११ असोज, काठमाडौं । “लौ है कमरेड यो पटक उपत्यकामा एमालेको इज्जत जोगाउनुहोला ।” एमालेका उपत्यका समन्वय कमिटीका इन्चार्ज कृष्णगोपाल श्रेष्ठको ‘फेसबुक स्टाटस’ माथि धीरेन्द्रकुमारले दिएको प्रतिक्रिया हो यो ।
नेता श्रेष्ठले पार्टी अध्यक्ष झलनाथ खनाल र काठमाडौँ निर्वाचन क्षेत्र नं १० का उम्मेदवारका दावेदार रामकृष्ण दुवालसँग एक राजनीतिक कार्यक्रममा खिचेको तस्बिर फेसबुकमा राखेपछि त्यसमाथि फरक फरक राजनीतिक टिप्पणी आएका छन् । अर्का युवा शन्तराज पनेरुले प्रतिक्रिया दिंदै ‘देशभर फैलन खोजे पनि एमाले बालुवाको दरबार हो’ भन्ने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालदेखि चिया पसलमासमेत एमाले कार्यकर्ताबीच संविधानसभा निर्वाचनमा राजधानीजस्तो महत्वपूर्ण ठाउँमा पार्टीको अवस्था कस्तो हुने भन्ने चासो देखिएको छ । अघिल्लो संविधानसभा निर्वाचनमा उपत्यकाका सबै क्षेत्रमा पराजित एमालेले त्यसबाट पाठ सिक्दै सङ्गठन सुधार र जनसम्पर्क विस्तारलाई अघि बढाएको छ । विगतको कम्जोरीको समीक्षा गर्दै निर्वाचन प्रचार अभियानको रणनीति बनाउन एमाले जुटेको हो ।
“अघिल्लो निर्वाचनमा बढी आत्मविश्वासी भएर हामीले पराजय भोगेका थियौं । त्यो बेला कम मेहनेत गरेकाले नयाँ शक्तिका रूपमा एमाओवादी आएपछि पराजय भोग्यौं ।” एमाले उपत्यका समन्वय कमिटीका सह-इन्चार्ज सानुकुमार श्रेष्ठले भन्नुभयो । “तर यो पटकको निर्वाचनको हाम्रो मूख्य प्रतिस्पर्धी नेपाली काँग्रेससँग भएको छ ।”
अघिल्लो निर्वाचनमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग काठमाडौँ क्षेत्र नं. १० मा पराजित एमाले नेता श्रेष्ठ यसपटक समानुपातिकमा उम्मेदवार बनेर उपत्यकाको निर्वाचन परिचालनमा होमिने तयारीमा हुनुहुन्छ ।
उहाँका अनुसार हाल उपत्यकाका १५ वटा निर्वाचन क्षेत्रमध्ये दुईवटा निर्वाचन क्षेत्रमामात्रै एमालेको उम्मेदवार सुनिश्चित भएको छ । जसमा क्षेत्र नं २ मा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र क्षेत्र नं ५ मा महासचिव ईश्वर पोखरेल रहनुभएको छ । उहाँले यसपटक उपत्यकाका १५ स्थानमध्ये कम्तीमा नौ स्थानमा एमालेले जित्ने दाबी गर्नुभयो ।
अन्यक्षेत्रमा पनि उम्मेदवारको टुङ्गो लाग्ने क्रम जारी छ । एमालेले काठमाडौँ क्षेत्र नं १ मा कलाकार भुवन केसी वा विदुर मैनाली, क्षेत्र नं ३ मा रामेश्वर फुयाँल वा कृष्ण राई, क्षेत्र नं ४ मा निर्मल कुइँकेल वा विद्या भण्डारी, क्षेत्र नं ६ मा योगेश भट्टराई वा केशव स्थापित, क्षेत्र नं ७ मा वसन्त मानन्धर वा रामवीर मानन्धर, क्षेत्र नं ८ मा अष्टलक्ष्मी शाक्य वा जीवनराम श्रेष्ठ, क्षेत्र नं ९ मा कृष्णगोपाल श्रेष्ठ र क्षेत्र नं १० मा रामकृष्ण दुवाल वा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
क्षेत्र नं. ४ बाट भण्डारी र क्षेत्र नं ८ बाट शाक्यले उम्मेदवार नदिए उपत्यकामै एमालेको महिला उम्मेदवारी नहुने अवस्था भएकाले पार्टी केन्द्रको ध्यानाकर्षण गराइने एमाले वैकल्पिक केन्द्रीय सदस्य ममता गिरीले बताउनुभयो ।
एमालेले प्रचार अभियान उपत्यका समन्वय कमिटी प्रचार विभागको बैठक आजबाटै थालेको छ । प्रचार अभियानमा बुलेटिन प्रकाशन, सूचना पार्टी निर्माण, समाचार डेस्क स्थापना, सामाजिक सञ्जालको प्रयोग गर्ने निर्णय गरिएको पचार विभाग प्रमुख नारायण सिलवालले बताउनुभयो ।
प्रचार विभाग प्रमुख सिलवालले असोज १७ गते उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय जाँदा बाजागाजासहित हरेक निर्वाचन क्षेत्रबाट कार्यकर्ताको जुलुस लैजाने तयारी भइरहेको बताउनुभयो ।
क्षेत्र नं ७ का सम्भावित उम्मेदवार वसन्त मानन्धरले एमालेले पहिलो संविधानसभा निर्वाचनको असफलताले अरु पार्टीभन्दा एमालेको फरकपन र एमालेले संविधान बनाउने आधारबारे प्रचार गर्दै अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।
उपत्यकाका सह-इन्चार्ज श्रेष्ठले दसैँ अघि नै निर्वाचन परिचालन कमिटी गठन गर्ने बताउनुभयो । प्रचारकै क्रममा एमाले ललितपुर क्षेत्र नं ३ मा जीवन खड्काको संयोजकत्वमा क्षेत्रीय निर्वाचन परिचालन कमिटी गठन गरिसकेको छ । रासस
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
Good luck!
