुखबाट राजिनामा दिन मिल्छ ।
यदि यो सहमतिपछि पनि बैद्य मोर्चाले चुनाबमा भाग नलिए नारायण काजी, शेखर कोइराला, आदिलाइ फासी दिनु पर्छ ।
yo sabai bagbas nai ho nam kamaune chal matra. mayobadilai ukasne, bhitrabata gopya sahamati gari maobadilai ukasne sabai inai hun?
aba rayo kura chiefjastice bata rajinama dine. unlai pm banainda ke samjhauta bhayeko thiyo unle namanda namandai pani unlai pm banauna hat pau jode. aba unlai kina rajinama dina prseur garne. ani unko rajinama sita moist( baidhya)(k0) ke sarokar. yo jungako ladai hoki hoina? jungako ladaile garda janata lai saktikina???? aba janata le hatiyar parti haruko birudh uthhaunu parne bhayo nepal ma.nepalma aba arko naya record banaunu parchha . hijo partyle janata mare lute. aba nepali jatale party birudh ladne bela ayeko le janataaba chup basdainan hai jay gotkhali janata bir yodha dekhau apno sakti i papi ka biurudhha.
यो सबै भातमाराहरुलाई चुनाबमा हारियला भन्ने डर छ, तेही भएर चुनाब भाड्ने काम गर्दै छ, यो खाते नेताहरुको अब काम छैन, यो देशको निकाश र बिकाशकोलागि राजा ज्ञानेन्द्रलाई राजगद्धीमा बसाउनु पर्छ.
Jasari hunchha desh lai rajnaitik bandi banaune ani lutna napayaka haru lai lutna lagaune……desh lai kangal banaune….jantalai…..machho machho….bhyaguto…..yo desh ka janta lai gari khana nadine….na yata na uta ko banaune khel ho yo……kinaki yini sabai lampat neta bhanauda haru ko karya kushalata sabai janta lai thaha nai chha……thukka hami nepali ko bhagya!!!
के प्रधानन्याधीश पद अछुतो हो ?, के प्रधानन्यायाधीश पद भएको व्यक्ति प्रधानमन्त्री हुँदै नहुने हो? त्यसो भए किन उसलाई प्रधानमन्त्री बनएको? सबैलाई प्रधानन्यायाधीश सरकार प्रमुख हुँदा राम्रै हुने यसलाई चाँहि किन साह्रै पर्यो? यो बच्चाको हठ जस्तो भएन र? गल्ती एउटाले गर्ने अनि दोश् र त्याग चांहि किन प्रधानन्यायाधीले गर्ने?
KHALI RAGAT KO KHOLA BAGAUNA BAHEK K NAI AAUXA RA TIMIHARULAI ……THUKKA PAJI HOOOO
pheri ragat ko kholo bago vhane griya yuddha vhayo vhane ,khile lai pani mirtudabda dina parne huna sakcha.
धेरै राम्रो कुरा गर्नुभयो कमरेड जनसमुदायको बुझाईमा संविधानसभा विघटन गर्नेमा मुख्ये भुमिका र जिम्मेवार पर्टी एमाओबादी हो भन्ने प्रस्ट बुझाई छ त्यसलाई दिग्भ्रमीत पार्ने अनुकुल समय आएको छ सबै दोष खिलराज रेग्मीलाई लगाउनु पार्छ त्येसो भएन भने चुनाबमा हामी हार्ने सुनिस्चित छ अगाडी बढ्नोस पछाडी हामी छौ ।
रेग्मीलाई राजीनामा गराई चुनाव सारेर भए पनि वैद्यलाई चुनावमा ल्याउनुपर्। वार्ताका निम्ति वार्ता नहोस्, वार्तालाई परिणाममुखी बनाउने ढंगले वार्ता हुनुपर्छ – हामीले पछि पछुताउनुभन्दा समयमै सच्याउने दृढता देखाउनुपर्छ ।
KURA RAMRAI HO
deshbhakta Reply:
September 27th, 2013 at 4:09 am
sabai milera jana paro. desh naulo dwanda ma fasna sakchha. aru kehi hoina, baidhya samuha le rastriya swadhinta ko kura uchalisakeko chha, tyo emotional issue ho, tesle ago salkauna katti ber lagdaina. samaya nagharkidai sochaun please.
