OnlineKhabar.com

कथा- दोस्रो बिहे

2070 असोज 12 गते 9:28 मा प्रकाशित

नीलम कार्की नीहारिका

पत्रपत्रिकामा व्यापक हल्ला भयो । रेडियो, एफ्. एम्.का लागि गहकिलो विषय बन्यो । सानो उमेरमा कमाएको उसको प्रतिष्ठा खाक भयो, अड्कल काटे विज्ञहरूले । नपुगेको के थियो र ? आइमाईको बुद्धि घिच्रोमा हुन्छ भनेको यही हो, एक थरीको भनाइ ।

श्रीमान्को प्रतिक्रिया- म यस विषयमा बोल्न चाहन्नँ, आइमाईको चरित्र बुझिनसक्नु हुँदो रहेछ । जानुभन्दा एक मिनेटअघिसम्म मलाई भान भएन, उस्तै व्यवहार गर्थी, उस्तै स्याहारसम्भार ।

कुकुरलाई घिउ पच्दैन भनेको यही हो ।

neelamkarkiपत्रकार, रेडियोकर्मी उसको डेरामा पुगे । कहाँको त्यो वैभवशाली घर बङ्गला ? कहाँको दुई कोठे डेरा । पहिला उनको घरमा जाँदा गेटमा पालेको रखवाली, पालेसँगको अन्तर्वार्ता पूरा भएपछि मात्र पाइन्थ्यो भित्र पस्न । अहिले सरासरी पुगिन्छ कोठामा । धेरै ढिपी गरेपछि खुल्न तयार भइन्, हाम्रो सामु ।

प्रश्न- श्रीमान्ले कुटपिट गर्थे ?

– कहिल्यै कुटेनन् । झूट बोले पाप लाग्छ ।

प्रश्न- खान, लाउन कुनै कमी थियो कि ?

– त्यो हुने कुरै भएन, नोकरचाकरलाई पनि त्यो समस्या छैन भने म त श्रीमती ।

– अनि किन त ? प्रश्नको सङ्केत दोस्रो बिहेतर्फ ।

केही क्षणपछिको जबाफ- सोच्छन्, हो म बहुलाएँ, या त सोच्छन् म चरित्रहीन भएँ ।

– प्रेमविवाह हो क्यारे ?

– होइन, बिहेपछि भने मैले प्रेम गर्न खोजेँ ।

– यहाँको जस्तो जीवन पाए भनेर टाउको पिट्ने कति छन् । बङ्गला, गाडी, नोकरचाकर, धनदौलत के कमी थियो र फेरि ?

– बङ्गला, गाडी, तब के नै चाहिन्छ एक जीवन काट्न होइन ?

केहीबेर सोचमा डुबिन् उनी ।

– संसारको सबैभन्दा अभागी आइमाई छु भन्ने लाथ्यो मलाई ।

– श्रीमान्बाट कुट्ने-पिट्ने थिएन, धनदौलत, ऐस-आराम सबै थियो अनि फेरि ? कसरी अभागी ?

– त्यति हो जिन्दगी ? त्यसभन्दा बाहेक पनि त केही छैन, अलि भित्र पस्नुस् न जीवनभित्र ।

एकमुष्ट जबाफको खोजी भयो हामीबाट ।

– यहाँहरूको जोडी पनि असाध्य मिल्या थ्यो र यहाँ जति सुन्दर हुनुहुन्छ उहाँ पनि त्यति नै राम्रो ।

– मलाई ज्यादै सुन्दरी ठान्नुहुन्छ यहाँहरूले ? तर उहाँको आँखाले कहिल्यै नियालेन मलाई ।

– चट्ट परेर बसेकी हुन्थेँ उहाँ बाहिरबाट आउनुहुन्थ्यो । हाम्रा आँखा चार हुन पाएनन् । तलदेखि माथि कहिले हेरेको थाहा भएन । उहाँको आँखा भएर हेरिन पाइनँ । तारिफका शब्द सुन्न कान लालायित भएर पनि थाके । आँखाले अन्तै केही खोजेजस्तो । अनि त राम्री हुने जाँगर कहाँ रहन्छ आइमाईमा ?

थपिँदै गयो घटना-विवरण

– उहाँलाई मन पर्ने खाना बनाउन, कहिले आˆनै हातले बनाएर पर्खिबस्थेँ- स्वाद मानेर कहिल्यै खानुभएन अनि भान्छामा पस्ने जाँगर कहाँ ? आऊ सँगै खाऊँ कहिल्यै भन्नुभएन । अनि भोक कहाँ ?

