OnlineKhabar.com

चुनाव जितेका र निकटतम प्रतिद्वन्द्वी भएका एमाले नेताले टिकट पाउने

2070 असोज 12 गते 8:20 मा प्रकाशित

१२ असोज, काठमाण्डौं । संविधानसभा निर्वाचनका लागि उम्मेदवार छनोटमा एमालेले नयाँ मापदण्ड तय गरेको छ । मनमोहन प्रतिष्ठानमा एक सातादेखि जारी स्थायी समिति बैठकले उम्मेदवार छनोट प्रक्रियालाई सहज बनाउन भन्दै अघिल्लो चुनावमा जितेका र निकटतम प्रतिद्वन्द्वी भएकालाई सोही क्षेत्रबाट उम्मेदवार बनाउने मापदण्ड तय गरेको स्रोतले बताएको छ ।

नयाँ मापदण्ड तल्लोतहबाट सिफारिस भएकालाई मात्र लागू हुने भएको छ । एमालेले क्षेत्रीय कमिटी र जिल्ला कमिटीबाट नाम मागेको थियो । ती कमिटीबाट आएको नाममाथि एक सातादेखि स्थायी समितिमा निरन्तर छलफल जारी रहेको नयाँ पत्रिकामा खबर छ । नयाँ मापदण्ड तय भएसँगै अघिल्लो संविधानसभामा विजयी भएका ३१ पूर्वसभासद् पुनः उम्मेदवार बन्ने भएका छन् ।

पहिलेको निर्वाचनमा निर्वाचित ३४ सभासद्मध्ये संखुवासभाबाट निर्वाचित डम्बर खड्काको निधन भएको छ भने सर्लाहीबाट निर्वाचति रिजवान अन्सारी र धनुषा-१ बाट निर्वाचित रामचन्द्र झाले पार्टी छाडेका छन् । यी तीन ठाउँमा भने नयाँ अनुहारले अवसर पाउनेछन् ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“चुनाव जितेका र निकटतम प्रतिद्वन्द्वी भएका एमाले नेताले टिकट पाउने” मा प्राप्त 13 प्रतिकृयाहरू
  • युगेश श्रेष्ठ लेख्नुहुन्छ    |   2070 असोज 12 गते 8:30

    त्यसो भए माधव कुमार नेपालले पनि पो टिकट नपाउने भए छ हा हा हा

    npl Reply:

    tha chaina bhane nabolnu… aafno haisiyet kina dekhauchau ? madab nepal dubai thau ma second bhaye ko ho ……

    fsf Reply:

    afaff

  • Hari Kumar Neupane लेख्नुहुन्छ    |   2070 असोज 12 गते 9:24

    निकटतम प्रतिद्वन्द्वी le ni paune kura ullekh gariyeko chha…. Madhab nepal aafule hareka 2 chhetra kai निकटतम प्रतिद्वन्द्वी hun…@ Yogesh!!!

  • muni लेख्नुहुन्छ    |   2070 असोज 12 गते 9:25

    galata nirnay!uhile ra ahile neta ko lokpriyeta dherai utar chadawo bhayeko hun6,teso garda aru lai faida hun6

  • Arjun लेख्नुहुन्छ    |   2070 असोज 12 गते 9:45

    uml jasto phata haru ko party ta Nepal ma chaina. Desh dhrohe daka tanki ma paisa lukaune chorharu, milijuli desh ko lutera. Yesto chor daka harulai haraunu parcha aba ko election ma

  • uttam लेख्नुहुन्छ    |   2070 असोज 12 गते 9:56

    nikatam pratidondi bhaya pani 202 thau bata harnelai chai ticket dinu hunna 6asto lag6

  • Deepak लेख्नुहुन्छ    |   2070 असोज 12 गते 11:18

    यो arjun भन्ने प्रचण्डको पाल्तु कुकुर हो क्या धरै भुक्यो त!

  • dp dakhal लेख्नुहुन्छ    |   2070 असोज 12 गते 11:18

    yo mapdand ati thik chha ki ab uml pahilo party vayar chhodchha

  • parchanda लेख्नुहुन्छ    |   2070 असोज 12 गते 21:00

    uml yo election ma Asok rai ko party ko jati ni mat paudaina. Uml ko astito sakiyo.yo 1 history ma matra cimit hunxa.

  • आकृति लेख्नुहुन्छ    |   2070 असोज 12 गते 21:51

    एमालेबाट पहिले दोस्रा भएका अहिले तेस्रा हुनेछन्,जितेका दोस्रा हुनेछन् । अरू झिनामसिना बबुराको के गन्ती गर्नु ? समानुपातिकको प्रावधान नराखेको भए त जिरै सिट पो हुने रैछ त गाँठे !

  • psharma लेख्नुहुन्छ    |   2070 असोज 13 गते 4:56

    Teso chai haina, Pahila jiteka 38 savasad le vari matantar le jitxan, pahila dosro vayeka 80 umedwar le 100% jitxan ra aru 122 naya le kada pratispardha ma gayera 30% samma le jitna sakxan. yeso vaye uml ko bahumat nischit xa.

  • rabindra लेख्नुहुन्छ    |   2070 असोज 13 गते 7:15

    KP OLI LAI HARAU, UML LAI JITAU!