एलएन सुवेदी
मैले कलिलै उमेरमा गाउँ घरमा गरिने व्यवहारिक कामहरु खेतीपाती , वस्तुभाउ र घरभित्रगर्नु पर्ने कामहरु सिकें । घरमा बिहान बेलुका गाईवस्तुको गोबर भकारा गर्नुपर्थ्यो । त्यस पछि घाँसका भारी बिसाएर मात्र स्कूल जान पाइन्थ्यो । खेतीपातीका बेला स्कूल बिदा बसेर काम गर्नुथियो । नियमित स्कूल जान नपाए पछि पढाइ राम्रो हुने त कुरै भएन । स्कूलको पढाइलाई छाँयामा पारेर केही राजनीतिक गर्ने व्यक्तिहरुको संगतमा परें । उनीहरु कमुनिस्ट भन्थे । राति राति हाम्रो घरमा आउँथे । मलाई तिनीहरुले चम्किलो रातो तारा भन्ने किताब दिए ।
नोरोदोम सिंहानुकको बारेमा पनि ताता-तुतु गरें । ती पढेपछि मेरो कलिलो मस्तिकमा कम्युनिस्ट शिक्षाले अर्कै प्रभाव पार्यो । कम्युनिस्टहरु धर्ममा विश्वास गर्दैनन् , उनीहरुको शब्दकोषमा भूतप्रेत भन्ने हुदैन भन्थे । मैले पनि तिनै कुरा सिकें । समाजमा हुने अन्याय र अत्याचार बिरुद्ध बिद्रोह गर्नु , नास्तिक हुनु , आफ्नै स्वाभिमानमा स्वभलम्भी हुनु , बुर्जुवा शिक्षा बहिस्कार गर्नु आदि आदि कुरा मभित्र पनि छिपिदै गए । मेरो स्वभाव र चरित्रमा धेरै फरक आईसकेको थियो । जस्तोसुकै अन्धकार रातमा पनि हिड्न डर नलाग्ने , भगवान् प्रति विस्वासै नहुने । म राति मेरो घर ईलामबाट हिंडेर पार्टीको काम भन्दै पाँचथर पनि पुग्थ्यें । बाटोमा केहीको डर लाग्दैनथ्यो ।
हुन त बल्यकालमा पिताजी र दाइहरुसँग हाम्रो बेसीको खेतमा वस्दा पारीपट्टीका खेत, खोला किनारमा पचास-साठीवटा जति राँकेभूतहरु राँको र पुल्ठो बालेर सँगसँगै हिडेका देखें । तिनीहरुको सामान्य जीउ देखिए जस्तो लागे पनि टाउको देखिदैनथ्यो । शुरुमा एउटा , अनि दुईटा , पाँचवटा , बीसवटा हुँदै पचास साठी जति पुगे पछि फेरी एकै ठाउँमा मिसिने गर्थे । नेवार दाइहरु कराउँदै भन्थे , “तिमीहरुको गोठ छेउमा राँके भूतहरु घुमिरहेका छन् , देख्दैनौ कि कसो ?” म अलिक झस्किन खोज्थे । पिताजी भन्नुहुन्थ्यो जिस्काउनु हुन्न केही बिगार गर्दैनन् । तिनीहरु राति त्यस्तै दश बजे देखि देखिन थाल्थे र एक बजेतिर हराउदै जान्थे । मैले धेरै हिउँदका चिसा र अँध्यारा रातहरुमा तिनीहरुलाई देखें । देखें पनि के भनौ ! नजिकबाट देख्या होइन । न त तिनीहरु हिंडेको डोब नै देखें , न तिनीहरुले ठोसेका राँको र पुल्ठोहरुका अवशेष देखें । देखें भने तिनै किम्बदन्तीका काल्पनिक पात्रहरु जस्ता देखें । तिनीहरु कस्ता हुन्छन् भनेर परिभाषा गर्न सक्दिन । तर मेरो मष्तिस्कमा राँकेभूतहरु हुने रहेछन् भन्ने लाग्छ ।
