असोज १०, काठमाडौं । बेष्ट रेमिट नेपाल प्रा.लि. र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । विहीवार बेष्ट रेमिटका प्रवन्ध निर्देशक श्याम तामाङ र सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश कुमार श्रेष्ठले सो सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका छन् ।
सम्झौतापछि विश्वका विभिन्न मुलुकबाट बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स सेञ्चुरी बैंकका मुलुकभर रहेका ३२ शाखावाट भुक्तानी लिन सकिने छ । ‘विश्वबाट बेष्ट रेमिट मार्फत आएको पैसालाई हाम्रो बैंकले स्थानियस्तरमा पु¥याउन अव सहज हुने छ ।’ सम्झौता पत्र आदानप्रदान गरेपछि बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने–‘ विदेशमा हाम्रो बैकको पुहँच नभएको ठाउँवाट बेष्ट रेमिटले काम गर्ने छ ।’
आफना ग्राहक तथा सेवाग्राहीको सहजता तथा सुविधाका लागि यो सम्झौता गरिएको बेष्ट रेमिटका प्रवन्ध निर्देशक तामाङले बताए । उनले हुण्डीलाई निरुत्साहित गर्दै बैकिंङ च्यानलमार्फत पैसा पठाउन आगामी दिनमा अन्य बैंकहरुसँग पनि रेमिट्यान्स सम्झौता गरी ग्राहकहरुलाई थप सहज बनाउने जानकारी दिए । उनले भने ‘हामी प्रतिष्पर्धा भन्दा पनि नयाँ ठाँउबाट रेमिट्यान्स भित्र्याई मुलुकभर सहज ढंगमा भुक्तानी सेवा दिन लागिपरेका छौ ।’
गैरआवासीय नेपालीहरुद्धारा प्रर्वद्धित बेष्ट रेमिटले आफना ग्राहक तथा सेवाग्राहीलाई सरल छिटो र विश्वसनीय सेवा दिन यसअघि पनि नेपालका विभिन्न बैंकहरुसँग रेमिट्यान्स सम्झौता गरिसकेको छ । यो सम्झौतासँगै विदेशबाट आएको रेमिट्यान्स बेष्ट रेमिटका १ हजारभन्दा बढी एजेण्ट, सव–एजेण्ट तथा विभिन्न बैंक तथा वित्तिय संस्थाबाट भुक्तानी लिन सकिने छ ।
सेञ्चुरी बैंकसँगको रेमिट्यान्स सम्झौता कार्यक्रममा बेष्ट रेमिटका निर्देशकद्वय गंगाराज राई र टिवी कार्की, जेनेरल म्यानेजर प्रताप श्रेष्ठ र बैंकका रेमिट्यान्स प्रमुख रमेश श्रेष्ठ र चिफ अपरेटिङ अफिसर जीवन भट्टराईको उपस्थिति रहेको थियो ।
चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...
Ramro kura ho all the best !!!!
hahahahha… what a funny saying that they are discouraging hundi. But they are themselves distributing money illegally . They are really doing hundi in the name of remit company.. we have to disclose such things to the people.
hahahhahha