OnlineKhabar.com

कतारमा यसरी ‘दास’ बनाइँदैछ नेपाली कामदार

गार्जियनले पुष्टि गर्‍यो मायाकुमारीको भनाइ

2070 असोज 11 गते 15:49 मा प्रकाशित

११ असोज, काठमाडौं । कतारलाई ‘खुला जेल’ भन्दै त्यहाँ नेपाली कामदारलाई दासको शैलीमा राखिएको टिप्पणी गरेपछि अन्ततः कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मा पदबाट बर्खास्त हुनुपर्‍यो । तर, नेपाल सरकारले आफ्ना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिरहँदा अन्तराष्ट्रिय सञ्चारमाध्यमले त्यहाँ कुन हदसम्म नेपाली कामदारको शोषण भइरहेको छ र कसरी नेपालीहरु नारकीय जीवन जिउन बाध्य छन् भन्ने गम्भीर तथ्य सार्वजनिक गरिदिएका छन् ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमबाट सार्वजनिक यस्तो तथ्यले मायाकुमारीको भनाइलाई पुष्टीमात्र गर्दैन, ९ वर्षपछि हुन लागेको विश्वकप आयोजनाका नाममा कतारले नेपाली श्रमिकमाथि कुन हदसम्मको शोषण गरिरहेको छ भन्नेसमेत प्रष्ट पारेको छ ।

सन् २०२२ को विश्वकप फुटबलको आयोजना गर्न लागेको कतारमा विश्वकपको तयारीका लागि भौतिक पूर्वाधारका निर्माणका क्रममा दर्जनौँ नेपालीले ज्यान गुमाएका छन् । बेलायती पत्रिका ‘द गार्जियन’का अनुसार पछिल्ला हप्ताहरुमा कतारमा दर्जनौँ नेपालीको मृत्यु भएको छ भने हजारौँ नेपालीमाथि श्रम शोषण तथा दुव्र्यवहार हुने गरेको छ ।

dath-qatar

यो गृष्मयाममा कतारमा हरेक दिनजसो कम्तिमा एकजना नेपाली कामदारको ज्यान जाने गरेको र त्यसरी ज्यान गुमाउनेमध्ये अधिकांश नेपाली कामदार युवका अकस्मात हृदयाघातको शिकार हुने गरेको पाइएको छ । गार्जियनका अनुसार कतारमा विदेशी कामदारको सबैभन्दा ठूलो हिस्सा ओगट्ने नेपाली कामदारहरुले त्यहाँ ठूलो शोषण भोगिरहेका छन् र त्यो अन्तरराष्ट्रिय श्रम संगठनको परिभाषाअनुसारको आधुनिक मानव सभ्यताको दासत्वको श्रेणीमा रहेको छ ।

दोहास्थित नेपाली दुतावासले उपलब्ध गराएको दस्तावेजको हवाला दिँदै गार्जियनले जुन ४ देखि अगष्ट ८ को बीचमा ४४ जना नेपाली कामदारको ज्यान गएको र त्यसमध्ये आधाको मृत्यु हृदयाघात, मुटु फेल हुने तथा कार्यस्थलमा हुने दुर्घटनाका कारण भएको जनाएको छ । गार्जियनका अनुसार कतारमा नेपाली कामदारमाथिको शोषणका अन्य भयावह तथ्य यस्ता छन् :

· विश्वकप फुटबल पूर्वाधार परियोजनामा ठूलो संख्यामा नेपाली कामदारलाई बलजफ्ती श्रममा लगाइएको छ ।

· धेरै श्रमिकलाई लामो समयदेखि तलब दिइएको छैन र धेरैले

काम छाडेर भाग्ने डरले तलब दिनमा आलटाल गरिएको छ ।

· कतिपय रोजगारदाताले आफुहरुको पासपोर्ट कब्जामा लिने गरेको र परिचयपत्र समेत नदिने गरेको तथा आफुहरुलाई अवैध कामदार बनाउने प्रयास गरेको पनि नेपाली कामदारले गुनासो गर्ने गरेका छन् ।

· कतिपय कामदारलाई पर्याप्त पानी पिउन पनि दिइएको छैन ।

मालिकको अत्याचार सहन नसकेर झण्डै ३० जना नेपाली शरण माग्दै दोहास्थित नेपाली दुताबासमा पुगेका छन् ।

विश्वकपको निहुँमा बधुँवा

कतारमा नेपाली कामदारमाथि भएको यस्तो शोषण खेलकुदको निहुँमा विश्वको सबैभन्दा धनी देशले विश्वको सबैभन्दा गरीब मध्येको एक देशमाथि गरेको शोषणको रुपमा रहेको गार्जियनले टिप्पणी गरेको छ । हामीले यहाँको काम छाड्न चाहन्छौँ तर कम्पनीले हामीलाई बाहिर निस्कन दिँदैन, लुसेल सिटी विकाश परियोजनामा कार्यरत एक नेपाली कामदारले भने ।

उक्त शहर पुनर्निर्माणको परियोजना ४५ अर्ब डलरमा भैरहेको छ, जहाँ ९० हजार दर्शक क्षमताको एक रंगशाला समेत बन्दैछ, जसमा सन् २०२२ को विश्वकप फुटबलको फाइनल खेलको आयोजना हुनेछ । नेपाली कामदारले यस्तो शोषणबाट आफुहरु आक्रोषित भएको र आफुलाई बाँच्नैका लागि कतार आएकोमा पश्चाताप भएको बताएका छन् ।

