ज्ञानेन्द्र खड्का
११ असोज, काठमाडौं । संविधानसभा निर्वाचनको सुरक्षाका लागि सरकारले ४५ हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेपछि यसमा युवामात्रै होइन, ४३ वर्ष पुगेका प्रौढसमेत भर्ती हुने लाइनमा भेटिएका छन् ।
राजधानीको एक निजी कम्पनीका सुरक्षागार्ड ४३ वर्षीय कान्छो गिरी काठमाडौं जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा म्यादीमा भर्ना हुन भन्दै आवेदकहरुको लाइनमा देखिनुभयो । निजी सुरक्षा कम्पनीबाट भनेजस्तो तलव नपाएर दिक्क हुनुभएका गिरीले दुई महिनामै ३५ हजार रुपैयाँ कमाइ हुने थाहा पाएपछि यो उमेरमा पनि म्यादी प्रहरीमा लाग्न खोजेको बताउनुभयो ।
‘देशको सेवा गरेर राम्रो पैसा पनि कमाइ हुने भएकाले म्यादी प्रहरीमा भर्ना हुन आएको हुँ, दशैं आएकाले हामीजस्ता गरिवलाई गर्जो टार्नै गाह्रो छ, गिरी भन्नुहुन्छ- ‘केही कमाइ गर्ने उद्देश्यले यहाँ आएको हुँ, भर्ती भएँ भने चुनाव सफल बनाउन मेहनत गर्नेछु ।’
राजनीतिबारे सोधिएको प्रश्नमा गिरीको जवाफ छ, ‘अहिले देशको राजनीति बिग्रेको छ । चुनाव हुन्छ भन्ने आशामा छु । मलाई कुनै पार्टीसँग आशा छैन र आस्था पनि राखेको छैन । मैले भोट हाल्दा मान्छे हेरेर मात्र हाल्छु ।’
सरकारले म्यादी प्रहरीका का लागि प्रहरीले भर्ना खोलेपछि सामान्य लेखपढ गर्नेदेखि स्नातक उत्तीर्ण गरेकासम्म लाइनमा भेटिएका छन् । ताप्लेजुङबाट राजधानी आएर कपनमा बसिरहेका २५ वर्षीय युवा शशांक घिमिरे पनि म्यादीमा भर्ना हुन हनुमानढोकास्थित जिल्ला प्रहरी कार्यालयमा लाइन लाग्नुभयो । ‘म अहिले बीए पढिरहेको छु, घरबाट सधैं खर्च पठाइदिनु भन्न पनि गाह्रो छ । अहिले कलेजमा पढाइ पनि भइरहेको छैन । शशांक भन्नुहुन्छ- ‘त्यसैले अहिलेको खाली समयलाई सदुपयोग गरेर पढाइ खर्च जुटाउन म्यादीमा भर्ना हुन आएको हुँ । म्यादीमा भर्ना भएँ भने दशैंमा घर पनि जान्न ।’
सिन्धुपाल्चोक घर भएकी २२ वर्षीया शावित्रा लुईंटेल पनि म्यादीमा भर्ना हुने लक्ष्यका साथ आवेदन र्फम भर्न हनुमानढोका पुग्नुभयो । “अन्यत्र राम्रो जागिर खोज्दा पनि पाइन्न, जहाँ पनि सोर्स फोर्सको मात्रै कुरा गर्छन्,’ लुईंटेल भन्नुहुन्छ, ‘त्यसैले छोटो समयका लागि भए पनि म्यादीमा काम गर्ने रहर छ ।’
निर्वाचनमा खटिँदा हुन सक्ने सुरक्षाको खतरालाई बिर्सेरै भए पनि म्यादीका लागि निवेदन दिन आएाके बताउँदै शावित्रा भन्नुहुन्छ, ‘म्यादी प्रहरीमा लागेर संविधानसभा सफल पार्न योगदान दिन पाउँदा देशका लागि केही योगदान हुनेछ र मलाई आम्दानी पनि हात लाग्नेछ ।’ उहाँले तपाई कुन पार्टीको भनेर प्रश्न गर्दा ‘न्यायाधीश पार्टीको’ भन्ने जवाफ दिनुभयो ।
म्यादी प्रहरीलाई सरकारले नेपाल प्रहरीका जवानसरह तलब सुविधा दिने भनेकाले म्यादीमा भर्ना हुनेहरुको आकर्षण बढेको हो । दुई महिनाका लागि नेपाल प्रहरी मातहतमा परिचालित हुने म्यादीका लागि सरकारले पूर्वसैनिक तथा प्रहरीलाई पहिलो प्राथमिकता दिएर भर्ना प्रकृया अघि बढाएको भने पनि यसमा बेरोजगार युवाको आकर्षण देखिएको छ । नेपाली युवाहरुमा रोजगारीको भोक कति छ भन्ने आवेदकहरुको लाइनले स्पष्ट पारेको छ ।