– सँगै बसेर टेलिभिजन कहिल्यै हेरिएन । म पुगेपछि उहाँको सुत्ने बेला ।

म ओछ्यानमा पुग्दा भित्तातिर फर्केर निदाइसक्नुभएको हुन्थ्यो । साहस बटुलेर केही पटक उठाएँ पनि । “डिस्टर्ब नगर न प्लिज” भन्नुभयो, मतिर कोल्टे र्फकनुभएन । थाहा हुन्थेन निन्द्रामा बोलेको हो कि बिपनामा ।

– साथीहरू भेला हुँदा अनौठो अनुभव सुनाउँथे, नीला डाम देखाउँथे । म लाटीझैँ सुनिरहन्थेँ- यस्तो पनि हुन्छ र ?

– बिहान पूजासकेर ओछ्यानमा चिया लिएर जान्थेँ र साथीहरूको कुरा सम्झँदै । मन कल्पिन्थ्यो केके हो केके ? म चिया लिएर उभिनै रहेकी हुन्थेँ उहाँ बाथरुमभित्र छिर्नुहुन्थ्यो । चियासँगै म चिसिन्थेँ । यही प्रक्रिया चलिरहृयो । पछि चिया लान छाडिदिएँ ।

– बिहानको खाना प्रायः उहाँको बाहिर नै हुन्थ्यो । घरमा खाने अवसर पाउँदा म बोलिरहन्थेँ एकोहोरो । उहाँ टाउको मात्र हल्लाउनुहुन्थ्यो कुनैकुनै बेला । म पनि कम बोल्न लागेँ ।

– उहाँको अफिस जाने तयारी चल्दा कोठामै अलमल गरेर बस्थेँ । सरक्क निस्कनुहुन्थ्यो । थाहा भएन अँगालोमा बाँधिनु के हो ? लाग्थ्यो सँगीहरूले झूटो बोलेका हुनुपर्छ – आˆनो श्रीमान्को बारेमा ।

– आफू अफिस पुगेपछि मौका मिलाएर फोन गर्थें । उहाँले सोध्नुहुन्थ्यो “के काम छ ?” मैले भन्थेँ- “खासै छैन ।” उहाँले भन्नुहुन्थ्यो “किन गरेको त्यसो भए ?” मोबाइलमा कुनै बेला क्यान्सिल गरिदिनुहुन्थ्यो, मन नराम्ररी चिमोटिन्थ्यो । सँगै खाजा खान गइएन । श्रीमान्-श्रीमती होटलमा सँगै लन्च-डिनर लिन्छन् भन्दा अचम्म लाग्थ्यो- यस्तो पनि हुन्छ र ?

– सँगै रहँदा जन्मदिनहरू आए । म्यारिज एनिभरसरीहरू आए । शुभकामनाका दुई शब्द कहिल्यै पाइनँ, उपहार त सपनाको कुरा । मध्यरात बितिसक्दा पनि मनले कुरिरहन्थ्यो । बिहेको दोस्रो वर्षमा भनेँ- “मलाई यस्तो मन पर्छ । नजिक बाँधेजस्तो लाग्छ । एक पत्ता टिकी, एक दर्जन चुरा नै किन नहोस् यस्तो बेलाको उपहार अति प्यारो हुन्छ ।” उहाँले सुनि मात्र रहनुभयो । मैले सोचेको थिएँ – मलाई राम्रो लाग्ने कुरा गर्न उहाँलाई मन पर्ला । त्यसपछिका जन्मदिनहरू पनि जसरी आए त्यसै गरी गए । कुनै परिवर्तन भएन । म भने कुर्न छाडिनँ । सायद, श्रीमती कुरा बनाउँछन् मेरो श्रीमान्ले दियो भनेर- मन बुझाउँथे यसरी ।

– बिहे भएपछि दुई जना घुम्न जान्छन् भन्ने सुनेकी थेँ, घुम्न किन जान्छन् मलाई थाहा भएन । यस्तो पनि हुन्छ र ?