पत्यार लाग्न पनि गार्हो हुन्छ । मैले तीन पटक भूत देखेको अनुभव गरेको छु । अलग अलग समय र अलग अलग ठाउँमा । म नौ कक्षातिर पढ्दै थिएँ । हिउँदले दिन खादै जान थाले पछि हाम्रो स्कूलमा हिउँदे बिदा भयो । म हाम्रा आफन्तहरु भेट्न मधेसतिर जाने भएँ । बिहानको राति बहिनीले पकाएको अलि कति जाउलो टिपेर हिड्न लागें । गाउँका केटाहरु लाहुर जाने बहनामा बर्षौ हराए जस्तै म पनि हराउँछु कि भन्ने लागेर होला आमाले नरमाइलो मान्दै भन्नुभयो । यताउता भेटघाट गरे पछि चाडै घर आउनु ….फेरी पढाइ बिग्रिन्छ । भाले नबास्दै म घरबाट निस्किएँ । हाम्रो घरबाट झापाको बिर्तामोड पुग्नलाई पैदल जाँदा पन्ध्र घण्टा जति लाग्थ्यो । म बेलुकाको घाम बसे पछि बिर्तामोड पुगे । एक जना आफन्तकामा बास बसें ।
झापाको धुलाबारी , बिर्तामोड , अनारमुनी , सुरुंगा घुमेर फेरी ईलाम घरतिर फर्किन लागें । बिर्तामोडबाट हिड्दा बिहानको दश बजी सकेको थियो । यता सोक्तिम चिया कमानको बाटो हुँदै ईलामको मंगलबारे जानु थियो । बिर्तामोडबाट शनिस्चरे , खुदुनाबारी , सुखानी , गरुवा , लोदिया , सोक्तिम हुदै आउँदा चिसापानी पुगे पछि अँध्यारो मतिर आउन लाग्यो । मसँग एउटा टर्च लाईट थियो । अलिक अफ्ट्यारो बाटोमा बाल्ने गर्थें । औंसीको रात जस्तै जताततै निष्पट अँध्यारो थियो । मैले राँगापानी हुँदै माईखोला पार गरी ईलाम भन्दा निकै तल पर्ने घेवाडाँडाबाट पुवाखोलाको किनारै किनार सांग्रुम्बा भन्ने ठाउँको बाटो तताउनु थियो ।
रात निकै छिप्पिन लागेको थियो । खोलाको बगरै बगर हिंडे पछि सम्म टारी खेतमा पुंगे (जसलाई मसार खेत भन्छन् )। त्यो खेत काटे पछि नाक ठोक्किने उकालो आउँछ । म बिस्तारै त्यही उकालोतिर लघारिन थालें । धेरै बेर उकालो हिंडे पछि एउटा एक्ले पीपल भन्ने ठूलो पिपलको रुख छ । त्यसको फेदमा यसो बस्न मिल्ने चौतारो जस्तो पनि थियो । त्यहाँ बसेर तलतिर हेर्दा बडो आनन्द लाग्ने बसेको खेत र पुवा खोलाको दृश्य देखिन्छ ।
अलिक माथितिर फाट्ट-फुट्ट घरहरु शुरु हुन्छन् । म जसै त्यो चौतारोमा बसे । तलतिर मसिनो खैलाबैला मच्चिएको आवाज आयो । खोला किनारको खेतमा पाँच सातवटा पेट्रोल म्याक्स बलेको उज्ज्यालो देखियो । एउटा बिहेको जन्ती ईलाम बजारतिरको बाटो लागे जस्तो छ । ब्याण्ड बाजा बजाउने अगाडि अगाडि छन् , दुई तीन जना नाचे जस्तो देखिन्छ । बेहुला बेहुली घोडामा चढेका छन् । प्रस्ट शरीर देखिदैन । पछाडि निकै लामो मान्छेहरुको लर्को छ । रात कति नै गएको होला र ? त्यही बाह्र बजेको होला । कसरी यति राति जन्ती हिंडे होला भन्ने मलाई अचम्म लाग्यो । निकै बेर हेरे पछि म फेरी उकालो लागे । एकछिन हिंडे पछि झ्याम्म परेका बाँस नै बाँस भएको बाटो आउँछ । बाँसघारीको बाटो सकिने बितिक्कै सानो समतल परेको ठाउँ थियो । त्यहाँ दुईतिर जाने बाटा छुट्टिएका थिए ।
