१० असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले कन्स्ट्रक्सन कर्जा र सुनचाँदी धितो कर्जामा कडाइ गरेको छ । दलालले विभिन्न ग्राहकको सुन जम्मा गरी बैंकबाट ऋण लिने तथा नियम मिचेर बनाइएका घरमा कर्जा दिंदा पछि ऋण असुलीमा समस्या परेका घटना दोहोरिएपछि केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो ।
घर भवन निर्माणमा कर्जा दिंदा निर्माण कार्य पूर्णतः नियमअनुसार भए नभएको परीक्षण गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । त्यस्तै, सुन वा चाँदीको धितोमा कर्जा दिंदा शुद्दता अनिवार्य परीक्षण गर्नुपर्ने र एकै थैलीमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सरकारी मापदण्डविपरीत निर्माण गरिएका घर र अन्य संरचनामा बैंकले लगानी गर्दा जोखिम हुने गरेको छ । पछि संरचना भत्काउनुपर्ने, कारबाहीमा पर्ने वा मूल्यांकन कम हुने हुँदा ऋणीले ऋण तिर्ने क्षमता कम हुने तथा लिलामी गर्न समस्या पर्ने भएकाले केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो ।
त्यस्तै, शुद्धता परीक्षण नगरी सुन चाँदी धितोमा कर्जा दिएमा शत प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । सुनको नाममा पित्तल धितो राखेर कर्जा लिने र ऋणी फरार हुने घटना भएका छन् । अब सुनचाँदी कर्जा दिने बैंकले अनिवार्य जाँचकी राख्नुपर्ने भएको छ ।
त्यसैगरी, सुन व्यापारीलगायतका दलालले विभिन्न ग्राहकसँग सुन धितो लिई ऋण दिने प्रवृत्ति निरुत्साहन गर्न केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज जारी गरेको निर्देशनअनुसार, सुन चाँदी धितोमा ऋण लिने ग्राहकले एउटै थैलीमा सुन वा चाँदी राख्नुपर्नेछ । यदि दुई वा बढी थैली बैंकमा जम्मा गरेमा ऋणको शत प्रतिशत प्रोभिजन गर्नुपर्ने राष्ट्र बैंकले निर्देशन गरेको छ ।
हाल दलालहरुले ग्राहकसँग सुन चाँदी बटुल्ने र त्यो लगेर बैंकबाट १०/११ प्रतिशतमा कर्जा लिने अनि आफ्ना ग्राहकलाई २०/२२ प्रतिशत ब्याजमा कर्जा दिने गरेका छन् । ग्राहकलाई सोझै बैंकबाट ऋण लिन प्रोत्साहन गर्ने उदेश्यले केन्द्रीय बैंकले यो निर्देशन दिएको हो ।
यसअघि नै सुन चाँदी धितो राखेर कर्जा दिने कार्य नगर्न केन्द्रीय बैंकले सुनचाँदी व्यवसायी र सम्बन्धित सबैलाई निर्देशन गरिसकेको छ । कर्जा दिने अधिकार बैंक तथा वित्तीय संस्थाको मात्र भएको हुनाले बीचमा दलाली काम कसैले नगर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो ।
चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...
Good decision
ramro ramro
Ramro kam , Nepal ma Government Rules kadai hunu jurar cha ,