१० असोज, काठमाडौं । रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रालिले दशैं-तिहारको अवसरमा यात्रुहरुको हितका लागि नयाँ बसपार्क क्षेत्रमा विभिन्न सहयोग प्रदान गरेको छ । कम्पनीले नयाँ बसपार्क क्षेत्रमा प्रहरी हेल्प डेक्स, निशुल्क खानेपानी र ट्राफिक सम्बन्धी जनचेतनामूलक बोर्ड राखेर सहयोग प्रदान गरेको हो ।
महान चाडपर्व दशैं, तिहार तथा छठ पर्वको अवसरमा बसपार्क क्षेत्रमा हुनसक्ने विकृतीजन्य घटना, चोरी डकैतीलाई न्यूनिकरण गर्नको लागि आफ्नो तर्फबाट सहयोग गरिएको सिटी एक्सप्रेसले जनाएको छ । सिटी एक्सप्रेसले नयाँ बसपार्कमा पुग्ने यात्रुहरुलाई सजिलो होस भनेर चाडपर्वको अवधिभरका लागि प्रहरीको सहकार्यमा प्रहरी हेल्प डेक्स राखेको छ । त्यसबाहेक दुई महिनासम्म त्यहाँ पुग्ने यात्रुलाई निशुल्क खानेपानीको व्यावस्था गरिएको सिटी एक्सप्रेसले जनाएको छ ।
बसपार्क क्षेत्रमा विभिन्न शन्देसमुलक १५ वटा होर्डिङ बोर्ड, दुई महिनासम्म सबै यात्रुहरुलाई निशुल्क खानेपानी सेवा र प्रहरी हेल्प डेक्सका लागि सहयोग गरिएको सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले जानकारी दिनुभयो । सिटी एक्सप्रेसले यस अघि पनि पटक-पटक सामाजिक काम गर्दै आएको छ । सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व कोष अन्तरगतसहयोग पुर्याउँदै आएको छ । सिटी एक्सप्रेसले केही दिन अगाडि मात्र पशुपति मन्दिरमा जुत्ता राख्ने वक्स, होर्डिङ बोर्ड सहयोग गरेको थियो ।
चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...
Very Good City Express
Good Job. Like it