OnlineKhabar.com

दुइ टाउका भएकी बालिकाको दुर्लभ शल्यक्रिया

2070 असोज 11 गते 16:47 मा प्रकाशित

जन्मिँदै दुइवटा टाउका भएकी एक अफगानिस्तानी बालिकाको सफल शल्यक्रिया भएको छ । डाक्टरहरुले निकै जटिल मानिएको उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरी ती बालिकाको एउटा अतिरिक्त टाउको हटाउन सफल भएका छन् ।

आसरी गुल नामकी ती बालिकाको जलालावादस्थित एक अस्पतालमा शल्यक्रिया भएको हो । ती बालिकाको जन्मिँदै टाउकोको पछिल्लो भागबाट अर्को टाउको पलाएको थियो ।

two head

डाक्टरहरुले अफगानिस्तानमा भएको त्यो शल्यक्रिया अफगानी इतिहासकै सबैभन्दा नौलो शल्यक्रिया भएको बताएका छन् ।

ती बालिकाकी आमाले जन्माएका जुम्ल्याहा छोरी मध्ये एकको अवस्था सामान्य थियो भने अर्की ती बालिकाका दुइवटा टाउका थिए । छोरीको टाउकोमा दोश्रो टाउको पलाएको देखेपछि बाउआमा निकै चिन्तित बने र उपचारका लागि अस्पतालमा पुगे । तर दुइ महिनासम्म ती बालिकाको शल्यक्रिया गर्ने हिम्मत अफगानिस्तानको कुनै अस्पतालले गरेन । अन्ततः जलालावादको एक अस्पतालले ती बालिकाको निशुल्क शल्यक्रिया गरिदिने निधो गर्यो र एक हप्ताअघि ती बालिकाको सफल शल्यक्रिया गरियो । उनको स्वास्थ्यमा क्रमिक सुधार आएपछि बिहिबार घर पठाइएको छ ।

th2

डाक्टरहरुका अनुसार पाठेघरमा तिनवटा भ्रुणको विकाश हुने क्रममा तेश्रो भ्रुणको विकशित हुन नसकेपछि त्यसको अंश दोश्रो भ्रुणसँग टाँसिएका कारण दुइ जुम्ल्याहामध्ये एक बालिकाको टाउकोमा त्यस्तो अतिरिक्त टाउको जोडिन पुगेको हो । स्मरण रहोस् एक महिनाअघि भारतमा ढाड जोडिएका दुइ नाइजेरियाली बालिकाको सफल शल्यक्रिया गरि छुट्टाइएको थियो ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“दुइ टाउका भएकी बालिकाको दुर्लभ शल्यक्रिया” मा प्राप्त 1 प्रतिकृया
  • Chandraprakash chaudhary लेख्नुहुन्छ    |   2070 असोज 11 गते 21:43

    A tj