– यसैबीच म गर्भवती भइछु । मैले उहाँलाई सुनाएँ । उहाँको मुखमा न खुसी थियो न दुःख नै । भावविहीन । मैले केही पढ्नै सकिनँ । हर्ष छ कि विस्मात ।

– पछि चार महिनाको गर्भ गयो । गमलामा रोपेको बिरुवा सुकेर जाँदा त मन चुँडिन्छ भने मेरो कोखको सन्तान । म रित्तिएको आभास भयो । रोएर तकिया साँच्चै भिज्दो रहेछ । आधारात बित्दा समेत बैठकमै बसेर क्रिकेट हेरिरहनुभयो । टेलिभिजन हाम्रो कोठैमा पनि थियो, मैले कोठामा बस्न अनुरोध गरेकी थिएँ । भन्नुभयो – ग्रुप भएर हेर्न मजा आउँछ । बैठकमा चिच्च्याउनुहुन्थ्यो उहाँहरू ‘छक्का, क्याच Û’ म रगत र आँसुले लतपतिरहेँ । उहाँ क्रिकेटको हारजित सकिएपछि बैठकमै निदाउनुभएछ ।

– मन पर्ने लुगा, मन पर्ने खानासम्म थाहा भएन उहाँलाई । कहिल्यै एक जोर लुगा किनेर दिनुभएन – सँगै बजार कहिल्यै गइएन ।

– बाहिर सँगै निस्किनै हालियो भने अगाडि सँगैको सिटमा कोही परिवारको सदस्य या अरू नै हुन्थे, कहिल्यै सँगै बसिएन ।

फोनको घण्टी बज्यो- एक्लै सर्माइन्, भुतुक्क आफैँसँग । फेरि कुरा अगाडि बढाइन् ।

– एक दिन साहस बटुलेर पोखेँ आˆना गुनासाहरू । झन्डै वादविवाद नै भयो । “तिमी मसँग खुसी छैनौ भने आˆनो बाटो रोज” ठीक यही वाक्य बोल्नुभएको थियो उहाँले । त्यस रात धेरै रातिसम्म म रोइरहेँ । उहाँको अगाडि पहिलो पटक रोएकी थिएँ । उहाँ भित्तातिर नै फर्किरहनुभयो, कोल्टे नफेरीकन भन्नुभयो, “मेरो दिमाग चाट्ने काम नगर ।”

– हो, उहाँले कमाइको पैसा मेरो हातमा राखिदिएर भन्ने गर्नुहुन्थ्यो- ‘बैङ्कमा पठाइदिनू ।’

– जिन्दगीको त्यत्रो यात्रामा मन्दिरसमेत सँगै गइएन । श्रीमान्-श्रीमती बोलाइएका बिहे पार्टीमा समेत सँगै भइएन । उहाँ जानुहुन्थ्यो अफिसबाटै । चू. लेखेको कार्ड टेबलमा हाँसिरहन्थ्यो ।

– दोस्रो पटक म गर्भवती भएकी थिएँ । आफैँ डाक्टरकहाँ जान्थेँ जचाउन । कुनै दिन सोध्नुभएन कस्तो छ- मेरो र बच्चाको हालत । मलाई ज्वरो आउँदा, निधारमा छाम्नुभएन कहिल्यै । त्यस दिन बिदाको दिन थियो । घरै बस्न अनुरोध गरेँ । ज्यादै गाह्रो भाथ्यो शरीरमा, मन्दमन्द पेट दुखिरहेथ्यो । साथीको बच्चाको भात खुवाइमा नगै नहुने बताएर उहाँ निस्कनुभयो । त्यही दिन उहाँ नर्फकंदै असहृय पेट दुखेर मेरो गर्भ गयो दोस्रो पटक । दुखाइ, आमा बन्न नसक्नुको पीडाले छटपटाएँ । उहाँले मसँगै बसेर सान्त्वनासम्म पनि दिनुभएन । मेरो टाउको सुमसुमाउनुभएन, हात समाउनुभएन । आँसु बगिरहृयो । मन फुकाएर रुने साथी पाइनँ, त्यस बेला ।

कुरा गर्दै रहँदा फोनको पुनः घण्टी बज्यो- उनको मुखमा जून फुल्थ्यो । फोनमा कुराकानीपछि –

