उमाकान्त पाण्डे गाउंले
अबुधावी । रोजगारीका लागि दुबई आएका एक नेपाली हराएको एइक वर्षसम्म नभेटिँदा परिवार र आफन्त चिन्तामा परेका छन् ।६ वर्षअघि दुबई आएका कास्की पुम्दीभुम्दी ५ का सन्तोष परियार घर बिदामा नेपाल जान एक बर्षअघि दुबई बिमानस्थलसम्म पुग्नुभएको थियो तर काठमाडौ आइपुग्नुभएन ।
आफु काम गर्ने घरको सवारी चालकले विमानस्थलसम्म पुर्याएका भनिएका सन्तोषलाई काठमाडौको त्रिभवन विमानस्थलमा प्रतिक्षा गरिरहेका बुबा झलकबहादुरले अहिलेसम्म भेट्नुभएको छैन । अहिले छोराको खोजीका लागि बिभिन्न निकायमा धाइरहेपनि फेला पार्न सक्नुभएको छैन ।कास्की ढुंगेसाँघु टुटुङ्गाका कृष्णबहादुर ढकाल हिजोआज सन्तोषको खोजीका लागि सहयोग माग्दै दुबईमा हुने नेपाली समुदायको जमघटमा पुग्नुहुन्छ ।
एउटा हातमा सन्तोषको राहदनीको फोटोकपी, अर्को हातमा फोटो लिएर पार्कमा रहेका नेपाली माझ हारगुहार गर्दै हिड्नुभएका ढकाल भन्नुहुन्छ ‘आफ्नै जिल्लाको मान्छे हराएछन्, नेपाल बिदामा जाँदा परराष्ट्रका अधिकारीले पीडित परिवारसँग भेट गराएपछि चासो लिएर खोजी अभियानमा जुटेको हुँ ।’नेपाली समाज युएईका भुतपुर्वक अध्यक्ष ढकाल घरविदामा नेपाल फर्केका बेला सन्तोषको बुबाले भेटेर छोराको खोजी गरिदिन आग्रह गर्नुभएको थियो ।
सन्तोष दुबई आउँदा छोरी जन्मेको जम्मा ३ दिन भएको थियो । ‘अहिले छोरी पनि ६ बर्षकी भइसकी बाबा खै भनेर सोधेको सोधै गर्छिन्’ टेलिफोनमा भक्कानिदै श्रीमती लक्ष्मी परीयारले भन्नुभयो ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
समस्या जटिल छैन नेपाली सरकारी नियोग का कर्मचारी हरु ले दुबई को Emigration संग समन्वय गरेमा उहा मित्र दुबई बाट exit भय नभयको थाहा हुने छ यदि exit भयमा कुन देश मा गायक छन् भन्ने थाहा हुने छ यदि नभयको भय उनि यहि यू.ए.इ.मा नै छन्
tapaiko chhora le kam gareko kun company ho to company ma garera kako lagi exit bhayeko chha tu bhujhnuhos ani ratdutabashko sahayog marpat inquiri garnuho ta paila ani dubai ma chhai ki bahira gayeko chha thaha bhaihalchha budha bau