OnlineKhabar.com

हामी कस्तो देशका कलाकार हौं भन्ने सोच्नुपर्दछ

2070 असोज 11 गते 15:27 मा प्रकाशित

प्रमोद खरेल, गायक

नेपाली सुगम संगीत र पप संगीतदेखि पाश्र्व गायनमा प्रमोद खरेलको नाम कुनै नौलो होइन । मबिना कसै कसैलाई, त्यो अंगालोभरिको माया, किन लाग्छ माया जस्ता चर्चित गीत गाएका प्रमोद आफूलाई सादा जीवन जिउने कलाकारका रुपमा चिनाउन चाहनुहुन्छ । गायक प्रमोद यतिबेला के गर्दै हुनुहुन्छ ? उहाँको दिनचर्या र अन्य विषयमा अनलाइनखबरका लागि विजयआवाजले गरेको कुराकानी :

Pramod kharel

केमा व्यस्त हुनुहुन्छ, जीवन कसरी चल्दै छ ?

– संगीतकै काममा व्यस्त छु । प्राय समय स्टुडियो र रियाजमा नै बिताउछु । बाँकी समय कन्र्सट, सांगीतिक कार्यक्रममा नै वित्छ ।

प्रमोद खरेलको जीवनमा संगीत नभएको भए के हुन्थ्यो होला ?

– संगीतले मलाई वास्तविकतामा बाँच्न सिकायो । समाजमा हिँड्न सिकायो । हाउभाउमा परिवर्तन ल्यायो । हिँड्ने जीन्दगीको वातावरणमा नै परिवर्तन ल्यादिएको छ । म्यूजिक क्षेत्रमा लहै लहैमा लागेर केही पनि हुनेवाला छैन । मलाई त भगवानले नै तैंले गाउनुपर्छ भन्नुभएको रहेछ । सायद यसैले आजसम्म यो क्षेत्रमा सक्रिय छु ।

कसले बनायो तपाईलाई गायक ?

– म यो क्षेत्रमा आउनका लागि एक्लो छैन । मसँगै पढेका साथीहरु, अग्रज श्रष्टाहरुको ठूलो हात छ । उहाँहरुले मलाई बाटो देखाइदिनुभएको छ । यसपछि मिडियाले मलाई दर्शक स्रोतासम्म पुर्‍यायो । मेरा स्रोताहरुले मलाई स्वीकार गर्नुभयो । अनि मलाई हरेक समय साथ दिने मेरा बुवाआमाको ठूलो हात छ ।

संघर्ष कत्तिको गर्नुभयो यो क्षेत्रमा ?

– संघर्ष नगरिकन त यो क्षेत्रमा आइँदैन । संघर्षबिना तपाइले पाउनुभएको कुरा दिगो हुँदैन । संघर्षबिनाको संगीतको मुल्य पनि छैन । भोकभोकै धेरै हिँडियो । म्यूजिक नै सिक्छु भनेर खाजा खाने रकम बचाएर हार्मोनियम किनेको थिए मैले । मैले हिजो पनि दुख गरेको थिए र आज पनि गरिरहेको छु ।

यो लगाव बच्चादेखि नै हो या पछि आएर भएको हो ?

– म जन्मदेखि नै गाउने गर्दथें । म ७ कक्षादेखि नै कहिले बसेर पढ्दिनथें । बसेर पढ्दा निद्रा लाग्छ भनेर मैले सधैं उभिएर नै पढें । बच्चादेखि नै गीत गाए पनि आइएसी पढ्ने समयदेखि मैले औपचारिक रुपमा गाउन थालेको हुँ । अरुको नक्कल गरेर मैले गाउने गर्दथें, जसले गर्दा मैले दर्शकको ताली पाएँ ।

तपाई सोनु निगमको फ्यान सानैबाट हो कि पछि आएर बन्नुभएको ?

– मैले गीत गाउन थालेदेखि नै उहाँको गीत सुनेको थिएँ । बोर्डर सिनेमाको गीत सुनेपछि त म झनै उहाँको फ्यान भएँ । उहाँ र मेरो कपाल पनि उस्तै छ । उहाँको पनि प्राकृतिक मेरो पनि प्राकृतिक नै हो ।

सोनु निगमलाई भेट्नु भएको छ ?