वास्तवमा माओवादी नेताहरु मध्ये सबै भन्दा राम्रो नेता चाँहि नारायणकाजी श्रेष्ठनै रहेछन् नत्र त अरु यत्रा नेताहरु पनि थिए त तर खै यो कुरा अरुले उठाएका अनि यसको बारेमा सोचेका ? कुरा गर्न सम्भव भए देश फेरि अर्को गृहयुद्धमा फस्दैन अनि संविधान सभाको निर्वाचन पनि सजिलैसँग सम्भव छ ।
त्यसैले यसपालिको मेरो भोट नारायकाजी श्रेष्ठलाई …..बधाई
……………… जय नेपाल………
yadi ragmi le rajenama deyara chunab r santi kayam huncha bhane ragmi le rajenama denu ramro huncha
kura ta thikai ho Narayan kaji g ko tara sabaile manne hoki hoina hernu parchha.
वास्तवमा माओवादी नेताहरु मध्ये सबै भन्दा राम्रो नेता चाँहि नारायणकाजी श्रेष्ठनै रहेछन् नत्र त अरु यत्रा नेताहरु पनि थिए त तर खै यो कुरा अरुले उठाएका अनि यसको बारेमा सोचेका ? कुरा गर्न सम्भव भए देश फेरि अर्को गृहयुद्धमा फस्दैन अनि संविधान सभाको निर्वाचन पनि सजिलैसँग सम्भव छ ।
त्यसैले यसपालिको मेरो भोट नारायकाजी श्रेष्ठलाई …..बधाई –
regmile mantra parisadko adkshya bata rajinama diye hunchha pradhan nyedhis bata haina yo narankaji asthir neta ho kaile kata kaile kata yeslai kursiko moha badhi 6 testo khubi bhayeko neta ho bhane aafno partylai nai thulo party banauna saknu paryo ni aruko party sanga kina tasina aaunu aaimai jasto runche neta,
नारायणकाजीले सवैको सहभागितामा हुने चुनाव नै उत्तम भनेका छन् उन्को तर्कमा दम चाही छ ।
Chhimeki Rastra ajha bhannu parda Bharat le Nepal ma Sthir(Stable) Rajnaitik byawastha hos bhanera ta chahadai chahadaina, khoi neta harule bujheko? Parti bhanda Desh thulo ho Desh nai narahe kaha Rajneeti garne? Khil raj afno man le rajniti ma aayeka hoinan neta harule nai lyayeka hun. Khilraj lai kina Bali ko Boko banaunu uskko ke dos??
yo narayan kaji ra moubadi haru chor hun yni haru lai des nikala nai garnu parcha
durdarsita nabayeko neta k neta,derai dukha garera payeko pad khilraj le kata bata sajilai chodnnu,baru mantri pad chodccha ni,mantri ta mauka mile feri pani huna sakccham ki kaso
नारायाणकाजी ले उठाउनु भएको कुरा त ठिक हो तर यसमा तालमेल र समय मिलेन । उनले यस्तो कुरा अलि पहिल्लै वाट उठाउनु पर्दथ्यो र त्यो दिशातर्फ राजनितिक कोर्षलाई वढाउन पहल गर्नु पर्दथ्यो । तर, यो कुरा नारायणकाजीले यतिवेलामात्र जोडले उठाउन थाले जव कि उनको पार्टीले उनले ईच्छाएको र जीत सूनिश्चत हुने चुनावी क्षेत्र नदिए पछि मात्र । त्यसकारण भन्न सकिन्छ उनको यो कदम – भए अन्त नभए गोपालेकोे जन्त जस्तो त होईन ?