सन् २०२२ को विश्वकप फुटबल आयोजक समिति कतार २०२२ सर्वोच्च समितिले विश्वकप फुटबललाई प्रत्यक्ष रुपमा लक्षित गरिएका काम अझै सुरु भैनसकेका दाबी गरेको छ । तथापि लुसेल सहर परियोजना क्षेत्रमा ठेकेदारहरुमाथि लगाइएको आरोपका विषयमा भने गम्भीरतापूर्वक मनन गरिने बताएको छ । साथै उसले यस बारेमा सम्बन्धित सरकारी अधिकारीहरुलाई छानविनका लागि जानकारी गराइसकेको पनि जनाएको छ ।

परियोजना निर्माणमा खटिएका कामदारहरु फोहर होस्टेलहरुमा कोचाकोच भएर बस्न बाध्य भएको र एउटा कोठामा १२ जनासम्म बस्ने गरेको गार्जियनले जनाएको छ । कतिपय कामदारलाई तलबै नदिएर मगन्ते बनाइएको छ । आफुहरु २४ सैँ घण्टा खाली पेट हुन बाध्य भएको भन्दै १२ घण्टा खाली पेटमा कडा श्रम गर्ने र भोकै पेटमा सुत्ने गरेको नेपाली कामदार रामकुमार महराले बताएका छन् । आफुले यस विषयमा गुनासो गर्दा व्यवस्थापकले आफुमाथि आक्रमण गरेको, त्यसपछि आफुलाई निकाला गरेको, तलब नदिएको र आफुले अरु सहकर्मीसँग मागेर खान बाध्य भएको उनको भनाइ छ ।

कतारका लागि निवर्तमान नेपाली राजदुत माया कुमारी शर्माले कतारलाई एक खुल्ला जेल भनेर टिप्पणी गरेको सन्दर्भ उल्लेख गर्दै गार्जियनले कतारमा भएको यस्तो शोषण आधुनिक मानव सभ्यताको दासत्व भएको जनाएको छ ।

दासत्व विरुद्धको अन्तराष्ट्रिय संस्थाका निर्देशक एडन म्याक क्वेडले पछिल्ला तथ्यहरुले कतारमा श्रृंखलाबद्ध बलजफ्ती श्रम भैरहेको पुष्टी गरेको बताएका छन् । यो बलजफ्ती श्रम मानव दासत्वको चरणमा पुगिसकेको र कतारमा विश्वकप तयारीका लागि यस्तो दासत्वको प्रयोग गरिसकिएको उनको भनाइ छ ।

कतारमा आगामी विश्वकप फुटबलका लागि निर्माण गर्न लागिएका विभिन्न परियोजनामा १५ लाख भन्दा बढि विदेशी कामदार छन् । कतारमा रहेका विदेशी कामदारमध्ये ६० प्रतिशत नेपाली छन् । गएको वर्ष मात्र १ लाख जना नेपाली युवा कामका लागि कतार गएका थिए ।

कामदारको मूलुकका दलाल तथा कतारी श्रम ठेकेदारहरुका कारण कतारमा विदेशी श्रमिक शोषणको जोखिममा परेका हुन् । यद्यपि विश्वकप आयोजकले भने परियोजना निर्माणका क्रममा कामदारको मापदण्ड निर्धारण गरिने बताएको भएपनि परियोजना व्यवस्थापको जालो, निर्माण कम्पनी, श्रमिक आपूर्तिकर्ता, श्रम ठेकेदार तथा एजेन्टहरुका कारण यस्तो विषय जटिल बनेको छ ।

विश्वकप फुटबलका संरचना निर्माणका लागि कतारले १ खर्ब डलर खर्च गर्नेछ । लुसेल सहर निर्माण परियोजनाको परामर्शदाता बेलायती कम्पनीले भने परियोजना निर्माणका क्रममा बलजफ्ती श्रम तथा मानव तस्करी लगायतका गलत काम प्रति शुन्य सहनशीलता अपनाइने जिकिर गरेको छ । तर, त्यहाँ कार्यरत नेपाली भने दिनदिनै दयनीय अवस्थामा पुगेका छन् । त्यहाँका धेरै नेपाली कामदारले काम छाड्लान् भन्ने आशंकामा दुई महिनाको तलब दिइएको छैन । कतारको कफाला प्रणालीअन्तरगत विदेशी कामदारले प्रायोजक कम्पनीको अनुमतिविना काम परिवर्तन गर्न तथा देश छाड्न नपाउने भएको हुँदा शोषणमा परेका नेपाली कामदारको अवस्था झनै चिन्ताजनक बनेको गार्जियनले जनाएको छ ।

कतारी श्रम मन्त्रीले तातो मौसममा काम गर्ने श्रमिकको हितमा कडा नियम बनाइउको र उनीहरुलाई उचित पारिश्रमिकका लागि समेत कडा कानून रहेको दाबी गरेका छन्

छानविन गर्ने कतारको प्रतिबद्धता

विश्वकप आयोजक कतारले नेपाली कामदारलाई ‘दास’ जस्तो बनाएको समाचार सार्वजनिक भएपछि छानविन गर्ने बताएको छ । बेलायती पत्रिका गार्जियनले कतारमा पुगेर अनुसन्धानात्मक रिपोर्ट तयार पारेको थियो । रिपोर्ट सार्वजनिक भएपछि फिफाले आफु धेरै चिन्तत भएको बताएको छ । प्रतियोगिताको आयोजकले भने रिपोर्टबारे छानविन गर्ने बताएका छन् । उसले भनेको छ-‘कतारमा कुनै पनि कारदारलाई यस्तो व्यवहार गर्ने छुट छैन ।’

उसले विश्वकपका लागि आवश्यक भौतिक संरचना निर्माणका कार्यरत मजदुरको स्वास्थ्य, सुरक्षामा आफूहरु प्रतिवद्ध रहेको बताएको छ । गार्जियनले गरेको अध्ययनका क्रममा जुन ४ देखि अगष्ट ८ सम्ममा कार्यरत क्षेत्रमा भएको दुर्घटनाको क्रममा कम्तिमा ४४ कामदारको मृत्यु भएको, नेपाली कामदारलाई समयमा तलव नदिएको, राहदानी लिएको र बहिर जान नदिएका लगायतको सार्वजनिक भएको थियो ।

गार्जियनमा प्रसारित भिडियो

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“कतारमा यसरी ‘दास’ बनाइँदैछ नेपाली कामदार” मा प्राप्त 50 प्रतिकृयाहरू
  • Anonmyous :) लेख्नुहुन्छ    |   2070 असोज 11 गते 12:12

    You’re damnn online khabar its true and its happening since 2 decades why now limelight it in medias can some1 imagine this??