– केही लामो दुरीबाट त मैले भेटेको छु । तर, गफ नै गरेर भेट्न पाएको भने छैन । उहाँले मेरा लागि एउटा भिडियो पठाउनुभएको थियो, मैले पनि आफ्ना गीतहरु पठाएको छु ।

तपाईको पछिल्लो एल्बमको ‘हंगामा भो’ बोलको गीत कस्तो चलिरहेको छ ?

– मैले मिडियाबाट छोटो समयमा नै राम्रो प्रतिक्रिया पाएको छु । सबैले राम्रो भनिदिनु भएको छ । केही समयअघि अष्ट्रेलिया पुगेर आउँदा पनि मैले छोटो समयमा नै वान्स मोर पाएको थिएँ । अहिले त्यसैको प्रमोशनमा व्यस्त छु ।

यो गीतमा के नयाँ प्रयोग गर्नुभयो ?

– यसमा सबै कुराहरु नयाँ प्रयोग भएका छन् । जादु चलायौ तिमीले बोलको गीतले सुन्दरतालाई र ग्ल्यामरलाई प्रतिनिधित्व गरेको छ ।

विदेश खुबै जानुहुन्छ, आम्दानी कस्तो छ त ?

– विदेश गएर आम्दानी मात्र हुन्छ भनेर मैले सोचेको छैन । म कुनै पनि देशमा पुगेर आफ्नो स्टारडम देखाउदिन । म कुनै पनि देशमा पुगेर त्यहाँ रहेका नेपालीहरुको जीवन जीउने शैलीलाई पछ्याउँछु । कत्ति पटक त मैले नेपालीहरु बसेको स्थानमा नै पुगेर उहाँहरुसँग कुरा पनि गरेको छु ।

संगीत उद्योग धराशायी भएको अवस्थामा, के विदेशका कार्यक्रम नभएको भए कलाकारहरुको जीन्दगी चल्थ्यो होला ?

– यो प्रश्न किन उठ्छ भन्ने लाग्छ मलाई । किनकि एउटा कुरा नभएको भए अर्को विकल्प आउथ्यो होला नि । सीडी विक्री नभएपछि डीजीटल प्रविधि आयो नि हैन ? यसैले केही न केही विकल्प आइहाल्छ भन्ने लाग्छ । म निक्कै आशावादी मानिस हुँ । आशावादी नभएको भए म उहिल्यै हराउने थिएँ ।

अबको योजना के छ त ?

– मसँग संगीत नै छ, अरु त के भन्नु र । नयाँ नयाँ प्रोजेक्टहरु पनि छन् । यसैलाई निरन्तरता दिने तयारीमा छु ।

बलिउड फिल्ममा गाऔं या हिन्दी एल्बम निकालौं भन्ने सोच छैन ?

– मेरो आगामी योजना नै हिन्दी सिनेमा निकाल्ने हो । त्यो काम म निक्कै चाडो गर्दैछु । अब बलिउडमा नै छिर्नका लागि त पहिलेदेखि नै तयारी गर्नुपथ्र्यो । बलिउड धेरै व्यवसायिक भैसकेको छ । असम्भव त केही पनि छैन, हेरांै के के हुन्छ ।

गायकहरु नेपाली फिल्म नगरीमा आएका पनि छन्, तपाइको सोच हिरो बन्ने छ कि छैन ?

– अफर त आएको थियो मलाई । तर, म्यूजिकल फिल्म भयो भने म गर्छु । म्यूजिकको विषयमा हरेक अभिभावकलाई देखाउन सकियोस्, यस्तो फिल्म गर्न चाहन्छु म ।

सानैबाट गायक गायिका बन्छु भनेर आउनेहरुका लागि पैसाले गायक गायिका बनेकाहरुले अप्ठ्यारो पारेका छन् जस्तो लाग्छ तपाइलाई ?

– हेर्नुहोस् मुख्य कुरा मिडिया जागरुक हुनुपर्‍यो । यदि मिडियाले छान्ने हो भने यस्ता कुराले खासै केही फरक पार्दैन ।

एल्बम निकाल्दा ज्योतिषको भर पर्नुहुन्छ ?