कुरा के भने चार दल ले CJ लाई चुनाबी मन्त्रिपरिसदको अद्दक्ष बनाएर चुनाव गराउने सहमती भएको हो न कि पछी रजिनामा माग्ने भनेपछी देश बिगारने को सिस्टम बिगारने को त
काजि को यो बकम्फुसे कुरा पढ्न कसलाई टाइम होला र मैले पनि जुस्त हेरेरै कमेन्ट नगरी बसीरहन सकिन १० बर्षसम्म तिमीहरुले तेत्रा १५ हजार भन्दा बढी को ज्यान लियौ , रगत बगाउन बाध्य बनायौ /तेस्को जिम्मेवारी चै कसले लिन्छ नि ? माओबादी ले लिन पर्दैन ??
रगत नै बग्ने हो भने , खिल राज जी ले सबै नेता को रगत बगाए हुन्छा . धेरै बर्बाद गरि सके यी नेता हरुले / ३ करोड जनसंख्या भएको देश लाई ६०१ नेता चाहिदैन. अहिले को मन्त्रिपरिषद ले इमान्दारी ले १० साल देश चलाए देश मा धेअरि बिकाश हुन्छा.
ok, tara narayan ji lai auta quisten, regmi pradhan nayadhis basda k election samvab hunna ra..?..
वास्तवमा माओवादी नेताहरु मध्ये सबै
भन्दा राम्रो नेता चाँहि नारायणकाजी श्रेष्ठनै
रहेछन् नत्र त अरु यत्रा नेताहरु पनि थिए त
तर खै यो कुरा अरुले
उठाएका अनि यसको बारेमा सोचेका ?
कुरा गर्न सम्भव भए देश
फेरि अर्को गृहयुद्धमा फस्दैन अनि संविधान
सभाको निर्वाचन पनि सजिलैसँग सम्भव छ ।
त्यसैले यसपालिको मेरो भोट
नारायकाजी श्रेष्ठलाई …..बधाई –
🙂 🙂
Party chairman Prachanda chai Regmi ko resignation hunai sakdaina vanne. Vice- President hunai parcha, jasari pani garaunai parcha vanne.Narayan Kazi ko bichar ekdum thik cha. Tara sarwahara barga ka neta,10 crore ko Mahal ma tasakar haru ko naike, desh drohi, kursi premi Prachanda le OK navane samma kehi hune chaina. Mero desh ko bidambana.
Euta sano desh, 150 wota party.
Euta Party, 10 wota gut
Euta gut, 10 wota upa-gut
Euta upa-gut, 10 thari bichar
manche bhaneko ta narayankaji po ta. junkura nepali janta lay socheko thiyo tyo kura narayan kaji g lay sochnu bhako chha.
J mann laagyo garne?yo desh ma neta matra chan,nepali kohi chaina,aafno adhikar pani yi neta harulai sodhera matra prayog garnu parne ho vane ka cha yo desh ma prajatantra?yo desh ma NETA tantra matra cha.yata pani sochau hai saathi ho.