म हिंडेको भन्दा अलिक परको बाटोमा बीस-तीस जना मान्छेहरु लास लिएर ओरालो लागेको देखियो । कुहिरा भित्र हराउँदै चिहाउदै गरेको जुनको उज्यालो जस्तो लाग्छ । अगाडि धान र पैसा छर्दै हिडेको सेतो कपडा लगाएको मान्छेले मतिर हेरेर जोडसँग केही फ्याँके जस्तो गर्यो । मेरो छेउमा मसिना दानाहरु सुकेका पातमा खसेर आवाज आयो । मेरो आंग जिंग्रिंग भएर फुल्यो । पछाडिका पन्ध्र जना जतिले बाँसका घना र काठका दाउरा बोके जस्तो देखिन्थ्यो । तिनीहरु मध्ये दुई तीन जनाले मलाई आफूतिर आउने इसारा गरे जस्तो लाग्यो । मेरा हातखुट्टा गलेर पानी पानी भैसकेका थिए । तिनीहरु ओरालो लागे , म मास्तिर शिवाकोटीको घरमा बास माग्न पसें ।
निकै बेर बोलाए पछि बूढी आमैले ढोका खोल्दै भनिन् , “बाबु यो मध्य रातमा कहाँबाट एक्लै आयौ ? यो बाटोमा कहिले काहीं नराम्रोसँग तर्साउने गर्छ ।” मैले आफूले देखेका कुराहरु बूढी आमैलाई सुनाए पछि आमैले भनिन , “फेरी यो गाउँमा के अनिस्ट हुने हो ?” बिहान नहुदै भालेको डाकमा आमैसँग बिदा मागेर म आफ्नो घरतिर हिडें । त्यसको दुई दिन पछि सुनियो । त्यही गाउँमा एउटी अधबैंसे महिलाले झुन्डिएर आत्मा हत्या गरिछन् । म त्यस पछि निकै लामो बिरामी परें । झारफुक गर्ने धामी झाँक्रीका अनुसार त्यस मान्छे जस्तोले फ्याँकेको धान मेरो शरीरमा परेको भए म बाँच्ने थिइन रे ।
अर्को घटना , तिहार सकिएको थियो । हाम्रो खेतमा धान काट्ने बेला भयो । आकाश बिग्रिएर पानी पर्ने तरखरमा थियो । काटेर सुकाएको धानको बिटा चाडैं उठाउनु पर्ने थियो । दिनमा काम गर्ने खेताला खोजेका थिए । म सखारै खेतमा गएर बिटा बाँध्नु पर्यो भन्ने सुरले बेसीतिर झरें । हाम्रो मूल घरबाट बेसींको घरमा जान झण्डै एक घण्टा बढी लाग्छ । तल ओरालो झर्नुपर्छ । बाटामा चिहान घारी पनि छ , अरु मान्छेहरु मर्दा खोलामा दाह संस्कार गर्न लाने बाटो पनि त्यही हो ।
हाम्रो बेसीको घर भन्दा अलिक तल देउमाई नाम गरेको ठूलो खोला बग्छ । मृत मानिसलाई त्यही खोलाको किनारमा सेलाउने गर्छन् । भौगोलिक आकार हेर्दा पनि निकै डर लाग्ने ठाउँ हो त्यो । म उठेर बाहिर निस्किएर हेरें । झिसमिसे उज्यालो हुन लागे जस्तो देखियो । तिहारपछि लगत्तैको दिन ! आकाश धुम्मिएर लेघ्रै लेघ्रा परेको छ । जमिनमा बिहानी पखको संकेत जस्तै लाग्छ । म हातमुख पनि नधोई बेसीतिर लागें । करिब आधा घण्टा हिंडे पछि मेरो अगाडि एउटा बढेमानको साँढे गोरू देखा पर्यो । खैरोखैरो रंगको देखिने त्यो गोरु ठूलो जुरो भएको एकदम बलियो देखिन्छ । भित्तामा सिंगौरी हानेर अगाडिका खुट्टाले भूईं खोस्रदै मतिर हेरेर दुई तीन पटक डुक्रियो । म अचम्ममा परें , हाम्रो गाउँमा कसैका घरमा पनि यत्रो गोरु छैन ! कहाँबाट आयो होला भनेर । कसैको गाईले गोरु मागेर अर्को गाउँबाट पो