१२ असोज, काठमाण्डौं । नेपालका एक लाख ८५ हजार युवा लागुऔषध प्रयोगकर्ता रहेको पाइएको छ । तीमध्ये झन्डै एकलाख ५० हजार प्रयोगकर्ता लागुऔषध छाड्नै नसक्ने अवस्थामा रहेको बताइएको छ ।
लागुऔषध प्रयोगकर्ताहरुको सुधार तथा पुनस्थापना कार्यमा सञ्चालित संस्था नार्कोनन् नेपालले हालै गरेको अध्ययन अनुसार छाड्नै नसक्ने अवस्थाका प्रयोगकर्तामध्ये झन्डै २६ हजार युवती रहेको पाइएको छ । तर, समाज तथा परिवारको डरले युवती सुधारगृहमा आएर उपचार हुन नसकेको समते जनाइएको छ ।
अन्तर्राष्ट्रिय नार्कोनन् दक्षिण एसियाली संयोजक बसन्तराज कुँवरले नेपालमा १४ देखि १८ वर्ष उमेरसमूहका किशोरकिशोरी लागूऔषध दुव्र्यसनमा फस्ने गरेको बताएको नयाँ पत्रिकामा खबर छ ।
प्रयोगकर्ताहरुले चुरोट, गाँजा, ब्रोफिन, नोफिन, डाइजापाम, फेनार्बोन, हेरोइन, लुपिजहरु लागुऔषधको रुपमा प्रयोग गर्दै आएका छन् ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
guys be careful!!
narconan pani lutna baseko matra ho…………. mero bhai lai 9 months samma rakhda pani kei sudhar vayan, ultai teha kutpit garer manasik ra sharirik yatana diene gario…………….
sahi kura patta lagaunu vayexa aghai badxan chinta nalinu
Really narconon le fee dherai lincha. Result nune chha samanya manche le pani tiya upachar garne batawarad banaunu parcha