    Frenzdiary Patriotic Reply:

    हामी गोहीको आँशु बगाउन किन यति धेरै सिपालु भयौ ? बिचारा दुख पाउने, दुखिहरुको दुख जिउको त्यहि छ, उनिहरुको दुख भन्दा नि हाम्रो आफ्नो कलाकारिता देखेर झन दुख लागेर आयो । दिउस भरि ठूला सेलेब्रेटी भन्ने देखी, भुरे भासे, सबै रोएको र लाइक र कमेन्टको ताली बटुलेको मात्र देखियो । के हामी अरुको कारुणिक कथा लेखेर त्यसकै लायक थियौ त ? मलाई जँहा सम्म थाहा छ, वास्तविक मान्छेहरु, ढोंगी रूहाईको प्रचार भन्दा नी, बरु आफ्नो आँशु लुकाएर भए पनि, नारकिय जीवन बिताई रहेका गणेश विश्कर्माको परिवारलाई, कसरि हामी, हामी नेपाली , आँशु पुछेर देखाई दिन सक्छौ ? न्यानो मायाले कसरी बाध्न सक्छौ ? रिफ्युजी भएर बसी रहेका,नेपाल आउन चाहेर नी, आउन नसकी रहेका , ती नेपाली दाजुहरुलाई आफ्नो मुलुकमा ल्याउन, के कस्तो प्राविधिक कुरामा पहल गर्न सक्छौ ? कसैको ध्यान, एक रत्ति यता तिर गएँन, हामी पनि धेरै महान भई सकेका रहेछौ धेरै आँशु झार्यौ, झार्ने नझार्ने सबैलाई गहिरो संवेदना छ !!!

    जो जिउदै हुनु हुन्छ, खै कँहा छ मुटु ? चल्दैछ ?

    छाम्नुस !

    मुटु चलेको मात्र आउनुस ! गणेशको परिवारलाई वास्तविक न्यानो अनुभूती दियौ । आमा बुवालाई विस्वस्त तुल्यायौ,गणेश छोरो जिउदै छ । यो नेपालको नेपाली छोरो तपाईको हरेक दुखको साथी हो अनि नेपाली दाजु भाईहरुलाई नारकिय जीवनबाट मुक्ति दिन सक्छौ त केवल हामी सक्छौ !

    के सक्छौ त हामी ?????

    सक्नेहरुको लागी :
    १) सायद गणेश विश्कर्मा भाईको कथा सुन्नु नै भयो होला । १६ वर्षिय गणेश, ३६% ब्याजदरमा १ लाख ५० हजार पैसा ऋण लिएर धन कमाउन कतार जान्छन, ६ महिनामा लाश आउछ !

    त्यो निम्न गरिब मान्छे अब कसरि ऋण तिर्छ ? (आँशु बगाउने भनौ या अब पुछिदिने यँहा नेर हो हामीले) । बिचरो गणेश परिवार त अब जहिले माग्ने भएर बस्नु पर्ने हुन्छ । ( यँहा दुखाउनुस मुटु यँहा दुख्छ ! )
    यसको लागी,
    जति सकिन्छ १ रुपे दुई रुपे चारै तिर बाट उठाऊ ! ( सायद फेसबुकको लायक नै कति लाख पुग्यो होला यो बिषयमा भनेसी रुने धेरै हुनु हुन्छ, मन सबै पग्लिएर रुनु भएकै होला, केहि पैसा त हामी नि किन उठाउन सक्दिनौ ?

    २) श्रम विभाग, पर राष्ट्र मन्त्रालयले यो भिडियो देख्यो देखेंन ? देखाई दिने ! नेपाल आउन चाहनेलाई ल्याउने के कस्तो प्राबधान छ सोध्ने ? अनि के कसो गरेर हन्छ ल्याउने ( लाटा ले केरा हेरे जसरि नबस्ने)

    जाग हो जाग नेपाली हो जाग !!! गोही आँशु नझार !!! पैदल चाल्न सिक !!!

  • भ्रष्ट लेख्नुहुन्छ    |   2070 असोज 11 गते 12:13

    जनता लाइ दास नबनाए अनि के हामि जस्ता भ्रष्ट लाइ दास बनाउने त

  • Hem Gurung लेख्नुहुन्छ    |   2070 असोज 11 गते 12:30

    Hamro Nepali daju bhai le dukha pako khabar aile sabai sport khabar haruma aako cha jastai Eurosport , spainish newspaper Marca , yes to khabar Sunda Sarai dukha lagcha , sabai bhanda kam talab ra dherai kaam hamrai nepalile Garnu parne , nepaliko karma

    deepak Reply:

    Desh hankne netaharu goru bhayera esto bhayeko ho ni mitra, kaha karmalai dosh deko

    sandip blon Reply:

    Junai thauma ni hami nepali matra thagiyeka 6n ra yo hamrai nepal sarkarko kami kam jodi le garda ho qatar matra hoina yo gulb ma vako nepali sabai jana yestai thagima pareko 6 np vata khayera 1200 riyal salary vanera pathau6 yaha sukha 700 riyal ma 10ganta kaam garnu par6 tyo pani salary time ma kahile ni paune hoina nepal men pawarma phone garyo vane ultai tyahi marera fyalna lau6u vanera damki dina6n ghara jan6u vanyo vane timi haru ta hamle kinera lyako ho yetikai kaha jana pau6 van6n derai nai np daju vai didee bhaini haru yesari thagima parirako 6

  • gautama लेख्नुहुन्छ    |   2070 असोज 11 गते 12:33

    maya kumari sharma le sahas gareka hun. uni sahi thiyeen. pakhandi harule balla bujdai chan.

    raju thapa Reply:

    के गर्नु, पूर्व राजदूत माया कुमारी शर्माको सत्य कुराले स्थान पाउन नसकेको रहेछ ।

  • limbu लेख्नुहुन्छ    |   2070 असोज 11 गते 12:37

    biachara nepali ko niyati jani jani ko vogae

  • deepak लेख्नुहुन्छ    |   2070 असोज 11 गते 12:38

    Maya sharmalai media le ta khedai khaneka thiye ta. bideshi mediale samachar prakashan garepa6i matra nepali mediako aankha khulyo ?

    rohit Reply:

    Hamro nepalko media haru dalal bhanda tallo starko cha tyahee bhayera nepalko newsma ma kahile biswas gardina ra nepalko medialai sabaile bahiskqr garau.yeenharu netako ubreko jutho ho.

  • anant लेख्नुहुन्छ    |   2070 असोज 11 गते 12:43

    yo sabai hunu ma nepalka bhrasta netahaRU MUKHYA JIMMEWAR CHHAN, party kholer anek nihuma chanda uthaun, band hadtal garn sakne tar swa rojgar dilaune ra niryat mukhi udhhog kholna nasakne? nepal ma kamaiya radas pratha unmulan gari chhalang lagaudai, agragami bandai international kamaiya ra das ma janta lai badhuwa gareka holan ni.

  • Ashish लेख्नुहुन्छ    |   2070 असोज 11 गते 12:46

    if this is the scenario then i wouldnt love to watch d game where stadiums are made of bones and skeletons of my country people… if this is hw quatar is built then i say its most poor country in d world…where they cant afford to pay for those labor who work in a very difficult circumstances….i am an Engineer…i c many opportunity in this country…its been just 2 yrs i passed my engineering frm IOE. i Run a construction company… i pay 500+ fooding to my labours…n d best part is i pay daily to them…lets build a good culture of workship in nepal..we can do…at least i am sure…

    Vijay Limbu, Doha. Reply:

    Ashish Jee,

    Very good thought and impressive points. Congrats!! and you may reach success of the peak.

  • Roshan,Tokyo लेख्नुहुन्छ    |   2070 असोज 11 गते 12:46

    माया कुमारीले के बोलिन् भन्दा पनि किन बोलिन भन्ने कुरा प्रमुख हो, भलै त्यो कुटनीतिक मयार्दा भन्दा बाहिरको कुरा होला तर एउटा कुरा चाही सत्य हो, नेपालीको ज्यान भन्दा ठुलो कुटनीतिक मयार्दा हुन कदापी सक्दैन| कान्तिपुर दैनिकले पनि माया कुमारीको समाचार भन्दा गार्जियनले जस्तै समाचार छापी दिएको भए,धेरै नेपालीले अन्यायमा बस्नु पर्ने ,अकालमा ज्यान गुमाउनु पर्ने थिएन कि ? नेपालीलाई नेपाली ले नै साथ् दिदैनन भने दूर दारजका मालिकहरुले के नै साथ देलान र ?

    Vijay Limbu, Doha. Reply:

    Roshan Jee,

    Salam cha tapaiko sochai ra nepalitwa bhawanalai.

    raju thapa Reply:

    रोशन जी को प्रतिक्रिया साह्रै राम्रो लाग्यो ।

    bishnu sapkota Reply:

    स्मरणीय कुरा कतारमा बसेर एउटा राजदुतले बोल्दा त देश निकाला हुने लग्यो भयो एउटा पत्रिकाले बोल्न सक्ने कुरै भएन नि ,,,हामीलाई थाहा छ त्यहाँ अरु देशको मान्छे र बिशेष गरि गरिब मुलुक को मान्छेलाइ कस्तो व्यवहार गरिन्छ भन्ने कुरा ,, बोल्नु जस्तो सजिलो हुदैन र कतार मा नेपालि हरुलाई ठग्ने पनि नेपाली हरु नै छन् ,,,तर राजदुतले जे बोलिन त्यो भन्दा धेरै नेपालीलाइ नै दुख दिने कम गरेको पक्का हो | कतारलाइ खुल्ला जेल भन्नु त नजानेर हो,, जानेको भए उनले अवस्य बोल्थिनन | बिचारलाई के बोलेर के हुन्छ भन्ने हेक्का भएको भए एस्तो हुन्थ्यो? खरदार पद नै ठिक थियो उनको लागि |

