सुनचाँदीको भाउमा सामान्य गिरावट

2070 असोज 11 गते 11:45 मा प्रकाशित

११ असोज, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको भाउमा सामान्य गिरावट आएको छ । केही दिनदेखि स्थिर रहेको सुनको भाउ gold gargahanaशुक्रबार तोलामा १ सय रुपैयाँ घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ५५ हजार रुपैयाँ तोकेको छ भने तेजाबी सुनको भाउ ५४ हजार ७ सय ५० रुपैयाँ तोकेको छ ।

शुक्रबार चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । चाँदी शुक्रबार तोलामा १० रुपैयाँ घटेर ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

“सुनचाँदीको भाउमा सामान्य गिरावट” मा प्राप्त 1 प्रतिकृया
  • Mahesh Devkota लेख्नुहुन्छ    |   2070 असोज 12 गते 6:51

    ghatanu ramro ho hami nepali ko lagi

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...