–मैले आजसम्म जति पनि एल्बम निकालेको छु, सबै ँयोतिषलाई हात हेराएर नै गरेको छु । मलाई प बाट सुरु हुने शब्द फाप्छ । यसैले मैले प्रणय, प्रवेग, प्राप्ती लगायतका एल्बमको नाम पबाटै राखेको छु । अहिले निकालेको हंगामामा पनि प्रणय भाग २ भनेर जोडेको छु ।

तपाई कस्तो मानिस हो ?

– म एकदमै सिधा र मिहेनतमा विश्वास गर्ने मानिस हुँ । मनले आट्यो भने कुनै पनि काम गरेरै छोड्छु । सुरुमा मानिसहरुसँग त्यति बोल्दिँन तर खुलेपछि साथी बनाइहाल्छु ।

एकजना गायकले सेलिब्रेटी भैसकेपछि उसँग गाडी होस्, घर होस्, मिडियाले खिच्दा पनि घरको गेट, गाडी चढ्दै गरेको तस्बिर खिचोस् भन्नुभएको थियो । तपाई यो कुरा मान्नुहुन्छ ?

– त्यो उहाँको सोच हो, म केही भन्दिँन । तर, तपाई कुन देशको नागरिक हो भन्ने कुरा बिर्सन हँुदैन । तपाईको देशको प्रधानमन्त्रीले कति तलब खान्छ भन्ने पनि सोच्नुहोस् । हामी कस्तो देशका कलाकार हौं र हामीले के आशा गर्ने भन्ने कुरा सोच्नुपर्दछ ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“हामी कस्तो देशका कलाकार हौं भन्ने सोच्नुपर्दछ” मा प्राप्त 5 प्रतिकृयाहरू
  • Bishnu chaulagai लेख्नुहुन्छ    |   2070 असोज 11 गते 15:55

    malai tapaia ko sabai bichar man paryo tara kina aaphulai sonu nigam sanga danje ko ma badhi kehi bhandina tapai phaeri pata suchnnuta k thika ho

  • labourman लेख्नुहुन्छ    |   2070 असोज 11 गते 16:37

    nepal ma sabaibhanda dukhha payera aafai ubho lage ko gayek …..प्रमोद खरेल Yo manchhe lai kosaaile banako haina aafai bane ko ho chahe interview ma je sukai bhane pani….. ani sabai bhanda educated singer pani ……. ijeet garum ta uesto ko garum hai…

  • raj लेख्नुहुन्छ    |   2070 असोज 11 गते 16:51

    malai promod dai ko lifestyal ra bichar man paro!

  • nepali xoro लेख्नुहुन्छ    |   2070 असोज 11 गते 18:10

    good thinking pramod ji….

  • Subash sharma लेख्नुहुन्छ    |   2070 असोज 12 गते 7:17

    यौटा Nepali Educataded Singer,and youta Teacher,
    खुला हृदय को मान्छे प्रमोद जी सङ्ग धेरै कुरा सिकेको छु मैले जीवन को बारेमा

  • yatri लेख्नुहुन्छ    |   2070 असोज 12 गते 16:59

    sabai kalakar yeutai bichar ko bhaye k huntyo hola

  • झापाली लेख्नुहुन्छ    |   2070 असोज 12 गते 17:51

    कंहा को सुन अनि कंहा को लसुन निकै सोनु निगम संग तुलना गर्दो रहेछ एउटा दुइटा गीत के चलेको थ्यो पुरै गफ देयो

    RAJ Reply:

    JHAPALI KAI BEIJJAT GARNE YAR ? SONU NIGAM SANGA KAHA TULANA GAREKO CHAH RA ?KAPAL MATRA SAME CHHA BHANEKO TALENT TA DHOTI SONU SANGA NAI DHERAI HUNE BHAYO NI !

    shyam Reply:

    Hoina yar jhapali g la thik vanu vayo afu lai sonu nigam sanga dajnu vako nai ho hamro pramod kharal jee 100% ho…

    Udaya Reply:

    jhapali le afno aukat dekhaeehalyo

    sangita pudasaini Reply:

    6iiii jhapaali ko ta kasto nich soch 6i 6i 6i…….

