११ असोज, काठमाडौं । नेकपा माओवादीले ७० वर्षीय वृद्ध विदेशीलाई कारवाही गर्ने हो भने सैभन्दा पहिले अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर र भारतीय विदेश सचिव एवं युरोपियनराजदूतलाई कारवाही गरेर देखाउन सरकारलाई चुनौती दिएको छ ।
वैद्य नेतृत्वको नेकपा-माओवादीका अन्तरराष्ट्रिय विभागका नेता डा. विष्णुहरी नेपालले शुक्रबार विज्ञप्ति जारी गरी नेपाल सरकारलाई यस्तो चुनौती दिनुभएको हो । गत मंगलबार दोलखामा आयोजित माओवादीको चुनाव विरोधी आमसभामा भाषण गरेको अभियोगमा पिटर टबिन नाम गरेका एकजना ७० वर्षीय विदेशीलाई दोलखा जिल्ला प्रशासनले खोजी गर्न थालेपछि वैद्य माओवादी रुष्ट बनेको हो ।
पिटरले बादलसँगै भाषण गरेपछि जिल्लामा कार्यरत सबै विदेशीलाई आफ्नो विवरण बुझाउन दोलखा प्रशासनले उर्दी गरेको छ । नेकपा माओवादीले भने सरकारले पिटरलाई खोजी गरेकोमा आपत्ति जनाउँदै उहाँ द रेड फ्रन्ट पत्रिकाको बरिष्ठ सम्पादक एवं नेपाली जनताको मित्र भएको जिकिर गरेको छ ।
नेपाली पत्रिकाका विदेशी सम्पादक ?
माओवादी महासचिव रामबहादुर थापा वादलसँगै भाषण गर्ने पिटर ‘द रेड फ्रन्ट’ पत्रिकाका बरिष्ठ सम्पादक रहेको माओवादी अन्तरराष्ट्रिय विभागका नेता विष्णुहरी नेपालद्वारा जारी विज्ञप्तिमा बताइएको छ । तर, यो पत्रिका बेलायती वा आइरिस भने होइन । नेपालबाटै २०१२ मा प्रकाशित यो ‘म्यागेजिन’लाई ‘नेपालको राजनीतिक जर्नल’ भनिएको छ । यो जर्नलको पहिलो अंकमा रामबहादुर थापा वादलले भाषण गरिरहेको आवरण तस्वीर प्रकाशित छ । पहिलो अंकमा पिटरले ओबामाको चीन बिरोधी रणनीति शिर्षकमा लामो लेख लेखेका छन् ।
नेपालको राजनीतिमा विदेशी हस्तक्षेप भयो भन्दै आएको माओवादीले पिटरको विषयमा चाहिँ उनीमाथि जिल्ला प्रशासनले सोधीखोजी गरेकोमा त्यसो गर्न नपाइने भन्दै विरोध जनाएको छ । शुक्रबार नेपालले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘मंगलबार नेकपा-माओवादी दोलखा जिल्ला कमिटिले आयोजना गरेको र हाम्रो पार्टीका श्रद्धेय महासचिव क.राम बहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यतामा भएको चरिकोटको विशाल ”युवा मार्चपास” कार्यक्रममा आइरिस नागरिक एवं ”द रेड फ्रन्ट” पत्रिकाका बरिष्ठ सम्पादक श्री पिटर टबिन अतिथि भएर आˆनो छोटो विचार राख्नुभएकोमा प्रशासनले निजलाई खोजै गरिरहेको भन्ने समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘पिटर टबिनले कुनै हस्तक्षेपकारी कुरा बोलेको हामीलाई लागेको छैन ।’ पूर्वराजदूतसमेत रहनुभएका माओवादी नेता नेपालको भनाइ छ, ‘अतिथिको रुपमा भाग लिई आˆना विचार राख्नु हस्तक्षेप हुँदैन । हाम्रो पार्टीका थुप्रै भाइचारा संगठनहरुले हाम्रा नीति तथा कार्यक्रमहरुमा ऐक्यबद्धता -सोलिडारिटी) जाहेर गर्न पाउनु यो उहाँहरुको मौलिक हक हो ।’
कारवाही गर्ने भए कार्टर र सुजाथालाई गर
माओवादी नेता नेपालले कार्वाही नै गर्ने हो भने पूर्वअमिरेकी राष्ट्रपति जिम्मी कार्टर, युरोपियन युनियनअन्तर्गतका केही राजदूतहरु र भर्खरै मात्र नेपालको भ्रमण पूरा गर्नुभएकी भारतीय विदेश सचिव सुजाथा सिंहलाई कारवाही गरेर देखाउन नेपाल सरकारलाई चुनौती दिनुभएको छ । ‘जसले कुनै हालतमा पनि मंसिर ४ गतेको चुनाव गर्नुपर्छ भनी नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेका छन्, राज्यले उनीहरुबाट कार्यवाही गर्ने कार्य थालनी गरोस् ।’
माओवादीको वक्तव्यमा भनिएको छ,-‘एक ७० बषर्ीय वयोवृद्ध एवम् नेपाल र नेपाली जनताका अभिन्नमित्र श्री पिटर टबिनलाई मानसिक पीडा दिएकोमा हाम्रो पार्टी खेद प्रकट गर्दछ । यदि उहाँलाई प्रशासनले गिरˆतार गरी कानूनी कार्यवाही गर्ने योजना बनाएको हो भने त्यसको भत्र्सना गर्दछौं ।’
यस्तो छ पत्रिकाको मुख्य पृष्ठ
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
Baidha maobadi Pani bidesi bata nai sanchalit po rahechha. Sava ma bhasad garnai bidesi lage pachi k chalcha ra. Footbal ma goal garna bidesi liyae jastai. Chunab garna deo ho bhatmara ho.