– मन विरक्तिँदै गयो । बाँच्नुभन्दा मर्नुमा नै जीवनको सार्थकता देखेँ । त्यो जीवनभन्दा आरामदायी रोजेँ । तन्नाको पासो बनाएर झुन्डिएँ पनि । दुर्भाग्य तन्ना च्यातिएर म बचेँ । यो घटनालाई लिएर उहाँ ममाथि बजि्रनुभयो । “के गर्न खोजेकी मेरो बेइज्जत ? म समाजमा मुख देखाउन लायकको रहने थिइनँ ।” ज्यादै रिसाउनुभयो । हाम्रो दूरी बढेको अनुभव भयो त्यस बेला ।

– दूरी बढ्दै गयो । दूरी बढ्दै गयो सरासर ।

– एक दिन मैले भनेँ- “हाम्रो दूरी बढ्दै छ । कृपया यसलाई रोक्नुस् ।” उहाँले भन्नुभयो, “मलाई धम्की दिएकी ?” मैले भनेँ, “मलाई सहयोग गर्नुस् दूरी बढिरहेको छ । यसलाई चाहेर पनि छोट्टाउन नसकिएला कुनै दिन ।”

– दिन उस्तै रहे । कुनै परिवर्तन आउन सकेन ।

– म चुरोट पिउन लागेँ लुकीछिपी ।

– लोग्नेको छातीमा निदाउनुमा स्वर्ग छ भन्थे, मलाई थाहा थिएन त्यो स्वर्ग कस्तो हुन्छ ?

कुरा चल्दै रहँदा तीन पटक फोन आयो । मुस्कुराउँदै भनिन्- ‘मलाई अलि टाउको दुखेकोले कस्तो छ भनेर सोध्नुभएको उहाँले ।’ अलि लाजमानी शिर निहुराइन् यति बेला ।

हो मैले सँघार नाघेकी छु । उहाँले कुट्ने-पिट्ने कहिल्यै गर्नुभएन, खान-लाउन प्रशस्त थियो । त्यसको अर्थ रहेन ।

हामीलाई बिदा गर्ने सुरमा भनिन्-

“भोलि आउनुभएको भए हामी कुरा गर्न सक्ने थिएनौँ । भोलि मेरो जन्मदिन पारेर हामी एक साताको लागि घुम्न जाँदै छौँ । भरे नै हामी हिँड्छौँ यहाँबाट ।”

घाँटीको दाहिनेतिर कालो कोठीनिर सानो नीलडाम हाँसिरहेको थियो ।

(नीहारिकाको कथासंग्रह हवनबाट)

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“कथा- दोस्रो बिहे” मा प्राप्त 0 प्रतिकृयाहरू
  • Prakash Truth Seeker लेख्नुहुन्छ    |   2070 असोज 12 गते 9:36

    Old story with inferior quality! why do you post such already published story? Is there no fresh writer?

    Amrit Reply:

    मलाई एउटा कुरा चित्त बुजेन… सुत्दा खेरि श्रीमान सधै कोल्टे फर्केर सुतनी श्रीमान को अंगालो मा श्रीमती कहिले पनि नाबाधिएको रे अनि गर्व चाही कसरि रह्यो दुइ दुइ पल्ट ??

  • madhav paneru लेख्नुहुन्छ    |   2070 असोज 12 गते 9:56

    कथा पुरै त पढीएको छैन , तर एउटा जिज्ञासा आयो , कहिल्यैपनि अनुहारपनि राम्रो संग नहेर्ने अनि कोल्टे फेरेर सुत्नेको गर्भ चाही कसरी बस्यो त? गर्भ बस्नको लागि आबस्यक प्रकृयामा सहभागि त भएको देखिन्छ त? त्यसो भए कथाको सारको अर्थ सेक्स र माया हो भने …………….. ?

    s maden Reply:

    oho,, sir,, tyo garva ta tyo 2 kotha vako kta sanga ko ho…

  • Prakash Datt Bhatt लेख्नुहुन्छ    |   2070 असोज 12 गते 10:37

    भविस्यमा पनि यस्तै लेख-रचना लेख्नूहोस् भनी यो पाठकको तर्फबाट शुभकामना ……..

  • sunil shahi लेख्नुहुन्छ    |   2070 असोज 12 गते 10:42

    the story is awesome I like the way the story is plotted and it is also a reality of this society. The strong message of this story is that wealth,property, money is not everything if there is no love, satisfaction then it becomes worthless and women psychology without love is beautifully described.The main motto of the story “life without love”is so heart touching………..

  • sunil shahi लेख्नुहुन्छ    |   2070 असोज 12 गते 10:48

    Though the baseline of the story is not new but the effort is appreciable………..