थापा जी 10 बर्ष रगतको खोलो बगाउने त कंग्रेस एमाले हरुको कारणले गर्दा हो. यस्को जीम्मा कंग्रेस एमालेहरु ले लीनु पर्छ :गरीब जनताको अधीकार पाउन लडेका योद्दाहरु माथी सीधै गोली हान्न र टाउका को मुल्य तोक्न के 2047 को संबीधान ले दीएको थीयो..:
Jangali ko khali jangali nai demag huncha … 10 basra jungle ma basayara tetra innocent citizen ko hattya garya vayana aaba pheri tini haru lai ragat bagaunu cha .. yo sab huda pani Nepalese haru chup laglan ne haina… khub aaka chan ragat bagauna …
यो त बलात्कारीलाई होइन उल्टै बलत्कृतलाई पो आरोप लगाए जस्तो भयो । बैध्यहरू नआई चुनाब गर्नु हुदैन भन्नु भनेको चुनाब नै नचाहनु हो किनकी ड्यास् माओवादी चुनाबमा विश्वास गर्ने पार्टी नै होइन ।
चैते कमरेडको कुरा सही हो साथै अव मँसीर ४ गते चुनाव हुदैन भन्न पनी १००% हो।
khilraj regmi laai nepalko maya lagchha bhane wahale PN bata rajinama garnu nai ramro. kina waha rajinama gardina bhanera swarthi bannu bhayeko ? yasari rajinama garera shantipurwak safaltapurwak chunab sampanna bhayo bhane wahako naam itihasma niswarthi ra safal PMko rupma swarna axarle lekhinechha. wahaka pariwarjanle wahalai PNko lobh tyagna sallaha dinu paryo.
खिलराज आप्नो रहरले मन्त्री परिषदको अध्यक्ष भएका होइनन, तिमिहरुको करले मात्र हो। जागिर खाइरहेको मान्छेलाई फुलपाती चढाएर कुर्सीमा बसाएको तिमीहरुले होइन? अव भन, जिम्मेवार तिमीहरु हुने कि खिलराज ? खिलराजले प्रधानन्याधीस पद धेरै लामो दुख गरेर प्राप्त गरेको हुन, मन्त्री परिषद अध्यक्ष पद त चिठ्टा मात्रै परेको हो। तिमी आफै भन नारायणकाजी, दूखको कमाई प्यारो हुन्छ कि चिठ्ठाको? खिलराजले मन्त्रीपरिषद अध्यक्ष पद त्यागेर प्रधानन्याधीस पदमा जान्छु भनेकै छन त, त्यसै गरे भई हाल्यो नि त। सहमति गरेर सरकार प्रमूख छान्ने औकात छैन, त्यसै गनगन गनगन गरिरहन्छन। – See more at: http://www.onlinekhabar.com/2013/09/120307/#sthash.mxOFpwQo.dpuf
न्युयोर्कमा छोरी भेटन श्रीमती लिएर एक रातलाई भय पनि जान सक्ने खिल राजले राष्ट्रको लागी के गर्ला ?
यी काजी एमाओबादी भित्रका फ़टाहहरुको झुण्डमा अर्को फटाहा हो/ पार्टीमा आफ्नो स्थिति कम्जोर भे’पछि बक-बकौना थालेका हुन्….बाहिर यस्तो राम्रो कुरो गरे पनि यी काजी को मक्सद पनि बाबुराम, प्रचण्ड, खड्ग ओली, सिटौला आदि जस्तै इंडिया लाइ खुसि पर्नु हो….खेल अन्त तिर जादै छ हेर्दै गर्नु होला…!
khil raj ek numberko KHURAPHATI chha hai .. hosiyar! Gyanendrako palama c4 jana sinior nyayadhish lai uchhiner afu pradhan nyayadhi hun khojne yinai hun…herdai janus ke ke garchhan . baidhdhya jban pase bhane yini ra yonaka ase paselai bhautik karbahi pakkai hunchha…
खिल राज लाइ उनको आफ्नै पदमा फर्कन देउ र राम प्रसाद श्रेष्ठ लाइ सरकार प्रमुख बनाउ , चुनाब उनैले गर्छन. कि नेवार लाइ सरकार प्रमुख बनाउन हुन्न?