  • akash लेख्नुहुन्छ    |   2070 असोज 11 गते 12:52

    “कतारमा यसरी ‘दास’ बनाइँदैछ नेपाली कामदार” :- समाचार श्रृषक

    “विश्वकप आयोजक कतारले नेपाली कामदारलाई ‘दास’ जस्तो बनाएको समाचार सार्वजनिक भएपछि छानविन गर्ने बताएको छ । बेलायती पत्रिका गार्जियनले कतारमा पुगेर अनुसन्धानात्मक रिपोर्ट तयार पारेको थियो । रिपोर्ट सार्वजनिक भएपछि फिफाले आफु धेरै चिन्तत भएको बताएको छ । प्रतियोगिताको आयोजकले भने रिपोर्टबारे छानविन गर्ने बताएका छन् । उसले भनेको छ-’कतारमा कुनै पनि कारदारलाई यस्तो व्यवहार गर्ने छुट छैन ।’
    उसले विश्वकपका लागि आवश्यक भौतिक संरचना निर्माणका कार्यरत मजदुरको स्वास्थ्य, सुरक्षामा आफूहरु प्रतिवद्ध रहेको बताएको छ । गार्जियनले गरेको अध्ययनका क्रममा जुन ४ देखि अगष्ट ८ सम्ममा कार्यरत क्षेत्रमा भएको दुर्घटनाको क्रममा कम्तिमा ४४ कामदारको मृत्यु भएको, नेपाली कामदारलाई समयमा तलव नदिएको, राहदानी लिएको र बहिर जान नदिएका लगायतको सार्वजनिक भएको थियो ।”
    माथी भनिएको कुरो कतार सरकारको झारो टार्ने वक्तव्य मात्र हो, यस्मा अन्तराष्ट्रिय ध्यानाकर्षण वढाउनु सक्नु पर्छ । जस्को निमित्त नेपाल सरकार , एमनेष्टि ईनटरनेशनल, सन् २०२२ को विश्वकप फुटबल सगँ सम्वन्धि पदाधिकारीहरु, ILO, कतार मानवाधिकार संघ-सस्थाले यस्मा गम्भिर ध्यान दिई आफ्नो कृयालाप अविलम्व रुपमा प्रभावकारी ढंगले थाल्नु पर्छ किनकी यो विषय नेपाली मजदुरको मात्र होईन् मानवता सित सिधै सम्वन्ध राखने यो “अन्तराष्ट्रिय चासोको विषय विश्वकप फुटबल सग सम्वन्धित छ र यस्तो विषय स्वत: अन्तराष्ट्रिय क्षेत्राधिकार भित्र पर्ने भएकोले हाल अमेरीकाको संयुक्त राष्ट्रसंघमा नेपालको प्रतिनिधित्व गर्दै जानु भएका नेपाल मंत्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले यो विषयलाई पनि मानवाधिकार हनन् र मानव सभ्यताको लागी कालो पक्ष भनेर “संयुक्त राष्ट्र संघको माहसभामा” उठाउनु पर्छ भन्ने मेरो मान्यता छ । ईति !

  • pardeshi लेख्नुहुन्छ    |   2070 असोज 11 गते 12:53

    As per Guardian paper news absolutey correct. 90% nepalese worker doing veryhard work 40to 50 degree Celsius hot climate more then 10 to 12hr per day it’s very hearttouching & shame matter and what we have read past 13/14 century in slavery story, same like that here. Where is U.S.A, U.K, Europe,leader of humanright country, why these countries have not speak against open mouth ? where is human right, nepal government should be take it seriouse above this matter,It’s 21th modern & scientifc era evryone have s well as freedom of thought and expression and equality & law,basic right or freedom of everywhere for everyhuman being, thanks

  • sidh लेख्नुहुन्छ    |   2070 असोज 11 गते 13:00

    Please help them by the International labor law union.

  • विजय लिम्बू लेख्नुहुन्छ    |   2070 असोज 11 गते 13:07

    म पनि यहि कतारमै बिगत १०/११ बर्ष देखि काम गरिरहेको छु, तर हामी नेपालीहरुको यति ठूलो बेहालत भएको कुराको जानकारी भएको थिएन । यो रिपोर्ट देखेर त म तीनछक्क परे । के हामी नेपाली भएर जन्मिन्नु नै श्राप हो ? जब युवा भईन्छ देश छोडेर अर्काको गुलामी गर्नु जनै पर्ने बाध्यता हुन्छ । हाम्रो देशको नेताहरुले यो कुरालाई बुझेका छन् नि छैनन् ? अब यी कुकुरहरुलाई पिटी-पिटी बुझाउने दिन आएको छ । जागौ युवा हो जागौ नेपाली दाजु-भाईहरु हो!!

  • bharat लेख्नुहुन्छ    |   2070 असोज 11 गते 13:10

    qatar ma matra hoina media le chaso sanghai aantle kam gare malai lagchha gulf ka pray deshko yethartha yestai chha……….

  • padam लेख्नुहुन्छ    |   2070 असोज 11 गते 13:13

    really heart toucher report…

  • rachana लेख्नुहुन्छ    |   2070 असोज 11 गते 13:24

    आफ्नै देशमा त सुरक्षित छैनन नेपाली जनतहरु। अनी बिदेश्मा के सुरक्षित हुनु त फेरी नेपाल को राजनीतिक ले पनि असर पारेको हुनुपर्छ।

  • Kanchho लेख्नुहुन्छ    |   2070 असोज 11 गते 13:29

    Let’s not give credit to Maya Kumari. Although she said Qatar is an open jail, she said it in another context by tongue slip. The important thing is what was her role to minimize the plight of Nepali workers. She did nothing to solve this problem.