  • suman adhikari लेख्नुहुन्छ    |   2070 असोज 12 गते 11:12

    man chhoyo, thanks a lot to writer.

  • bikram लेख्नुहुन्छ    |   2070 असोज 12 गते 11:13

    ban ko bagha le nakhaye ni man ko bhagha le chai khaye cha yi aimain lai………

  • Sudip Poudel लेख्नुहुन्छ    |   2070 असोज 12 गते 11:34

    Good realistic story

  • हेल बहादुर बुढाथोकी लेख्नुहुन्छ    |   2070 असोज 12 गते 12:08

    दोश्रो बिहे भन्ने बित्तिकै बिक्रिति वा वैंशको उन्मात्‌ नै हो भन्ने सोच राख्‍नु मुर्खता हो । जब सम्म श्रीमान्‌ र श्रीमती बीचमा प्रगाढ माया र प्रेम हुदैन, एक अर्काको भवना बुझिदैन र बुझ्ने प्रयत्‍न पनि गरिदैन भने त्यस्तो नारकीय जिन्दगी जिउनुको अर्थ रहदैन । आत्महत्या कहिल्यै पनि त्यसको समाधान वा दुख, पीडा र अन्यायपूर्ण जीवन प्रतिको विजय होइन, जीवनदेखिको हार अनि कायरता हो । आफ्नो अमुल्य जिन्दगीको महत्व बुझ्दै कोही मन मिल्ने जोडिसँग सन्तुष्टिपूर्ण जीवनको गोरेटो पहिल्याउनु नै बुद्धिमानी ठान्छु । यसमा सामाजिक तथा कानूनि अड्‍चन होइन प्रोत्साहन्‌ अनि उचित शिक्षाको जरुरी छ ।

    SURYA PRASAD TIMILSENA Reply:

    ma yak abibahit tuwa hu, baibahik jiban maile vogeko chaina, baru planning ma chu, ra sampurna ghatana wa vanu katha kram lai niyal da. maile yo anuvuti gare,ra yas ma ti budmani mahila lai ma, atmai dekhi avibadan garchu ma, ra unko tyo decision , bastabmai sammananiya pani cha, ra sampurna katha premi harumama yahi nai anurod garda chu, ra malai vane k hi sikcha prapti vayako van hudai cha, tan manai dekhi dhanyabad prakat garna chahanchu ma,ra sabaile garva ko kura lai focasing garnu vako cha, tyo malai aawasyak chaina ,kaha, kasari, k vayare, tes bahek ka thuprai bastabik ta ko uajagar gariyako pani ta cha ni, ho testa bisaya nai sabai thok ho mero nimti,,,,,,,,,,,,,

  • mausam karki लेख्नुहुन्छ    |   2070 असोज 12 गते 12:23

    awesome story, really it touches heart. To make a awesome life every husband and wife must have respect/love to each other, love makes life beautiful.

  • keshav लेख्नुहुन्छ    |   2070 असोज 12 गते 12:33

    yo katha ta nakacharo manishle padhne khalko rahechha. Na herne na sunne logne le kasari garwati bhaien ti aaimai?
    pagal ko katha ho o.

  • Sanjay Neupane लेख्नुहुन्छ    |   2070 असोज 12 गते 12:50

    Neelam ji kaha sweden bata lekheko lekh ho yo…waha lai chinne byaktile bhaye pani yo prashna ko jawaf dinuhola…lekh ta ramro cha.

  • keshab magar लेख्नुहुन्छ    |   2070 असोज 12 गते 13:18

    yeha dherai mitra haruko gunaso “logne vittatira farkera sutne vaye garva kasari rahayo vanne 6” aadrniya mitra haru maile buje anusar jatibela logneko ichha vayo teti bela youn (sex) vayo maatra vautik sukh ko lagi tyo aatimiye vayena jun sreematile chahanthin. Logne aaphno vautik sukh paraptiko lagi matra sex gareko jasto lagyeo malai. Mero bujaima katha yekdamai tru storyma based vaye jasto lageyo

  • Nanu लेख्नुहुन्छ    |   2070 असोज 12 गते 13:20

    If it is true story then wife took right decision coz wife are not dog or animal they are also human they need love , care , accompany, encourage, help & it’s right to get it. congrats ,
    @ Keshav @ Madhav ji sriman le ek kukur ko wa janwar ko byabhar garyo vane 2 palta ta k sayau palta pani garva rahana sakxa . tesaele aafno srimatilae rupiya paesa gadi bangala ma matra simita rakhna pap galat ho janwar ko jasto saririk sambandha rakhyo xodyo it’s tooo bad testa manxe le bibah kahile nagarnu . sex ko pyasa lage tehi rupiya , dhan , gadilae gayer garnu hai .

