दशैं-तिहारमा मोटरसाइकल किन्दा उपहारै उपहार

2070 असोज 10 गते 13:34 मा प्रकाशित

१० असोज, काठमाडौं । दशैं तथा तिहार नेपाली उपभोक्ताहरुका लागि आफुलाई आवश्यक पर्ने वस्तु तथा सेवाहरु खरिद गर्ने चाडपर्व हुन् । चाडपर्वमा कम्पनीहरुले आकर्षक उपहार तथा नगद छुट प्रदान गर्ने हुँदा पनि उपभोक्ताहरु आफुलाई आवश्यक वस्तु तथा सेवाहरु खरिद गर्न दशैं-तिहार कुरेर बस्ने गरेका छन ।

अन्य समयमा भन्दा दशैं-तिहारमा ठूलो कारोबार हुने हुँदा व्यवसायीहरु आफ्नो समान बढी भन्दा बढी बिक्री गर्न प्रतिस्पर्धामा उत्रिने गर्छन् । पछिल्लो समय उपभोक्ताहरुलाई आफुतर्फ आकषिर्त गर्ने गतिलो माध्यम उपहार योजना बन्न थालेको पाइन्छ । चाडपर्वको समयमा अधिकांश कम्पनीहरु कुनै न कुनै उपहार योजना ल्याएर आफ्नो समानको बिक्री बढाउने होडबाजीमा उत्रिने गर्छन् ।

honda-bike-with-saurav-jyoti

चाडपर्वमा सामान्य लुगाफाटोदेखि महंगा-महंगा गाडी तथा मोटरसाइकल समेत अत्याधिक बिक्री हुने गरेको पाइन्छ । यहि कुरालाई मध्यनजर गरि गाडी तथा मोटरसाइकल कम्पनीहरु आकर्षक उपहारसहित उपभोक्तामाझ पुग्ने गर्छन् । यस पटकको दशैं-तिहारलाई लक्षित गरेर मोटरसाइकल कम्पनीहरुले विभिन्न अकर्षक उपहार योजना सार्वजनिक गरिसकेका छन् ।

उपहारमा को भन्दा को कम

विभिन्न ब्राण्डका मोटरसाइकल बिक्री वितरण गर्दै आएका व्यवसायीहरुले आफ्नो मोटरसाइकलको बिक्री बढाउन आकर्षक उपहार योजना सार्वजनिक गरिसकेको छन् । उपहार योजना हेर्दा व्यवसायीहरु आफ्ना मोटरसाइकल बिकाउन तिब्र प्रतिस्पर्धामा उत्रिएको सहजै थाहा पाउन सकिन्छ ।

होण्डाको ‘लाइफस्टाइल अपग्रेड अफर’

जापानीज ब्राण्ड होण्डाले दशैं-तिहारलाई लक्षित गरि आकर्षक उपहार योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकहरुले कुनै पनि होण्डा मोटरसाइकल खरिद गर्दा एउटा स्क्र्याच कुपन र बम्पर ड्र कुपन प्राप्त गर्नेछन्, उक्त कुपन स्क्र्याच गरेर ४ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म नगद पुरस्कार पक्का हात पार्नेछन् ।

honda-bike2

यसको साथै, ग्राहकहरुले ५ बर्षसम्मको फि्र सर्भिसिङ र स्पेयर पार्टहरुमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ प्रालिले जानकारी दिएको छ । त्यस्तै, योजनामा हरेक हप्ता लक्की ड्रबाट १ तोला सुन र बम्पर उपहारमा होण्डा ब्रायो कार ग्राहकले हात पार्नेछन् ।