  • Anish लेख्नुहुन्छ    |   2070 असोज 11 गते 13:31

    Mayakumariko support ma bolnuhune sabailai mero anurodh. Tapaiharu aja media le euta kura bhancha tei sahi ho bhannuhuncha bholi teskai pratiwad garcha tyo nai sahi rahecha bhannu huncha. just like indira joshi , manoj interview and rekha , chhabi. please judge yourself. Mayakumari “KATAR NEPALI HARUKO LAAGI KHULLA JAIL”

  • स्वतन्त्रत देश को स्वतन्त्रत नागरिक लेख्नुहुन्छ    |   2070 असोज 11 गते 13:31

    यो समाचार साहरै दुख लाग्दो र घिन लाग्दो थियो एऊटा नेपाली भएको नाता ले ! संसार दासत्व बाट मुक्त भइसक्यो तर हामी त्यस मा आफनो बाध्यता ले गाडीदै छौ ! तै पनि हाम्ो देश का महान नेता हरु त्यसरी आएको पैसा मा भस्टचार र दलाली गरेर शक्ति महल देखी करडौ को घर र गाढी चढेर हिडछन ! माया कुमारी ले कतार लाई खुल्ला जेल भने को मा मलाई कुनै आपत्ति छैन ! कतार खुल्ला जेल नै हो नेपाली हरु को लागी ! तर माया कुमारी ले नेपाली हरु प्रति गरेको ब्यहबार प्रति चाँही आपत्ति छ ! बाहिरका हरु ले त द्ुबब्यहबार गरे गरे त्यस लाई रोक्नु को साटो आफुले पनि गरने ? उनि त चार लाख कामदार का अभिभावक थिइन ! त्यत्रो ताकत थियो उन को हातमा जो कतार सरकार संग बारगेरिगं गरन सक थिइन ! कतार को बिकास मा सबै भन्दा बढी नेपाली हरु को श्रमदान छ ! यो त संसार लाई थाहा छ

  • Anish लेख्नुहुन्छ    |   2070 असोज 11 गते 13:37

    Mayakumariko support ma bolnuhune sabailai mero anurodh. Tapaiharu aja media le euta kura bhancha tei sahi ho bhannuhuncha bholi teskai pratiwad garcha tyo nai sahi rahecha bhannu huncha. just like indira joshi , manoj interview and rekha , chhabi. please judge yourself. Mayakumari “KATAR NEPALI HARUKO LAAGI KHULLA JAIL” bhanera saarbajanik rup ma bhannu euta akutnaitik ho . STADIUM banaunako laagi nepali lai quatar sarkaarle dalaayo bhannu mayakumari thik rahichhin bhannu chai haina hai. Ho Jun awostha ma nepali harulai tesari dalaaincha ni ho tesko laagi pahal garne ho unle. raajdut ko kaam prabashi aafna naagarik ko hakhit ma kaam garne ho. Maya kumari le tyo din diyeko speech ekchoti samjhanus ta. unle tyo speech ma nepali labour ko biruddha ma boldai thiyin. 100 kg bhaari bokna sakne harule kaam garne nasakne le nagarne bhanera nepali paurakh ko khillio udaairaki thiyin. k quatar bhaari bokne matra janchan ra? aru departmental store, office kaam garne jadainan ra? uni pani 100 kg ko bhaari bokna sakne raichin uso bhaye. “Quatar khulla jail” bhanera unle nepali ko pakchhe ma nabhai nepali ko birudda ma boleki thiyin .

  • rajesh लेख्नुहुन्छ    |   2070 असोज 11 गते 13:38

    parchanda chor le kina rajdutli aija vaneko ho rko choro le ramro kam garni li garna nadeni

  • subhash लेख्नुहुन्छ    |   2070 असोज 11 गते 13:41

    Maya Kumari Sharmale diyeko abhibyakti Qatar ko rastriyuata birudda thahariyeko vaye pani Nepalko Rastriyatako vane pura pur wakalat gareko 6. Aafno pad, pratistha wa kathit kutnatik maryada vanda Qatarma karyarat nepali kamdarko yatharthata ma aadharit rahera diyeko abibhyaktilai gair jimmewaar manna sakinna.. baru yo ta des ra janata pratiko purna baphadarita ko namuna ho.. yasbata Maya Kumari Sharmale Desko sachhikai maya gareko thahar6.. Dalko netritwa garne neta/sarkar pramukhle chado vanda chado sambandhit sampurna antarastriya nikayaharuma aabasyak samanya gari Nepali kamdarko muktiko lagi pahalkadami linu jaruri 6..kamdarko ragat pasinako falswarup remitance bata chaleko desma ghumne kursima basera kamdarko pida prati bekhabar/blind banne adhikar sambndhit pakshyalai 6aina..

  • Anish लेख्नुहुन्छ    |   2070 असोज 11 गते 13:49

    @Subash Mayakumari ji le kataar ma kaam garne nepali ko laagi k chai ramro kaam garnubhayo ta euta sunaidinos na? kasto buddhi nabhako hola. “katar nepali ko laagi khulla jail ” bhanera unle nepali ko support ma haina ki katar ko support ma nepali ko biruda ma boliraki thiyin. katar yesto usto timaru kaam garna sakdainau, kaam garna sakdainau bhane sadak ma sute suta mare mara bhanne thyo tyo abhibyakti ko aasaya.

  • इन्द्र महर्जन लेख्नुहुन्छ    |   2070 असोज 11 गते 13:50

    लहलहैमा लाग्ने नेपालका पत्रकारहरुले पनि गार्जियन पत्रिकाबाट सिक्ने कि ?

  • jaypu लेख्नुहुन्छ    |   2070 असोज 11 गते 13:52

    yo desh ma stya bole maya devi kai hal hunch,manche marne le masti garne t stya bole pad jane.

  • Rajib Rai लेख्नुहुन्छ    |   2070 असोज 11 गते 13:53

    Maya Kumariko Barkhasta vaneko Khilaraj sarkar ra Prachandako ranakalin sashanlai birsawne khalko Kadam ho. Maya Kumarile Kina bolyo, k bastabikta yastai ho vanera khoj anusandhan garnu xodera Nepali Yubaharulai sram dash ko rupma bechera khana palkeka haruko lekhajokha rakhnu abo arko akhtiyar sthapana hunuparxa.