  • Ramesh Pathak लेख्नुहुन्छ    |   2070 असोज 12 गते 13:38

    पुरै अंश नभए पनी यहा पस्केको जती कथा पढियो।सबैकुरा हरु मनसिब नै लागे अनी घटना समाज सान्दर्भिक पनी लाग्यो पुरुस प्रधान सामाजको तर काल्पनिक दुनियामा कथाकार बढी रुमलिएको अनुभव भयो।साराम्समा कथा आफैमा पुर्न छैन।

  • मिलन श्रेष्ठ लेख्नुहुन्छ    |   2070 असोज 12 गते 14:06

    मैले यो कथा बुझी कि बुझिन राम्रो संग थाहा भएन| तर कथा उत्कृस्ट भाषामा लिखिएको छ |

  • kawasoti sharma लेख्नुहुन्छ    |   2070 असोज 12 गते 15:16

    जे जसरि लेखियेता पनि केहि नलेज पाइन्छ /पढ्दा समय बर्बाद भएको महसुस भएन /निरन्तरता र स्तरीयताको लागि सुभ-कामना /

  • Jagat Bahadur Khimbule rai लेख्नुहुन्छ    |   2070 असोज 12 गते 17:40

    Story kalpanitirai dherai dhalkeko chha tapani rochok ra kehi samajma ghatne aantarik dwanda jasto lagyo. Je hos kathama mithas pae.

  • DHARMA RAJ KHANAL लेख्नुहुन्छ    |   2070 असोज 12 गते 17:54

    कथा पुरै त पढीएको छैन , तर एउटा जिज्ञासा आयो , कहिल्यैपनि अनुहारपनि राम्रो संग नहेर्ने अनि कोल्टे फेरेर सुत्नेको गर्भ चाही कसरी बस्यो त? गर्भ बस्नको लागि आबस्यक प्रकृयामा सहभागि त भएको देखिन्छ त …………….. ?

  • ओझेल लेख्नुहुन्छ    |   2070 असोज 12 गते 17:56

    यो आबश्यक छैनकि कथाले सबै पाठकको मन छुनु पर्छ । अधिकांस कमेन्ट कथालाई नकारात्मक ढंगले ब्याख्या गरिएको देखिन्छ, कमेन्ट गर्नु भन्दा पहिले आफ्नो दृष्टिकोणलाई थोरै बदलेर हेर्नेकी?
    समग्रमा कथाले दिन खोजेको सन्देस राम्रो लाग्यो ।

  • pasang लेख्नुहुन्छ    |   2070 असोज 12 गते 18:07

    nilam karki niharika redio ma maile derai suneko nam ho uhako aafnai katha ta hoina yo je hos katha man paryo…….

  • Dilli kumar karki लेख्नुहुन्छ    |   2070 असोज 12 गते 18:11

    सुत्दा खेरि श्रीमान सधै कोल्टे फर्केर सुतनी श्रीमान को अंगालो मा श्रीमती कहिले पनि नाबाधिएको रे अनि गर्व चाही कसरि रह्यो दुइ दुइ पल्ट ?? – See more at: http://www.onlinekhabar.com/2013/09/121176/#sthash.WBmG8mW9.7MYywyx4.dpuf

  • Neutral Sandesh लेख्नुहुन्छ    |   2070 असोज 12 गते 19:30

    Fully Property, Fully satisfaction sexual life, Fully Lovable life and Fully Romantic life partner होस् भन्ने परिकल्पनाले ग्रस्त भएर बैवाहिक जीवनमा उल्लेखित कुराहरु मद्धे कुनै कुरामा अलि कति पनि कमि हुँदैमा दुखः महसुस गर्ने चाहे त्यो पुरुष होस् चाहे त्यो महिला जो भए पनि ति मानशिक रोगले ग्रस्त हुन् .

