OnlineKhabar.com

टी-२० राष्ट्रिय क्रिकेटमा काठमाडौं, नेपालगञ्ज, वीरगञ्ज र एपीएफ विजयी

2070 असोज 10 गते 18:58 मा प्रकाशित

१० असोज, काठमाडौं । टी-२० राष्ट्रिय क्रिकेटमा काठमाडौं, नेपालगञ्ज, वीरगञ्जसँगै सशस्त्र प्रहरीको एपीएफ क्लबले विजयी सुरुवात गरेको छ ।

क्षेत्र नम्बर २ वीरगञ्जले क्षेत्र नम्बर १ विराटनगरलाई ९ विकेटले पराजित गरेको छ । विराटनगरले प्रस्तुत गरेको रनको ८६ लक्ष्य वीरगञ्जले १४.१ ओभरमा मात्र १ विकेटको क्षतिमा भेट्टायो । उसका लागि अमित श्रेष्ठले ४३ रन बनाए । यसअघि पहिले व्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर ८५ रन बनाएको थियो । उसका लागि मन्जित श्रेष्ठले २८ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

यस्तै एपीएफले क्षेत्र नम्बर ८ पोखरालाई ९२ रनले पराजित गरेको छ । पहिले व्याटिङ गरेको पोखराले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९४ रन बनायो । उसका लागि ज्ञानेन्द्र मल्लले ४४ बलमा ७ छक्का र ७ चौकाको मदतमा ९० रनबनाए भने पारस खड्काले अविजित ३५ रन बनाए । जवाफमा मैदान उत्रिएको पोखराले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १ रन मात्र बनाउन सक्यो ।

अर्को खेलमा क्षेत्र नम्बर ३ काठमाडौंले क्षेत्र नम्बर ४ भैरहवालाई ८४ रनले हराएको छ । पहिले व्याटिङ गरेको काठमाडौंले विभत्सु थापाको ४४ रनको मदतमा २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको भैरहवा १४.१ ओभरमा ७८ रन जोड्दा अलआउट भयो । उसलाई सस्तैमा समेट्ने क्रममा अनिल कार्कीले ४ विकेट लिए भने निरज बस्नेतले ३ र प्रकाश विष्टले २ विकेट आफ्नो नाममा लेखाए ।

यस्तै क्षेत्र नम्बर ५ नेपालगञ्जले क्षेत्र नम्बर ७ जनकपुरलाई २५ रनले पराजित गरेको छ । पहिले व्याटिङ गरेको नेपालगञ्जले १९ ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनायो । उसका लागि महेश क्षेत्रीले ५० रन बनाए । जवाफमा मैदान उत्रिएको जनकपुरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १७ रन मात्र बनाउन सक्यो ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।