विश्वमा एच आइभी एड्सबाट ज्यान गुमाउने मानिसहरुको संख्यामा नाटकीय रुपमा कमी आएको छ । संयुक्त राष्ट्रसंघीय एक संस्थाको प्रतिवेदनले विश्वमा एचआइभी एड्सको संक्रमण तथा यसबाट हुने मृत्युमा उल्लेखनीय रुपमा कमी आएको छ ।
युएन एड्सका अनुसार सन् २००५ मा विश्वमा २३ लाख जनाले एड्सका कारण ज्यान गुमाएकोमा गएको वर्ष सन् २०१२ मा एड्सबाट ज्यान गुमाउनेको संख्या १६ लाखमा झरेको छ । अघिल्लो वर्ष २३ लाख एचआइभी संक्रमणका नयाँ घटना सार्वजनिक भए । जबकी सन् २००१ मा त्यो संख्या तेब्बर थियो ।
बालबालिकामा एच आइ भी संक्रमणको दरमा अझ उच्च गिरावट आएको छ । सन् २००५ मा पाँच लाख बालबालिका एच आइ भी संक्रमित रहेकोमा सन् २०१२ मा त्यो संख्या अढाइ लाख मात्र छ ।
बालबालिकामा एचआइभी संक्रमण दर तथा मृत्युदरमा कमी आउनुको मुख्य कारण एन्टी रेट्रोभाइरल औषधीको पर्याप्तता रहेको राष्ट्रसंघको ठहर छ ।
राष्ट्रसंघका अनुसार सन् २०१२ को अन्तिम सम्ममा दक्षिण अफि्रका, युगाण्डा तथा भारत लगायतका निम्न तथा मध्यम आय भएका देशमा लगभग एक करोड मानिसले एन्टी रेट्रोभाइरल औषधीको उपचार पाएका छन् ।
पछिल्लो सफलताले सन् २०१५ सम्ममा एड्सको महामारी रोक्ने तथा कम गर्ने सहश्राब्दी लक्ष्य प्राप्ती तर्फ विश्व विस्तारै अघि बढिरहेको प्रमाणित भएको राष्ट्रसंघले जनाएको छ ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
verry good news
a ho ra
ABA VANE MAJJALE LE BHALU HANNA PAINE VO NO TENSION