१० असोज, काठमाडौं । चीनको एक अदालतले सेनाका एक प्रमुख जनरलका छोरालाई बलात्कार काण्डमा दोषी ठहर गर्दै १० वर्षको जेल सजाय सुनाएको छ ।
चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार १७ वर्षीय ली तियानी र अन्य चार जनालाई फेब्रअरीमा बेइजिङको एक होटलमा मदिरा पिएर एक महिलालाई बलात्कार गरेको आरोप लागेको थियो । लीले भने आरोप अस्वीकार गरेका थिए । उनले उक्त महिलालाई यौनकर्मी भएको बताएका थिए ।
उत्तर पश्चिमी बेइजिङको हैदीयन कोर्टले लीबाहेका तीन जनालाई १२ वर्षसम्मको जेल सजाय सुनाएको छ । ली चिनियाँ सेनाको जनरल ली शुआंगजियांगका छोरा हुन् । शुआंगजियांग टेलिभिजनमा देशभक्ति पूर्ण गीत गाउनका लागि चर्चित छन् । लीकी आमा मेंग गी पनि चीनको पिपुल्स लिबरेशन आर्मीका चर्चित गायिका हुन् ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
prakash ra paras lai ta janma kai huntho, yadi nepal china bhako bhaye!
दिलु गुरुङ(छिम्केश्वरी) Reply:
September 26th, 2013 at 6:04 pm
fasi nai dienthyo ni soltaa ke ko janmakaid matrai
nepali haru lai ek palta sabailai chaina lagera dekhaunu parcha kanun kasari sabailai barabar lagu huncha bhanera
nepalmapani yastai karbahai surugarnuparyo hai