भि.जी. सुजुकी अल्टिमेट सेलेब्रेसन

सुजुकी मोटरसाइकल इण्डियाद्धारा उत्पादित सुजुकी बाइकको नेपालका लागि आधिकारिक बिक्रेता भि.जी. अटोमोवाइल्स प्रालिले दशैं-तिहारलाई लक्षित गरि ‘भि.जी. सुजुककी अल्टिमेट सेलेब्रेसन’ उपहार योजना ल्याएको छ । यस उपहार योजनाअन्तर्गत सुजुकीका कुनैपनि मोडल खरिद गर्दा ग्राहकहरुले १० हजार रुपैयाँ नगद छुट पक्का प्राप्त गर्नेछन् ।

suzuki-showroom2

त्यसैगरि, उपहार योजना अवधिभर बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकहरुबाट लक्की ड्र गराएर सुजुकी अल्टो-८०० कार बम्पर उपहार प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ३ जनालाई ३२ इञ्चको पानासोनीक टेलिभिजन प्रदान गरिनेछ ।

बजाजले ल्यायो ‘दशवतार’

नेपालीहरुमाझ राम्रो पकड जमाउन सफल भारतीय ब्रण्ड बजाज मोटरसाइकलले दशैं-तिहारलाई लक्षित गरि ‘दशवतार’ उपहार योजना ल्याएको छ । योजनाअन्तर्गत हरेक ग्राहकहरुले बजाज मोटरसाइकलको खरिदमा ५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् । साथै, लक्की ड्र माफृत हरेक हप्ता १ जनाले १० लाख रुपैयाँ जित्ने बजाजको नेपालका लागि आधिकारिक बिक्रेता एचएच बजाजलले जनाएको छ ।

pulsar-bike

‘हिरो ब्लकबस्टर’

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ दशैं-तिहारलाई लक्षित गरि ‘हिरो ब्लकबस्टर’ उपहार योजनाका साथ ग्राहकमाझ प्रस्तुत भएको छ । यस उपहार योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकहरुले ७ हजार ५ सय रुपैयाँसम्म नगद छुट र फिलिप्सको पोर्टेवल स्पिकर रोडियो उपहार पाउनेछन् ।

Hiro-bike

कम्पनीले उपहार योजना अवधिभर ३ पटक लक्की ड्र गरी ३ जना ग्राहकहरुलाई क्रमशः १ लाख रुपैयाँ, ७५ हजार रुपैयाँ र ५० हजार रुपैयाँ बम्पर पुरस्कार स्वरुप दिने बताएको छ । राजधानीका ग्राहकहरुलाई १ लाख रुपैयाँसम्मको दुर्घटना बिमा र ५० हजारको हेल्थ इन्स्योरेन्स सुविधा निःशुल्क उपलब्ध गराउने बताइएको छ ।

‘वजनदार योजना’ सहित यामाहा

यामाहा मोटरसाइकलले दशैं-तिहारलाई लक्षित गरि ‘वजनदार योजना’ ग्राहकहरुमाझ ल्याएको छ । उपहार योजनाअन्तर्गत यामाहाको मोटरसाइकल खरिद गर्दा पाइने स्क्र्याच कुपनमा ५ हजारदेखि १ लाख रुपैयाँसम्म प्राप्त गर्न सकिनेछ ।

उपहार योजनाको अन्तिममा गरिने लक्की ड्रबाट ९ जनालाई आफ्नो वजन बराबरको चाँदी बम्पर उपहार स्वरुप प्रदान गर्ने यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता मोरङ अटो वक्र्सले बताएको छ ।

 yamaha-bike

“दशैं-तिहारमा मोटरसाइकल किन्दा उपहारै उपहार” मा प्राप्त 3 प्रतिकृयाहरू
  • Deo लेख्नुहुन्छ    |   2070 असोज 10 गते 13:52

    kei paudaina babaji ko thullu bahek.

  • Thapa लेख्नुहुन्छ    |   2070 असोज 10 गते 18:18

    customer lai thagne kaam matra ho. acutal price ma upahar price add garera tehi price customer lai upahar bhanera dine yo kasto anautho tarika.

  • garja gurung लेख्नुहुन्छ    |   2070 असोज 10 गते 18:53

    Kehi majjai lagayna euta bike kinda euta kti free bhaye po hun6…

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...