जलस्रोत संरक्षण गर्ने प्रतिवद्धतासहित विश्व पर्यटन दिवस सम्पन्न

2070 असोज 11 गते 18:44 मा प्रकाशित

११ असोज, काठमाडौं । ‘जलस्रोत र पर्यटन हाम्रो साझा भविष्यको संरक्षण’ भन्ने मुल नारासहित संसारभर २७औं विश्व पर्यटन दिवस मनाइएको छ । नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरि जलस्रोतको संरक्षण र सहि सदुपयोगलाई जोड दिँदै विश्व पर्यटन दिवस मनाइयो । जलस्रोतको संरक्षण गरि नेपालको पर्यटन विकासमा प्रयोग गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

पर्यटन, संस्कृती तथा नागरिक उड्डयन मन्त्री टेक बहादुर थापा घर्तीले भावी पुस्ताका लागि जलस्रोत संरक्षण गर्नुपर्ने बताउनुभयो । नेपालमा पर्यटन विकासका लागि विमानस्थलको स्तरोन्नती तथा विस्तार, पूर्वाधार निर्माण, वायुसेवाको संख्या बढाउने, निजी क्षेत्रसँग सहकार्य गरेर नेपालका पर्यटन क्षेत्रहरुको अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्नुपर्नेमा उहाँको जोड दिनुभयो । नेपालमा पर्यटन विकासका लागि निजी क्षेत्र र सरकार आपसमा मिलेर अगाडी बढ्नुपर्ने उहाँको भनाई थियो ।

Tourism-Days2

पर्यटन सचिव सुशिल घिमिरेले जलस्रोतको संरक्षण गर्ने काम अत्यन्त चुनौतीपूर्ण रहेको बताउँदै सबै पक्षलाई जलस्रोत संरक्षणमा लाग्न आग्रह गर्नुभयो । उहाँले नेपालमा भित्रिने तथा बाहिरिने जहाजहरुलाई त्रिभुवन विमानस्थलले मात्र थेग्न नसक्ने बताउँदै भैरहवामा रहेको गौतम बुद्ध विमानस्थललाई एडीबीको सहयोगमा अन्तर्राष्ट्रिय स्तरको बनाउने काम अगाडी बढीसकेको जानकारी दिनुभयो ।

नेपाल ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल -टान) का नवनियुक्त अध्यक्ष रमेश धमलाले राजधानीमा रहेका नदीहरुको संरक्षण गर्ने घोषणा गर्नुभयो । राजधानीमा बग्ने नदीहरुको संरक्षण गर्न १ हजार टे्रकिङ व्यवसायीहरुलाई उतार्ने उहाँले आश्वासन दिनुभयो । उहाँका अनुसार भोलीदेखि नै बाग्मती र विष्णुमतीको सरसफाई अभियान सुरु हुनेछ ।

Tourism-Days-3

पर्यटन बोर्डका निमिक्त कार्यकारी प्रमुख सुभाष निरौलाले सबै पर्यटन व्यवसायीहरु नदीनालाको संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभयो । नेपालमा जल पर्यटनको राम्रो सम्भवना रहेको हुँदा विश्व पर्यटन दिवसमा राखिएको नारा नेपालका लागि लाभदायक हुने उहाँको भनाई थियो ।

दिवसको अवसर पारेर मिस शेर्पा २०१२ को बिजेता छिमी शेर्पा र जेष्ठ सगरमाथा आरोही मिन बहादुर शेरचनलाई सद्भवना दूतको सम्मान प्रदान गरिएको छ । त्यस्तै, पर्यटन बोर्डका साहसी गार्ड तुलसी पोखरेललाई पनि सम्मान गरियो ।

सोही अवसरमा टिम्स कार्ड काउण्टर, हेल्प डेस्क इन्फरमेसन सेन्टर, ग्रेट वुद्धिष्ट ट्रेलको सार्वजनिक गरिएको छ ।

Tourism-Days

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...