आयो कि भनेर अगाडि बढें । म जुन गतिमा अगाडि बढ्छु , त्यो साँढे त्यति नै गतिमा हिड्छ र फेरी मतिर हेरेर डुक्रिन्छ र बाटा लाग्छ । मेरो मनमा अलिक चिसो पस्यो र सानो ढुङ्गो टिपेर हान्न खोज्छु । गोरु अलिक छिटो गतिमा कुद्छ । एउटा सम्म परेको खेत आईपुग्यो । त्यहाँबाट दुईटा बाटा छुटिन्छन् , गोरु एक छिन उभियो र दायाँ तर्फको सानो बाटोतिर लाग्यो । अलिक पर्तिर पुगेर भुई खोस्रेर मतिर हेर्दै डुक्रियो , मैले ढुंगाले हान्न नपाउँदै अगाडि कुदेर गयो र पर एक जना लिम्बुको घरको कटेरामा छेलियो ।
म बेसीको घरमा पुगें । रात अझै उस्तै छ । पिताजीले ढोका खोल्दै भन्नुभयो किन राती नै आइस् ? मैले भने उज्यालो हुन लाग्यो । पिताजीले भन्नु भयो के को उज्यालो हुनु ! भर्खर मध्य रात हुदैछ । मैले पिताजीलाई त्यो गोरुको बारेमा सुनाएँ । पिताजीले भन्नुभयो त्यो घरकी बूढी बज्यै पल्लो छेउ पुगेकी छिन् , अब काम लाग्दिनन् होला । नभन्दै भोलि पल्ट बिहानै बज्यैले सिल्टिमुर खाएको समाचार आयो । पिताजी मलामीको लागि उता जानुभयो , हामीले दिन भरी बिटा लगायौं ।
अर्को पनि रोच नै घटना छ । म किर्तिपुरमा बस्थें । मेरा दाइ-भाउजू काठमाडौँको महाबौद्ध बस्नु हुन्थ्यो । दिउसो कामबाट फर्किएर कहिले काहीं दाइको कोठातिर जान्थें । बेलुका अक्सर बस्नलाई म मेरै कोठामा जाने गर्थें । एक दिन मेरी भतिजीको जन्मदिन थियो । जन्मदिन मनाइयो । त्यस पछि म किर्तिपुर हिडें । महाबौद्धबाट हिड्दा झण्डै एघार बजी सकेको थियो । गाडी पाउने कुरै थिएन । म न्यूरोड निस्किएँ , त्यहाबाट परोपकार स्कूल , कालिमाटी , बल्खु , टि यु गेट हुँदै भि सीको कार्यालय पुगें । बाटो सुनसान चकमन्न छ । बाटाका किनारमा बिजुलीको पोलमा झुन्डिएका पहेंला बत्ती बलेका छन् । दाँयाबाँया मसिना रुखहरु छन् । मैले मेरो अगाडि त्यस्तै सय मिटर जति पर एकजना चौबीस पच्चीसकी देखिने महिला थाई कट कपाल काटेकी , जिन्सको पेन्ट र हरियो रंगको टिसर्ट लगाएर बाँया कुममा ब्याग भिरेकी गोरो अनुहार देखिने मुसुमुसु हाँस्दै मतिर हेर्दै जाँदैछिन् ।
म केही कुरा गर्नु पर्यो भनेर अलिक छिटो हिड्ने कोशिस गर्छु तर मेरो गतिमा नै उनी पनि गती बढाउँन लाग्छिन् । माथि निकैबेर त्यसरी हिंडे पछि ती कान्ति छात्रबासतिर लागिन् । छात्राबासको गेटभित्र पसेर उभिएर फेरी हेर्दै मुस्काएको देखियो । म नयाँ बजारतिर जाँदैछु । यसो फेरी फर्किएर हेर्दा गेट बाहिर आएर हेर्दै रहिछन् ।
