जहाज खरिद प्रकृया तत्काल अगाडि बढाउन चीनको आग्रह

2070 असोज 10 गते 15:58 मा प्रकाशित

१० असोज, काठमाडौं । चीनले चिनियाँ जहाज खरिद प्रक्रिया तत्काल अघि बढाउन नेपाल सरकारसँग आग्रह गरेको छ । नेपालस्थित चिनियाँ राजदूत उ चुन्ताईले अर्थमन्त्री शंकरप्रसाद कोइरालासँग भेट गरी आफूहरुले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेकाले नेपालतर्फको काम अघि बढाउन आग्रह गर्नुभयो ।

राजदूत चुन्ताईले यही महिनाभित्र सम्झौता गर्ने गरी प्रक्रिया अघि बढाउन अनुरोध गर्नुभयो । चीन सरकारसँग अनुदानमा दुई र ऋणमा चारवटा विमान दिने सहमति यसअघि नै भइसकेको छ । Artha-Mantri-and-chiniya-ra

प्रत्युत्तरमा अर्थमन्त्री कोइरालाले चीनबाट ल्याउने जहाजले उड्ने अनुमति नपाएकाले नागरिक उडड्यन मन्त्रालयबाट त्यो प्रक्रिया टुंगिएपछि मात्र सम्झौता हुने जानकारी दिनुभयो ।

उहाँले संविधानसभाको चुनाव, द्विपक्षीय आर्थिक सहयोग र काठमाडौ चक्रपथ निर्माणमा चीन सरकारले गरेको सहयोगको सर्‍हाना गर्नुभयो । मन्त्री कोइरालाले चीनले नेपाललाई दिँदै आएको आर्थिक सहयोग वृद्धि गर्न आग्रह गर्नुभयो । राजदूत चुन्ताईले यसप्रति चीन सरकार सकारात्मक रहेको जवाफ दिनुभयो ।

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...