J.GHAITE Reply:
September 27th, 2013 at 10:30 pm
Chunab hunu parcha. Baidha ba ka kura cheu na puchar ka. Janata lai dukha na daeu
Gahan Rajnitik Bishay ho !
sala kukur haru yesta kukur harule ni bidesi hastakshepko kura garne thukka communist ko nam ma kalanka haru . mornu ni baru.
carter lai karbahi garnu parchha
नामर्दको बुडी सबैको भाउजु !
कारवाही गर्ने भए कार्टर र सुजाथालाई गर
माओवादी नेता नेपालले कार्वाही नै गर्ने हो भने पूर्वअमिरेकी राष्ट्रपति जिम्मी कार्टर, युरोपियन युनियनअन्तर्गतका केही राजदूतहरु र भर्खरै मात्र नेपालको भ्रमण पूरा गर्नुभएकी भारतीय विदेश सचिव सुजाथा सिंहलाई कारवाही गरेर देखाउन नेपाल सरकारलाई चुनौती दिनुभएको छ । ‘जसले कुनै हालतमा पनि मंसिर ४ गतेको चुनाव गर्नुपर्छ भनी नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेका छन्, राज्यले उनीहरुबाट कार्यवाही गर्ने कार्य थालनी गरोस् ।’
afnu swartha pura garnu lai kina janta ka xora judau na khxu..kukur ho aba teme haru matra ke din ko guest ho ….
यो बुडोगोरूलाइ राँची लाने कुनै program’s
छैनभनेको?tolet भयों बुडा दीर्घ पागलहुनेभए
My quiry is if Jimmy Carter has carried on any illicit jouranlism in Nepal? If Peatr Twin has enrolled his nsme in Ministry of communication & in Press council as editor of that journal? If he has got work permittion from Department of Labour? & If Red Front publication has got any government permition to admit a foreigner? Are you really a Nepali Mr Nepal?
sala khateharu… yo baidhye bhane jaat aphai bidesi dalaal rahe6…..
bidesi hastachep ko kura garni bhaidhe ba aphule je garepani hune, ani arulai chai bidesi hastachep gare bhanne kura garera nepaliharulai ranabhulla parne din gaye aaba bhudaa…
Ha ha ha tal tal ka comment padhana ramailo 6
aafhule vaneko ra gareko j pani thik thanne ani arkalai yo vayo ra tyo vayo vanne? aba bdeshi dalalko pichhlaggu vaanne pampha ji yas bisayama tapaiko pratikriya k chha…..?
हामीकहाँको राजनीतिको सबभन्दा खराब पक्ष यहि त हो नि, आफ्नो समर्थनमा भन्यो भने अशल हुने अनि बिरोधमा भयो भने बिदेशी चलखेल, खराब मान्छे सबै थोक देखिने । एउटै मापदण्ड बनाएर सबैले सहिलाई सहि अनि गलतलाई गलत भन्ने दिन कहिले आउला ?
yo CPN-Maoistko aadhikarik waktawya hoena . Maowadika antarrasdtriya bhibhag pramukh CP gajurel hun. so antargat janamaitri sangathan bhiwagha bvhanne nai chhaina. Maathi antarastriya bhiwag bhaniyeko chha tala janamaitri sangathan bibhwag bhaniyeko chha , yasto aachammko waktabya maowadi hedquartwebata kasari gayo chhaka parnu chha . patrakarharoole pani dhyan dinu paryo. Bishuhariko yo hawadari waktabya ho
Good statement and argument by dyas maobadi…