ajhai ijjat banki chha ra ?
SAMIR D.C Reply:
September 27th, 2013 at 7:06 pm
TYO TA CHUNAB LE DEKHAU6
MR.UML KO GALTI BHANEKO CONGRESS RA MAOBADI LAI KADH MA BOKNU HO.
bihar bata vote dena janata leyar aya ta hola natraaaaa ta ……………………………………….. LAG SARAM NAVAYAKA HARU JANTA KO LAGI TEME HARU LA KA KA GARAKA CHAU /DHIKAR CHA TEME HARU LAI ////////
death is already death. They are not alive ok.
Pallawi Reply:
September 27th, 2013 at 9:45 pm
Amale ko jit, sunischit xa. Yaslai kasaile rokna sakdaina .
Amale ko patta saaph, janata ko faliphaap…!
umal le jitnu bhaneko des barbadi tarf janu ho
gumeko sakh hoina itihas bata nai metiskeu aba sapana matra dekhe hunchha.jitne ta uahi pachhadi bata matra ho.chetana vaya.
euta pani jitdaina ma pani yemalekai karyekarta hun yo ghati r pratigati le jitdai jitdaina
Kasari jitne ho 9 seat? Jhallu pak6e ka sabaile party 6odlan jasto 6.hijo matra nirmal bhatrai le 6odyo, voli rabindra adhikari le,parsi laxman lamsal,arko din purai party 6odne ko pack 6 hai.
ऐमालेले यसपाली जित्ने निश्चित देख्छुl बाफ् रे बाफ!ऐमालेमा भबिश्य देख्न चाहने जमात देख्दा म त चकित भऍ !खै कुन्नि किन होला?यो पार्टी थोरै बोल्ने काम धेरै गर्ने पार्टी भएर हुन सक्छ l बोलेरै जनताका मत पाउने दिन गए अबl
पक्कै पनि जित एमाले को निष्चित छ |
agrim shubha-kamana chha
guff maatra hoina commredharu kaam pani garou hai .. yo paali jitnai parxa…
‘देशभर फैलन खोजे पनि एमाले बालुवाको दरबार हो’
वास्तवमा समाबेसि र जनताको संबिधान लेखने हो भने उपत्यकाको १५ वटै क्षेत्र सहित् देशका अधिकाम्स छेत्रमा बिज्ञ उम्यद्वार सहित् नेकपा एमालेको जीत आवश्यक छ । अन्यथा संबिधान सभा बाट नयाँ संबिधानको कल्पना कसैले नगरे हुन्छ ।
पक्कै पनि जित एमाले को निष्चित छ |
yo ma k paddai6u k6ta agenda chunabko matra yejenda lyayera janatale vot hal6n khai partiko chai agenda ??? batai 6aina jasko pipal pate harule chunab jitne laja marne kuro ajai ijjatko kura gardora………..
emaleko jitne adhar k ho? Agenda k ho? Kura matra garera chunab jitne din gayo abata. Janata aba sachet bhaisakeko chha? Kun party kasto ho bhani bujhi sakeko chha? Main kura agenda chahiyo agenda. sabai party lai chetana bhaya…
we hope this time not possible vote by dead people,so you will win.
कस्ले जित्छ त १५ हजार जनताको रगतमा होलि खेल्नेले जित्छन त?
एंमालेको समर्थक भए पनि एमाले लाइ भोट दिनु भनेको बालुवा पानि खन्याउनु नै हो त्यसैले एमाले लाइ भोट हाल्ने सोच कसैको छ भने अहिले नै त्यागि हालौ् ढुल मुले पार्टि बाट देशले केहि पाउनेवाला छैन। एमाले कै कारण ले पहिलो संबिधान सभा बाट संबिधान नबनेको सबै लाइ ग्यान भयाकै होला ।
all the best
cherta no 10 ma emale ka ummedbar Sanu Kumar Shrestha hun Krishna Gopal Shrestha hoienan, kripaya galti sachaunu hola.
कुनचाहिँ पार्टिले के लछारेको छ र एमालेलाई मात्र आरोप । यसपालीको जित एमालेको नै हुन्छ ।