  • गार्गी नेपाल लेख्नुहुन्छ    |   2070 असोज 11 गते 13:57

    जुनसुकै सताब्दि आएपनि मानवले मानवलाई गर्ने अत्याचारमा कहिल्यै कमि नहुने भो।

  • ram लेख्नुहुन्छ    |   2070 असोज 11 गते 14:20

    आज नेपाली नेता ले गर्दा नेपाली जनत पशु सरह जिउनु परेको छ । हाम्रा देश का जनता ले अब नेता चिन्नु पर्‍यो र देश बिकास गर्ने लाई जिताउनु पर्‍यो। माया कुमारी ले जे बोलिन नेपाली जनताको आवाज बोलिन। उन को बिरोध गर्ने दलाल हुन। कतारएउता जेल नै हो।
    भि दिओ हेर्दा आशु नै आए।

  • suresh lamichhane लेख्नुहुन्छ    |   2070 असोज 11 गते 14:39

    je ho tyo bolda rajdut firta hunx nepalka neta ra karmchari sabai nai janata birodhi

  • Man Limbu लेख्नुहुन्छ    |   2070 असोज 11 गते 15:14

    कतारका लागि नेपाली राजदुत माया कुमारी शर्मा को अभिव्यक्ति कतार खुल्ला जेल हो सहि छ. कतार मा नेपाली कामदारले पाउने निम्नतम सुबिधा बाट बन्चित छ
    नेपाल सरकारले नेपाली राजदुत को बचाऊ गर्नु पर्छ किनकि यो नेपाली कामदारको हितकारी छ
    नेपाली कामदारको हक हाधिकारको पक्ष्य मा नेपाल सरकार कतार सरकार संग बार्ता गर्न जरुरि छ
    अर्को यो कान्तिपुर को दलाल पत्रकार ले राजदुतको खेदो खन्नु भन्न्दा नेपाली कामदारहरुले पाएको दुखको उजागर गरि नेपाली कामदारको हितको पक्ष्य मा बोल्नु पर्छ न कि सिमित दलाली मा फसेर आफ्नै देशको कामदार बिरुद्ध मा लबिङ्ग..

  • Parmananda Jha. लेख्नुहुन्छ    |   2070 असोज 11 गते 15:22

    Nepal government should take Seriously this issue and talk to Qatar government. This issue became now world level issue now and that is good. we hope situation will be improve now. We all Nepali should thank to Guardian News Paper.

  • Bhim Singh लेख्नुहुन्छ    |   2070 असोज 11 गते 15:52

    Ajhai pani bela Gharkeko 6ina. Des hakne prsasak le afna nagarik ko barema spasta niti banaunu paryo ani baidesik rojgari lai afaile jimma linuparyo.agent hataunu paryo ani antaratriya shram anusar afna kamdarko minimum jyala toknu paryo yadi sakidaina vane hami damasahi ma parau vanera des chalauna tendar kholnu paryo sayad sansarko dhani des katar le nai tendar par6 ki???????

  • krishna prasad Lamichhane लेख्नुहुन्छ    |   2070 असोज 11 गते 15:53

    Ho qatar ma dhari nepali la bhana jasto salary payak chhaina yasko lagi hami sabi jana jatnu parchha ……………Hami nepal Hamro Nepa…………?

  • newa लेख्नुहुन्छ    |   2070 असोज 11 गते 16:06

    ke garun garib desh ka nimuka janata haru jyan laai ni pasoma halera bidesh ma pasina chuhauna badhye chhan .

    prakritik saundarye, jalbidhnut ko sambhabyeta la bharipurna, sanskritik sampannata hunda hundai yo desh ka bhrasta , lutera, desh bechna khojne naitikin neta bhanunda bandar harule kahilai pani desh bhakti ko kura gardainan. desh bikas ka kura gardainan.

    sandhain hindustan jasta dusta ko chakari garchhan , pau dhogchhan , khoi kasari iinlai aaryeghat ma lagai samuhik daha saskar garna sakiyla hoooo.

  • Bikash लेख्नुहुन्छ    |   2070 असोज 11 गते 16:16

    सन् २०२२ मा बिश्वकप फुटबल हुने भन्ने कुरा ले आज करिब १० वर्ष अगाडी हाम्रा नेपालीको दसकौ देखिको दु:ख देखेछ बेलायेती पत्रिकाले/
    येदि यो खेल २०३३ मा हुने रैछ भने अझ अर्को एक दसक लाग्ने रैछ यो पत्रिकाको आखा पलाउन – हाम्रा देशका कथित नेता-कर्मचारीतन्त्रको त पलाएन पलाएन!!

  • phanindra dahal लेख्नुहुन्छ    |   2070 असोज 11 गते 18:22

    रिब को जिन्दगि र गोरुको जिन्दगिमा केहि पनि फरक छैन
    गरिब लाइ धनीले जोत्छ गोरु लाइ गरिबले जोत्छ

  • phanindra dahal लेख्नुहुन्छ    |   2070 असोज 11 गते 18:24

    गरिब को जिन्दगि र गोरुको जिन्दगिमा केहि पनि फरक छैन
    गरिब लाइ धनीले जोत्छ गोरु लाइ गरिबले जोत्छ |

  • biki लेख्नुहुन्छ    |   2070 असोज 11 गते 20:32

    phanindra dahal लेख्नुहुन्छ | २०७० असोज ११ गते १८:२४
    गरिब को जिन्दगि र गोरुको जिन्दगिमा केहि पनि फरक छैन
    गरिब लाइ धनीले जोत्छ गोरु लाइ गरिबले जोत्छ
    thanks P Dahal…….wowowo this is nice word….