म कोठामा गएर सुतें । भोलिपल्ट एकजना अर्घाखाँची निवासी त्रिभुवन विश्वविधालय किर्तिपुरमा गणितमा स्नाकोत्तर गर्दै गरेका बिधार्थीले कलंकी छेवैको लामपाटी मन्दिर नजिकैको डेरा बसेको घरमा आफ्नै कोठामा झुन्डिएर आत्मा हत्या गरेछन् । उनी पाटनमा वि एस सी गर्दा एकजना सहपाठी केटी साथीको मायाजालमा फसेंका रहेछन् । पछि केटीले अर्कै साथी फेरे पछि उनको आत्माले म्याउँ गर्न नसकेर त्यस्तो बाटो रोजेका रे भनेर उनका सहकर्मी साथीहरु सुनाउँथे । यी सबै मैले अनुभव गरेका कुराहरु हुन् । झट्ट सुन्दा अपत्यारिलो लागे पनि मेरो मस्तिष्कमा बेला बेला अझै ती कुरा सम्झिदा टाउको फुलेर आउँछ ।
मंगलबारे ५, ईलाम, हाल यू ए ई
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
bhoot bartaman ra bhabisye ma hami bhabisye sanga dar mannu parne ma bhoot sanga darauchhau ani birami parchhau ani anekan katha tayar hunxan
Gorkhali Reply:
September 27th, 2013 at 10:10 pm
मेरो पनि कहाँनी छ, म पनि भुतको खेला पर्दा मरेर बाचेको मान्छे हु, आफुलाइ आधुनिक् देखाउन र अनुभब् नभयका मान्छेहरुले बिस्वास् गर्दैनन् तर तर एकपटक अनुभव् भयपछि थाहा हुन्छ …….
bastabma bhoot hun6a vanne kura ma panu biswas gar6u edi jasle biswas gardaina teslai chihan ghat ma ratiko 12 baje dekhi 1 baje samma eklai basna kagaunu anu ryo afai bhoot hun6a vandai hidne6a
bastabma bhoot hun6a vanne kura ma pani biswas gar6u edi jasle biswas gardaina teslai chihan ghat ma ratiko 12 baje dekhi 1 baje samma eklai basna kagaunu anu ryo afai bhoot hun6a vandai hidne6a
VERY INTERESTING BUT I DON’T BELIEVE
sabai bakbaas ho….
bhaninx kamjor mutu huneharu le bhut dekhaxan….khoi ta daru khane haru matera ratbhari chan ghari ma sutda pani kehi hudaina ta…..
yasta anuman ka bakamphuse kura leher pathak ko dimag chhatna melcahha ? Anuman r Satyama ke pharak chha ? ke satya ko thauma ab anuman ka kura le thauu paudai gaye ko ho ?
This is true.
mero life ma pani testai vako 6.aila samjhada pani sarir galayara aucha….
ho bhoot huncha ma pani 2 choti gao ma phela bhoot ko parisakeko manche hu
Huna sakcha
na dekhne haru le patyaudaina,bakwas ho bhan thaanchhan tara dekhe pachhi thaha hunchh.kina ki malai pani 3-4 choti paranormal activity ko anubhav chha.ma bishwas garchhu bhoot pret maathi..hunchhan
Ye kalpanik katha ramrai lagyo.pachi madan puraskar pauna saknuhun6 . Mehenat garnus
युएई को भूत उल्लेख भएन त । त्यहाँ हुँदो रहेनछ कि क्या हो ।
pardeshi Reply:
September 28th, 2013 at 3:30 pm
uae ma jhan khatar nak bhutharu hunxa sathi ho
Arue ko bhayeko bhaye ta ho ki banna hunteo japali ko k kura pataunu. bartai paadechue….
