नेपाली सिनेमा हलमा १ हप्ता पनि नटिकिरहेको समयमा सफलताको कार्यक्रम गर्नु त परकै कुरा हो । तर भदौ १४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल’ले भने आफ्नो सफलताको पार्टी आयोजना गर्दै छ । असोज २० गते भव्य सक्सेस पार्टी आयोजना गर्ने तयारीमा यसका निर्माता सुनिल रावल छन् ।उनले चलचित्रकर्मी, पत्रकार र कलाकारसँग ‘होस्टेल’ सफलताको खुशी बाढ्ने बताएका छन् । हेमराज वीसी निर्देशित यो सिनेमा बर्ष २०७० को अहिलेसम्मकै सफल सिनेमा हो । चलचित्रले निर्मातालाई राम्रै रकम हातमा पारिदिएको छ ।
चलचित्रको सफलताले नेपालभरका धेरै हलहरुलाई लामो सास पनि फेराइदिएको छ । धनकुटाका हल संचालकले ‘होस्टेल’ नचलेको भए हल नै बन्द गर्ने तयारीमा रहेको जानकारी दिएको निर्माता रावलले बताए । ‘होस्टेल’ले आफ्नो हल बन्द हुनबाट रोकिदिएको ति हल संचालकको तर्क छ ।
अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, गौरब पहाडी लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले केही हलमा ५१ दिन मनाउने तयारी पनि गरेको छ ।
If you mentioned total amount that Hostel has been made, we would be appreciated.
Dherai din paxi asto khabar sunna paiyo…nepali film auta hall ma 5 din pani chalna nasakeko belama hostel le ramro result lyayo…so dherai dherai suvakamana xa….aru nirmata haru le yo film bat path sikosh….
afai badhi bhayo . 5 – 6 din ma simit yo film le kasari po paisa uthayo bhanne kura cha ni babaii
बिना सेक्स केन्द्रित फिल्म र फरकधार को फिल्म ले पनि नेपाली फिल्म चल्छ भन्ने पाठ सबै नेपाली सिनेमाका निर्माताहरु र निर्देशकहरुलाई दिएको छ | फेरि पनि एक पटक बधाई छ चलचित्र होस्टेल लाई…!!!
euta film le 51 din manae ko le hall banda huna bata rokiyo vanda guf diye jasto lagyo yar…soltaaa.