भर्नाबाट बाहिरिएकालाई प्राथमिकता : प्रवक्ता सिलवाल
‘हामीले म्यादीमा भर्नाका लागि पहिलो प्राथमिकतामा सेना र प्रहरीका पूर्वकर्मचारीहरुलाई राखेका छौं । त्यसपछि फौजदारी अभियोग नलागेका र यसअघि प्रहरीमा भर्नामा अन्तिम चरणमा पुगेर बाहिरिएका युवाहरुलाई प्राथमिकता दिन्छौं ।’ नेपाल प्रहरीका प्रवक्ता नवराज सिलवालले अनलाइनखबरसँग भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंले म्यादीमा जम्मा एक हजार ६ सय जना भर्ना गर्ने तयारी गरेको छ । तर, एक हजार ६ सय कोटाका लागि विहीबारमात्रै करिव एक हजार ४ सयले निवेदन दिइसकेका छन् ।
‘एउटा मात्र दर्ता केन्द्रबाट आवेदन फर्म संकलन गरिरहेका थियौं, इच्छुकहरुको भीड धेरै भएपछि अहिले दर्ता केन्द्र पनि २ वटा राखेका छौं । दुई महिनाको जोखिमपूर्ण कामका लागि पनि युवाहरुको भीड थेगीनसक्नु छ ।’ जिल्ला प्रहरी कार्यालय हुनमानढोकाकी एक प्रहरी सहायक निरीक्षकले भन्नुभयो ।
आगामी मङसिर ४ गते हुने संविधानसभाको निर्वाचनका लागि मतदान केन्द्रहर र मतपेटिकाको सुरक्षाको जिम्मा प्रहरीलाई दिइएको छ । ४५ हजार म्यादी प्रहरीसहित करिब एक लाख प्रहरी निर्वाचन सुरक्षाका लागि परिचालन गृह मन्त्रालयले जनाएको छ । निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरीले पनि निर्वाचनको सुरक्षा दिने छ । राष्ट्रपति रामवरण यादवले निर्वाचनमा सेना पनि परिचालन गर्न सकिने बाटो खोलिदिएपछि अब नेपाली सेना पनि निर्वाचन सुरक्षामा खटिने पक्का भएको छ ।
भिडियो
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
baidhyako khel na ho
भ्रष्ट Reply:
September 27th, 2013 at 4:34 pm
यी शिधा शोझा नव प्रवेशि ले हाम्रा भित्रका कुरा थाहा पाउने भए
baidhyako khel na ho
पिण्ड खाने बेला भएका नेताहरु चाहिं युवा–नेता रे ……….,
भर्खर ४३ बर्षको लक्का नौजवान चाहिं प्रौढ………… ?
किन यस्तो विभेद ……….. ?
४३ बर्षको मान्छे प्रौढ हुने भए, के शेर बहादुर देउबा चाहि मरि सके?
Desh ma berojgar ko haalta yasto chha. Dhikar timi kathit raast ghaati gantantra baadi netahar!!!
khai sabai tir yuba matrai budho goruharuko security chahi k ho yo aba yi marna lageka budha khada neta harulai 2 month ko lagi va ni myadi banayer yuba chahi neta bane kaso hola kina sadhai yi asafal vaka neta haru lai matra aghi lagaune ta ki kaso ho yuba mitra ho
purba sena ra prahari ka karmachari lai bhanda berojgari yuba yubati harulai pahilo prathamikta dinu paryo “kasaiko mathaimath kasaiko purpurama hat garnu bhayana”
ke netaa haru chahi 55 barsha samma young (yuvaa netaa) hune ra sarba saadharan janata chahi 40 barsha mai praudh hune? yo journalist ko herne aankhaa kasto?