१० असोज, काठमाडौं । हवाईजहाज चढ्ने अन्तिम इच्छा पुरा भएको ३५ दिनमै जेष्ठ नागरिक बोटे राईको निधन भएको छ । १०७ वषिर्य बोटे राईको आफ्नै निवास धनकुटामा बुधबार निधन भएको हो । उहाँ लामो समयदेखि विभिन्न शारिरिक समस्याबाट पिडित हुनुहुन्थ्यो ।
राईले हवाईजहाज चढेर मर्ने धोको रहेको सार्वजनिक रुपमा बताएपछि निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी यती एयरले उहाँको इच्छा पुरा गरिदिएको थियो । उहाँलाई यती एयरले भदौ ४ गते विराटनगरबाट राजधानी ल्याएर पशुपतिनाथको दर्शन गराई पुनः विराटनगर पुर्याई दिएको थियो ।
१२ सन्तानका पिता बोटे राई ७५ वषिर्य भतिजा मान बहादुरसँग बस्दै आउनुभएको थियो ।
चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...
Bote Rai ko aatma le santi milos! Waha ko man ko dhoka pura gari diyeko ma YETI AIRLINES laai dherai dherai dhanyabaad! Ma sake samma Yeti Airlines baata Travel garchhu aaunda din haruma!
Aba ta 107yrs.banchanu bhaneko Aajkalko lifestyle ma impossible 6.
heartly condolenc….
Dhanya baad yati air.jesta nagarik bote rai ko ichha pura garidiekoma.ani jesta nagarik bote raiko aatmale santi paaos.