रामचन्द्र नेपाल
क्वालालम्पुर । सेक्युरिटी काम गर्दा गर्दै दुर्घटनामा परी ज्यान गुमाएका एक नेपाली श्रमिकको परिवारलाई मलेसियामा रहेका नेपालीहरुले आर्थिक सहयोग रकम संकलन गरी नेपाल पठाएका छन् । सुनसरी जिल्ला घर भई क्वालालम्पुरको जलान केरेन्चीको एक कण्डोमिनियममा कार्यरत रहेका टिकाराम चौधरीको परिवारलाई ३ लाख १२ हजार एक सय २८ रुपैयाँ सहयोग रकम मलेसियावाट नेपाल पठाईएको हो ।
सेक्युरिटी गरिरहेको अवस्थामा रातिको डिउटीको अवस्थामा चेकिङमा जाँदा लिफ्टवाट खस्दा घाईते भएका चौधरीलाई उपचारको लागि अस्पतालमा लैजादै गर्दा वाटोमै ज्यान गएको थियो । टिकाराम तीन वर्ष अगाडि मलेसिया आएको भएपनि आठ महिना अगाडिदेखि सेक्युरिटी पदमा रहेर काम गर्दै आईरहेका थिए ।
टिकारामको परिवारमा श्रीमती र एक छोरा रहेको वुझिएको छ । निजको शव केहि दिन अगाडि नेपाल पठाई सकिएको सन्तोष अधिकारीले जानकारी गराएका छन् ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
राम्रो काम
Dhnyabad malesiya ka sathi haru lai ………….