११ असोज, काठमाडौं । यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.२० अंकले वृद्धि भई अन्तिम दिन ५४१.३९ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.०७ अंकले वृद्धि भई १३५.२७ अंकमा आइपुगेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १३२ कम्पनीहरुको कारोबार भएको छ, जस अनुसार ८०२६ कारोबारबाट ५४ करोड ६० लाख ८७ हजार रुपैयाँ बराबरका २० लाख ५९ हजार ५ सय ३२ कित्ता शेयरहरु खरीद बिक्री भएका छन् । गत साता १३४ कम्पनीहरुको कारोबार भएको छ, जस अनुसार ८१८१ कारोबारबाट ५८ करोड ७९ लाख ३४ हजार रुपैयाँ बराबरका २१ लाख ११ हजार ५३ कित्ता शेयरहरु खरीद बिक्री भएका थिए ।
कारोबार रकममा गत साताको तुलनामा ७.१२ प्रतिशतले ह्रास भएको हो । कूल कारोबार मध्ये ‘क’ वर्गका कम्पनीहरुको मात्र २८ करोड ११ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो कूल कारोबारको ५१.४९ प्रतिशत हो ।
यस साता कारोबार रकम (रु.४ करोड ९७ लाख ७४ हजार रुपैयाँ) को आधारमा कैलाश विकास बैंक अग्रस्थानमा रहेको छ । त्यसै गरी कारोबार भएको शेयर संख्या (२ लाख ३७ हजार ८९० कित्ता) को आधारमा कैलाश विकास बैंक अग्रस्थानमा रहेको छ । त्यसै गरी कारोबार संख्याको आधारमा -१४८७ वटा) को आधारमा मेगा बैंक नेपाल अग्रस्थानमा रहेको छ । यो हप्ता नेप्सेमा एलाइन्स इन्स्योरेन्सको १ लाख ४८ हजार कित्ता सेयर सूचीकृत भएको छ ।
चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...