  • bishes limbu लेख्नुहुन्छ    |   2070 असोज 12 गते 19:38

    good xa bro

  • harry लेख्नुहुन्छ    |   2070 असोज 13 गते 9:59

    Good thinling pramod ji…… ket.up

  • R.S.D लेख्नुहुन्छ    |   2070 असोज 13 गते 12:24

    yak dam thika vannu vo parmod sir(hal sriya bata)

  • Udaya Dev Malla लेख्नुहुन्छ    |   2070 असोज 13 गते 22:59

    नेपाली सुगम संगीतका लागि पुरानो पुस्तक नारायणगोपाल, फत्तेमान, नातिकगी, अम्बर गुरुङ, भक्तराज अचार्ये, प्रेमधोज परधन जस्ता आधुनिक सुगम संगीतका खम्बाहरु थिए अनि तेस्पछिका रामकृष्ण ढकाल, राजेश पयेल राई, एम बराल, हुदै जगदिस समल, शिशिर योगी हुदै अनि आजकल चर्चामा रहेका शिव परियार लगाएत पर्मोद खरेल नेपाली सुगम संगीतका अभिन्न पात्र हुन् . सुभकामना छ सधै येसरिनै तन मन लगाएर सदाबहार गीत गाउदै जानुस तपैले पुस्तौ पुस्ताले सम्झिरहनेछ ….
    (हाल संयुक्त अरब एमिरटेस दुबई)

  • Nanu लेख्नुहुन्छ    |   2070 असोज 14 गते 22:27

    I love Pramod n his Heart Touching Voice……….

  • शिबराज मल्ल लेख्नुहुन्छ    |   2070 असोज 15 गते 9:21

    Hotani hai ?????

  • Sushma लेख्नुहुन्छ    |   2070 असोज 16 गते 13:17

    Keep it up Pramod jee tapaiko bichaar thik ho kunaipani byakti le jaba aafno aaukaat vuldachha taba usle aafno pahichaan pani gumaauna pugdachha tasartha sabaile aafno aukaat bishesh khyaal raakhnu pardachha…………..

  • narayan gc लेख्नुहुन्छ    |   2070 कार्तिक 11 गते 21:35

    pramod gee tapai ko bechar ra antarbarta ak damai tk x tapai pane nepali ko kalakari ta ma ko he bhanda pane kam hunu hunna malai pane tapai ko sabai geet nai dharai man parchha tapai ko geet ra yo chhatra kaylle marne chhayan
    ma pane arrabu madhayako ak ho

  • debu लेख्नुहुन्छ    |   2070 कार्तिक 21 गते 11:30

    pramod jee hajur ko kura aakdam theck chha la.

  • Bishnukanta Ghimire लेख्नुहुन्छ    |   2070 कार्तिक 22 गते 16:07

    PRAMOD is a Hero of Nepali musical industry……………

  • prakash sapkota लेख्नुहुन्छ    |   2070 कार्तिक 22 गते 20:52

    not comparable.be original kin copy garnu paryo.

  • mukesh machkoti लेख्नुहुन्छ    |   2070 कार्तिक 24 गते 9:05

    बास्तवमा प्रमोद जीलाई हामी जस्ता युवाहरुको सलाम

  • अविरल थापा लेख्नुहुन्छ    |   2070 कार्तिक 29 गते 12:14

    पू्र्ण प्रयाश नै सफलताको सिढि हो । सफलता मिल्दै जावोस्

  • कान्ती खड्का लेख्नुहुन्छ    |   2070 कार्तिक 29 गते 12:19

    जिन्दगी ना मिलेगी दुवारा .. so live your life fully…

  • chulak khand thakuri लेख्नुहुन्छ    |   2070 मंसिर 30 गते 3:32

    shree maan pramod kharel ji ko soch lai hami nepali harule samman garnu pr6 kinaki pramod ji le bhannu bhayeko kura haru pani akdam sahiho, bina mehnat ko kamai r naam le tyo byakti ko jeevan khasai manneta didaina tehi bhayera mehnat garne haru ko lagi aasambhav bhanne kehi 6aina yo sansar ma ani hami nepali hau bhanne kura harek nepali harule jaha bhaye pani bhulnna hudaina tyota jhan thulo kura garnu bhayo mr- pramod kharel ji le so thanks pramod ji /