netaka kura jata pani thikka hun ==== sabai bigarne ra bhatkaune netaharuka kam hun ani aphno aphno kurchiko sojho katabata huchha tehi matra chocheka chha netaharule desh ra rashtriyetako lagi sochne phursad chhaina yiniharuma teshaile narayan kaji jiko kura yek kon bata ta ramrai hoo ra tara kina maobadi chunab ma jana khilraj rekmi ko rajinama nai chaiyeko hoo yo maile bujhina yesh ma kehi partikriya badi tatwo haru ko chalkhel bhayeko jashto lagchha desh ma chunab hun nadinu ma
sab bhanda achamma ko kura ta yekikrit mwobadiko hetauda mahadibesan bata kilraj rekmilai chunabi mantri parisad ko adhagkshye ma lyaunu parcha bhanne parstap maobadile lyeko awashthama kina kilraj lai rajinama garna lagaudaina khurukh bhanera lagaye bhaihaltho ni yemale ra congress lai pet dukheko hoina ki mwobadi chunab ma gye hamro har nishchit chha bhanne yekikrit mawobadi ma bhayeko le anek bahana banai mawobadilai chunab ma nalyaunu yekikrit mawobadi kai kam hoo desh ka jantale yo kura pani bujheka chhan narayen kaji ji
yo maobadiko natak ho . haruwa manasikta ho aafu harne bhaya6i chunab nahune banaune. chunab lai pa6i dhakelne sadyantra ho. sawadhan , Madhab Nepal,Bisnu Poudel and Sekher Koirala!!!! ali kura gahirer sochnu.
देसले शान्ती र दिगो विकास खोजेको छ | प्रिथिबी नारायण शाह को मैदानमा नारायणकाजीले हानेको बौल कस्सो गोल नगर्ला त ? खेलको नियम मिचियो भने त दर्सक बीच पनि भिडन्त हुन् सक्छ | संबिधानसभाको चुनाबको मर्म अनुसार देसका सबै दललाई समेटेर नै जानु शान्तीको सूचक मानिनेछ | जब वार्ताको कुरा आउछ समय त लाग्छ नै | अस्वाभाविक मागहरु छोड्दै चुनावमा जान्छु भन्छन भने ती दलहरुलाई समेटेर नै चुनावमा जानु बुद्दिमानी हुनेछ | बर्तमान समय को माग सहमती नै हो | र,चुनाव हुनु पर्छ अनि अस्थानीय चुनाव पनि छिट्टै हुनु पर्छ |
येस्मा नारायणकाजी जी संग असहमत हुने कुनै कारण छैन, तर के खि.रा.रे. ले राजिनाम दिंदा वैद्य वा ले चुनावमा भाग लिन्छन, ग्यारेन्टी कस्ले लिने ? भाग लिन्छन भने चैं खिरारे लाई राजिनामा गराउनै पर्छ, र चुनाव चैत्रमा गर्दा के नै फरक पर्छ र ?
Haha neta haru pani kati bhukna sakeko? Ragatko kholo bagaune rehaha enka sakha santanlai euta kharoch pani aune hoena marne bhaneko ta tallo istar kai manxe ho ni hami janata nai bheda ho kya kasam bhaneko sahi k galat k bhanne nabhujhi kasaiko thotro political speech ko paxi lagera andolan banda adtal garna janxau kina hamile nasakeko testo rajaniti dal satha lai nirutsahit garna ? Sarai dukha lagxa nepai janta hu bhanda
kunai pani desh barbad parnu xa vane narayan kajiii jasta fataha ko kura thik hunxa?
kina dine khila raj le rajinama?
uni ta nepal ko sanbidhan ko beses paresthiti ma pm vaka hun jun kura unlae pradhan nayadhis pad le diyako ho
timi haru sab thok vatkaune calma xau ani abba feree aarkochal garne ho?
pahlo patak timi kaha thiayo timro party ko hetauda baithak ma ? suteko ki ahile election ma party ma sabtham bata harne dekhera ani feree kiran jeee vanna thaleko xau?
sabvanda dhat kura gardai xau timi
EMAOBADI ko bujhi nasaknu kura, Parchande ra baburam le uni haruko madhibesan bat regmi ko kura pass garun6n, bichara Narayan kaji, kura ta sancho ho, unka kura EMAOBADI ma kasle sunne. Narayan ji, Maobadi the corrupt haruko bathan banksakyo, tapaiko rodan le khai k garla ra?
