OnlineKhabar.com

८५ वर्षीय वृद्धले चुनाव लड्ने

2070 असोज 11 गते 17:08 मा प्रकाशित

 ११ असोज, गोरखा । संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ सभासद हुन गोरखाका ८५ वर्षीय एक वृद्धले उम्मेद्वारी दिन लाग्नुभएको छ । छोप्राक गाविस-८ जैसीथोकका विष्णु पोखरेल चुनावी दौडधुपमा जोशका साथ लागि पर्नुभएको छ ।

पञ्चायतकाल र बहुदलमा तीन पटकसम्म वडा अध्यक्षमा विजयी पोखरेलले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फबाट प्रत्यक्षतर्फको टिकट पाउनुभएको छ । आफू सभासद भए वृद्धवृद्धा, असहायहरुको हक अधिकारको लागि काम गर्ने उहाँले बताउनुभयो । रासस

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“८५ वर्षीय वृद्धले चुनाव लड्ने” मा प्राप्त 5 प्रतिकृयाहरू
  • Jan aawaj लेख्नुहुन्छ    |   2070 असोज 11 गते 20:25

    yuwa ta parti ma huna pani paryo ni ta ticket lin lai ,free jastai ticket ma jasle uthda pani bho ni ,ummedwar bhanda ticket badhi bhaye pachhi jasle pai halchh ni ani yesta parti bahumat layne re ha ha ha ha ha ……….yestai budha khada le dhaneko parti ta honi .

  • Gorkhali Tiger लेख्नुहुन्छ    |   2070 असोज 11 गते 21:03

    ya buda yo ke garna layako aaba palo nati haru ko ho tapai haru aaram garnuhos.

  • rudra लेख्नुहुन्छ    |   2070 असोज 11 गते 21:17

    Yo ta khusi ko kura ho kina ki yo budeskal ma pani jos palayaxa pokharel hajur ba ko. tara bichara gorkha jasto akikrit maubadi ko jad vayako thauma raprapa nepal ko ganera kati vot aula vannai sakinna.

  • deven लेख्नुहुन्छ    |   2070 असोज 11 गते 22:44

    old is gold……

  • महादेव लेख्नुहुन्छ    |   2070 असोज 11 गते 23:00

    बृद्ध भत्ता खाएर बस्ने बेलामा के चुनाव लडेका होलान हरे !