म पनी लेखक जस्तै स्कुले जिबन मै मात्तिएको कम्युनिस्ट भएर नास्तिक भाको मान्छे हुँ / उस्तै उस्तै साथि मिलेर त्यो उद्दण्ड उमेरमा चिहान खानिएन कि, धान खेतमा पानि लगाउन जाँदा निउ खोजेर खेत नजिकैको चिहानमा गएर मध्य रातमा सुतियेन कि ? अरुले भुत देखेका खेत, बारी, मलामी हिड्ने बाटो, चिहान र बाँस घारी रात बिरात कती हिडियो हिसाब गरेर साद्धे छैन / हाम्रो गाउँमा पनी भुत देख्नेहरुको कमि थिएन र उनीहरु जस्तै भुत देख्ने चाहाना पनि कम्ता थिएन / अरु अकस्मात देखें भन्थे आफुले त अकस्मात त कुरै छोडौं खोजेर र निउ खोज्दै हिंड्दा पनी देख्न पायियेन / अभागी नै रहेछु भनेर हाल सम्म चित्त बुझाएर बसेको छु /
TEKAM Reply:
September 28th, 2013 at 10:43 am
ओहो भुत देखने तेत्रो रहर ???
TEKAM Reply:
September 28th, 2013 at 10:44 am
ओहो भुत देखने तेत्रो रहर ???
gajab chha ba
yas lekhma bhaniyeko kura haru ma aru kura thikai chha tara rake bhoot bhaneko real ho yo bhoot nabhai purana pat patingar kuhiyera baneko euta rasayanik padartha ho jo hawa auda bikhrinchhan yo chamkilo hunchha ago chahi hoina khas gari bans gharima pat kuhiyera banne sambhawana badi hunchha,khyal garnus pani padhera pani jamne thauma jaha jhadi hunchha tyahi rake bhoot niskanchha,sukhkhha ra khula thauma hunna
पनि भुतको खेला पर्दा मरेर बाचेको मान्छे हु, आफुलाइ आधुनिक् देखाउन र अनुभब् नभयका मान्छेहरुले बिस्वास् गर्दैनन् तर तर एकपटक अनुभव् भयपछि थाहा हुन्छ ……. – See more at: http://www.onlinekhabar.com/2013/09/120689/#sthash.PPRhXz0U.dpuf
darayema agadi ko kunai pani bastu kahile bagh banchha kahile bhut sande ra aru dherai akirti Bandai janchha. batti ko barema ma pani confuse chhu kinaki tyo ma pani dekheko chhu. ra bhut ra bhut ka malami Baja gaja ko sath hindeko bhanne ra bhut le bhaisi duheko bhanne kura bhukta bhogi bata sunna painchha tara aphu tesko sikar nabhayeko le ythartha janna garho hunchha .
Mero pani gau najik ko dai lai bhut le samate ra boulako real anubhavab 6 j hos ma pani bhut hun6 bhanne kuro ma samahat 6u
एक दिन लेखकले आफैलाइ लिनआएको भुत पनि देख्छन कि! सबै बकुम्फुसे कुरा न हुन्!
yo lakh lakhni man6a ko dimag kahi matrama khuskako 6,yo khuskat ko danta katha lai yatro mahatta dini sampadak g tapai lai pani k bhanu ra khai?
गफ बढी भाे पत्याउने नपत्याउने पाठकलेहाे हामी पनि गाउमै धेरै कुरा भाेगेका छाै।
barmahanda ma bhoot vayana vane saayad khi ni hudaina . bastab ma bhoot pani nai vagawan nai ho farak matra atti ho bhhot le naramro kam garxa tara vagawan le rameo kam garxan………. manauki nepalka neta haru pani bhoot hoon ooniharu le pani naramro kam gardai heediraheka chhan…………..hamai janata le aafai le aafailai vagawan vannuparne samaya aayako xa .
Awasya chha vutko astitwa mero ni anuvab chha
MERO LIFE MA PANI YESTAI VAKO 6…
मैले पनि जीवनमा भूतको अनुभूति गरेको छु । पत्याउने नपत्याउने पाठककै कुरा हो ।
ma god mathi believe garxu god xa vani so bhoot ma ni believe garxu ra maile pani 2 3palta feel gareko chhu dekheko xu so god,bhoot pret xan yo sansar ma aakasmik ghatana ma death vako soul le yasto hune garxa . . .