OnlineKhabar.com

अपाङ बिश्व साइकलयात्री पौडेल यूएईमा

2070 असोज 11 गते 11:57 मा प्रकाशित

उत्तम अधिकारी

आबुधाबी । विश्वभर रहेका अपाङहरुको मनोवल बढाउने उद्देश्यले आफु अपाङ भएपनि उच्च हौशालाका साथ बिश्व साइकलयात्रामा निस्केका चित्र पौडेल यूएई आइपुगेका छन् । यूएई आइपुग्नु अघि उनले अन्य ५१ मुलुकको यात्रा पार गरिसकेका छन् । न्युजिल्यान्डको यात्रा पुरा गरी यूएई आइपुगेका उनको यसपछिको गन्तब्य जोर्डन र तत्पश्चात इजरायल रहेको छ ।cycle

बिराटनगर स्थायी बसोबास भएका पौडेल ५ बर्षकै उमेरमा पोलियोबाट पीडित बनेका थिए । त्यसैकारण उनको दायाँ खुट्टा सुकेको छ । १६ बर्षको उमेरमा भारतमा गइ ३ पटकसम्म खुट्टाको अपरेसन गरेका पौडेल सामान्य हिडडुल गर्न र साइकल चलाउन सक्छन । २००२ मा काठमाण्डौ आउँदा हातै नभएका जापानी साइकलयात्रीलाई गरिएको सम्मानले आफुमा पनि केहि गर्नसक्ने हौशला र प्रेरणा मिलेको बताउने पौडेल २००४ बाट अन्तरास्ट्रिय साइकलयात्रामा निस्केका हुन् । बिस्वभर अपांगहरुप्रति सामान्य मानिस सरह समान व्यवहार हुनुपर्छ भन्ने मान्यता राख्दै उनको यहि यात्रामार्फत बिस्व किर्तिमान बनाउने धोको रहेको छ । हालसम्म पोलियो पिडित अपांगले बिस्व साइकलयात्रामा किर्तिमान नबनाएकाले आफुले जसरी पनि यात्रा पुरा गरि नेपाल, नेपाली र सम्पूर्ण अपांगहरुको नाम चम्काउने अठोट उनको छ । १२० मुलुकको यात्रा पश्चात आफ्नो धोको पुरा हुने उनले बताएका छन् ।

उनको यस यात्राका लागि धरानका ज्ञान बहादुर राईले उनलाई आवस्यक सहयोग गर्दै आइरहेका छन् । धेरै देशहरुको यात्रा २ जनाले संगसंगै पुरा गरिसकेका छन् । युक्रेनबाट आइ.टि मा स्नातक गरेका राईले पौडेल जस्तो उच्च मनोवल भएका मित्रलाई सहयोग गर्न पाएकोमा सन्तुस्ट रहेको बताएका छन् ।

यूएईमा दुबैजना साइकलयात्रीलाई गैर आवासीय नेपाली संघ यूएईका युवा संजाल प्रतिनिधि प्रकाश पौडेल, उपाध्यक्ष कपिल खड्का लगायतका पदाधिकारीले बस्ने तथा खानपानको ब्यबस्था मिलाएका छन् । २५ सेप्टेम्बर बुधबारका दिन आबुधाबिमा भएको एक भेटघाट कार्यक्रममा संघका अध्यक्ष कृष्ण प्रसाद भुसाल तथा बरिष्ठ उपाध्यक्ष बिकाश अधिकारीले अशक्तताका बावजुद यसरी देशको नाम राख्नका लागि बिस्व कीर्तिमानको लक्ष्य राखी यात्रामा निस्केकामा शुभकामना तथा बधाई दिदै संघले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त भेटका क्रममा पौडेलले आफु पैसा कमाउनका लागि नभै बिस्वकै अपांगहरुलाई हेर्ने नजरमा सकारात्मक परिवर्तन आओस भन्ने एकमात्र उद्देस्यले बिस्व किर्तिमान कायम गर्न साइकलयात्रामा निस्केकाले प्रवासमा रहेका सम्पूर्ण नेपालीहरुबाट आत्मीय सहयोग र समर्थनको अपेक्षा लिएको बताए ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।