  • BPandey लेख्नुहुन्छ    |   2070 असोज 11 गते 22:31

    Maya Kumari Sharma Is True loyal Women..But Yo Sarkar Nalyak 6a…Bideshi ko agadi jhukne.

  • bipin लेख्नुहुन्छ    |   2070 असोज 11 गते 23:49

    नेपाल् सरकारको आखाँ रेमिटन्समा मात्र छ नेता र सरकारले जन्तालाई दास् को रुपमा मानेका छन् र बिदेशी कम्पनी र नेपाली दलालको समजदारीमा कामदारको सेवा सुबिधाबाट बन्चित् गरिन्छ ५० डिग्री भान्दा बढि को गर्मीमा काम गर्नु पर्नि अनि भनेको जस्तो खान पानी को समयमा ब्यबस्था नहुनु आधा घान्टा घाममा गर्दा पनि पिहेन् भने तेहि ढलेर मर्नि स्थिति देखिन्छ पासपोर्ट् त ९०% कोम्पनीले नै राख्छन्

  • Dr. Lila Raj Dahal लेख्नुहुन्छ    |   2070 असोज 12 गते 0:55

    यी सबै कुराको समाधान देशमा फर्केर बिदेशमा सिकेको सिप र देखेको यथार्थलाई ब्यवहारमा उतार्ने हो भने हुन्छ । राजनीतिज्ञहरुलाई दोश दिएर मात्र केहि हुँदैन । अझै पनि हाम्रो देश करिब ३ करोड मान्छे पाल्न सक्षम छ, तर सबैभन्दा ठुलो समस्या हामीमा नै छ किनकि हामी बाहिर गएर जस्तोसुकै काम गर्न तयार हुन्छौँ, तर देशमा भए काम सानो हुने, एकै चोटि ठुलो आम्दानी चाहिने, काममा निरन्तरता नदिने, इत्यादि । हैन भने देशमैं बसेर अहिलेको जमानामा महिनाको १२ – १५ हजार रुपैँया कमाउन त्यस्तो गार्हो हुँदैन । सबैभन्दा सजिलो त्यति धेरै सिप पनि नचाहिने त कृषि ब्यवसाय नै छ नि । आफ्नो जग्गा जमिन छैन भने पनि ठेक्कामा पनि जति पनि पाईन्छ । कृषि भनेको यस्तो ब्यवसाय हो, जुन अरु सबै ब्यवसाय हराउँदा पनि बाँकि रहिरहन्छ, किनकि खानु त सबैले सधैं परिहाल्छ । बिकसित देशहरु नयाँ-नयाँ प्रबिधिको बिकासमा लाग्छन भने हामी उनिहरुलाई राम्रो, स्वस्थ खाना उपलब्ध गराइदिउँ । बजार नपाउने भन्ने त कुरै हुँदैन, यसैपनि प्रबिधिको बिकासले संसार एउटा सानो गाउँ जस्तो भएको छ । तर खेतिप्रणाली परम्परागत हैन ब्यवसायिक हुनु पर्छ । अर्को कुरा धैर्य चाहिं पटक्कै छोड्नु हुँदैन । एक दुई पटक नेपाल बन्द भयो, तरकारी फाल्नु पर्‍यो भनेर दिक्क मानेर काम गर्नैं छोड्दिने चाहिं गर्दै गर्नुहुँदैन । बिस्तारै बन्द हड्ताल गर्नेहरुलाई कामगर्नेहरुले जित्दैजाने हो भने यो समस्या यसै समाधान भैहाल्छ । बेरोजगार मान्छे धेरै भएर नै हो नेपालमा अनावश्यक रुपमा राजनीति फोहोरी खेलको रुपमा रुपान्तरण भएको । अन्त्यमा, आफ्नो देश,गाउँघर भनेको जहिलेपनि आफ्नै हुन्छ, आफ्नो गाउँघरमा बसेर, आफ्नै आम्दानिमा रमाएर, आफन्त परिवारका वरिपरी जिन्दगी जिउन पाउनुजति आनन्द अरु केमा होला र ?

  • TEKAM लेख्नुहुन्छ    |   2070 असोज 12 गते 10:25

    सलाम छ माया तिमीलाई
    आखिर तिमि नै सही रहिछौ।

  • Meraj Ahamed लेख्नुहुन्छ    |   2070 असोज 12 गते 13:54

    thanks guardian and report more like this …thanks alot of thanks

  • RAJ KUMAR CHHETRI लेख्नुहुन्छ    |   2070 असोज 12 गते 13:59

    जे होस् माया कुमारी शर्मा कतार लाई खुला जैल क्षेत्र घोसिट गरी नेपाली ले पाउनी अधिकार र सरकारी राजनीतिक क्षेत्र का उछ बिसिस्थ मान्छे लाई आँखा मा माटो हाली दिएकी हुन
    नेपाली जनता ले दु:ख नपाउन भन खोजिकी हुन
    तर उन कुरा लाई ओस्ता नगरि सरकारले बर्खास्त गरी दियो हाम्रो सरकार कहाँ को बरु बाइरका देस बेलायत ,स्पैन ,अमेरिका जस्ता देश ले खन्दन गाह्रो तर नेपाल ले त्निको कुरा लाई ओस्ता नेऐ गरेन

  • SUROJ लेख्नुहुन्छ    |   2070 असोज 12 गते 15:22

    k garnu, sati le sarapeko desh ho nepal vanthyo…..ho nai rexa kya re…satya bolne, gatilo kaam grne le ta kahi katai pani thau nai napaune vayo ni……fatah ra daka le matra paune vaye thau ta