१२ असोज, काठमाण्डौं । दोस्रो संविधानसभा निर्वाचन सुरक्षाको दृष्टिले पहाडी जिल्लाहरुलाई समेत सरकारले अति संवेदनशील जिल्लामा सेनालाई बढी जिम्मेवारी दिने सरकारको तयारी छ ।
सुरक्षा चुनौतीका आधारमा जिल्लाहरुलाई तीन तहमा बाँडिएको छ । अति संवेदनशील, बढी संवेदनशील र सामान्य गरी एकीकृत सुरक्षा योजनामा जिल्लाहरु वर्गीकरण गरिएको छ । १६ जिल्लालाई अति संवेदनशील, २० जिल्लालाई बढी संवेदनशील र बाँकीलाई सामान्यमा राखिएको छ ।
सुरक्षा योजनामा नेकपा-माओवादीको प्रभाव रहेको भन्दै प्युठान, जाजरकोट र रोल्पालाई सुरक्षाका दृष्टिकोणले अति संवेदनशील जिल्ला मानिएको नयाँ पत्रिकामा खबर छ । पूर्वको ताप्लेजुङ पनि अति संवेदनशील जिल्लामा राखिएको छ । ताप्लेजुङमा जातीय समूहका कारण अति संवेदनशीलको सूची राखिएको योजनामा उल्लेख छ ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
yo kura sahi satupayog vayo vane ta thikai xa tara tesho 2 kadam ko pani khyal garnu ramo hola take care who will be in that mission ……Nway election chai nispkhya hosh dar ra dhaaki ko bahulya bad ko anta hosh hami nepali hamro desh free feel garera participate huna paush