Nepal premi saathiko joke dherai ramro nepal suhaundo. Sabailai alikati bhayepami chetana bhaya, jokeko madhamle bhayepani, nepal banaune buddhi aaos, hami sabaima. Subhakamana.
प्रकाश जी के तपहिले महोबदिले बघएको रगत को जिम आहिले सम्म लिनु भएको छ
Thank You. Look mirror first by our self. Please stop talking non sense. Like you bullshit leaders realise soon. Its not too far.
गाली गलौच भन्दा पनि देशको सक्रमन काल लाई मधञजर राख्दै आजको आवश्कतार दुर्गामी सोच आजको सबभन्दा महत्वपूर्ण प्रश्न हो।
पार्टी र पार्टी राजनीति भन्दा माथि उठेर सच्चा देशप्रेमी नागरिक भेऐ
सोच्ने हो भने सहभागीत मुलक संबिधान सभा को चुनाव को बिकल्प छैन। पुर्वाग्रही सोच राखेर देश को हित सम्भव छैन।
अरुले गल्ती गर्यो भन्दैमा आफुले पनि गर्नु मुर्खता हो।
माओवादी को सोच सन्सदिय राजनीति होइन भने उु तेही एजेन्दा मा चुनाव मा आवोस तेस्को पनि प्रजातान्त्रिक पद्यती बाट छिनोफ्यानओ हुन्छ ।
राजनीति नैतीक धरातल मा उभिएेयर, प्रष्ट बिचार र प्रष्ट पार्टी को घोषणा पर्त्र लिएर गरिन्छ र गर्नुपर्छ।
तेसै ले सबै को स हभागीता देशको भबिश्य को सुनिचीता को आधार हो ।
hey bagawaan yesta manche pani chan nepal ko sarkar ma, ragat ko khola re, yesta neta haru lai ta aajiwan jail chalan garnu parcha, balla balla huna lageko chunaw lai pani rokne neta haru lai ta goli hannu parcha, chor haru i wish u die…
नारायणकाजी को सस्तो लोकप्रियता बाहेक अरु केहि होइन/
हुन्छ हजुर हुन्छ । शुरुबात नारायान काजिको बात गर्नु पर्ला ।
सम्झ नारायण काजि .. यो रगतको खोलो पनि तिमि हरुले बगाएको खोलो कै अर्थमा लिइनेछ .. तर यो खोलोमा देशका शत्रु सबै सखाप हुन् भन्ने हामि देश प्रेमी नेपाली को चाहना ..
नेता ज्यु को तीन वटा औंला अफै तिर रहे६ ।
चुनाव सार्र्र्ने वाहान गर्न खोजे जस्तो लाग्यो नारायणकाजीले । आफुले जित्ने अबश्था देखेर होला । नत्र तपाईको पार्टीले माहाधिवेशनवाट निर्णय गरेर प्रधानन्यायधीसको नेतृत्व मा सरकार भनेर आउनुभाको होईन । तपाईहरुले चुनाव जति सार्नु हुन्छ उति वर्वादि मा देशलाई पुर्याउनु हुन्छ । यो सवै कार्तुसको जिम्मा रेग्मी होईन । एमाओवादी र उनका नेता हुनु पर्छ
Super Dislike .. yeskai chi RAGAT ko kholo bagauna paryo .. k nepali ko ragat yeti sasto vayo ra .. aauta yesto neta le vandai ma kholo bagne .. aaugat ta deekhe nai sakya cha ni ..
Regmi aagfai head hunu bhayeko haina Tapai haru jasatai hatyara le jabarjasti euta clean Manche lai Kalo dhabba Laguna ko lagi banayeko ho yo pura sadantra ho.