  • लेखनाथ भट्टराई लेख्नुहुन्छ    |   2070 असोज 12 गते 19:51

    कथाको बिषयबस्तु रोचक र हाम्रो समाज सँग मिल्दोजुल्दो यथार्थपरक छ।लेखकको लेखन शैली अत्यन्त सरल र सृजनात्मक रहेको महशुश हुन्छ।भबिष्यका लागि शुभकामना /

  • दिलीप कुमार चौधरी लेख्नुहुन्छ    |   2070 असोज 12 गते 20:12

    सुत्दा सँगै पनि कोल्टो अर्को पटी त कसरी भो दुई दुई पटक गर्भ श्रीमती कि त अर्काको को हुन सक्छ ? या त कथा लेख्न व्य‌ग गरेको हो । धन्यवाद

  • nagendra rai लेख्नुहुन्छ    |   2070 असोज 12 गते 22:06

    कथाले पहिलो पतीपत्नी वीच यौन सम्बन्ध रहने आधार नभएको वेला कसरी गर्भ रहयो भन्ने स्पष्ट छैन

    suman Reply:

    katha le sadahi sabai kura siddha bhanch r yo ati uachch katha ho

  • bhakta लेख्नुहुन्छ    |   2070 असोज 12 गते 22:26

    Manisae dhan daulat hoena usko…sirman, sirmati ma yek arka ko lagi may pyar hunuparxa…naki jindagi dukhaema kina nabitos……..kathako patrale j garnu vayo ramro garnu vayooooo….

  • ganga limbu लेख्नुहुन्छ    |   2070 असोज 12 गते 22:32

    story dukha lagdo cha ra hasho lagdo pani cha dukha yesma cha ki sukha ko kura ny pokhiye xaina yo katha ma so dukha lagyo ane hasho chai yesma lagyo ki due due palta chai kata bata Milan bhako ho ne??? yesko lagi chai im sorry

    THANKU

  • Anjaan Neupane लेख्नुहुन्छ    |   2070 असोज 12 गते 23:12

    Ma pani tehi nira kanfuse 6u how she is pregnant is there a situation of rape?

  • टंक चन्द लेख्नुहुन्छ    |   2070 असोज 13 गते 3:27

    श्रीमान श्रीमती जता कोल्टो परेर सुते नि आखिर यौन समागम मा आशातीत भयको हुनु पर्छ र यो अबश्था को पूर्ण लेखन गरि रहनु पर्दैन ।पर्दा भित्र का केहि कुरा अंदाज बाट पनि थाहा हुन्छ ।यो मनोबैग्यानिक कथा हो र समाजको अदृश्य चित्रण हो ।कथा रोचक छ ।कथाकार लाइ बधाई ।

  • limbu chandrika लेख्नुहुन्छ    |   2070 असोज 13 गते 8:37

    कथा त सवै पढना पार्इएको छैन, नेपाली समाजमा रहेको कुनै एक वर्गमा लेखक डुवेरलेख्नु भएको रहेछ, छोरी मानिसको चरित्र मात्र होइन छोरा मान्छेको व्यवहार बुभ््न पनि गाहो छ

  • Raghunath lamichhane लेख्नुहुन्छ    |   2070 असोज 13 गते 9:09

    साँच्चै नै मन छुने खालको कथा र बास्तविक पनि…..

  • chandani लेख्नुहुन्छ    |   2070 असोज 13 गते 10:42

    jens sathe haru bachha ta rape ma pne bascha ne hoena ra?logne swasne vaera 2years ko becha ma 2 [patak pregnent hunu kuani thulo kira hoena bujnu vyo?

  • chandani लेख्नुहुन्छ    |   2070 असोज 13 गते 10:45

    akher tyo manche pne ta namarda ta theana hola ne

  • Diksha लेख्नुहुन्छ    |   2070 असोज 13 गते 12:13

    according to this article her husband think her as a assets not as a lovely wife.If there is no well understanding between husband n wife property n physical things are like nothing…

  • shashi लेख्नुहुन्छ    |   2070 असोज 13 गते 21:49

    kata kata namileko katha jasto………….dherai thauw ma kathako rupama bhayena…..

  • Shukra लेख्नुहुन्छ    |   2070 असोज 14 गते 7:49

    अन्जु पन्त को केहि दिन अगाडी निस्किएको आत्मा कथाको हुबहु नक्कल जस्तो लाग्यो । शब्द र घटना मात्र दाया बाया जस्तो लाग्यो ।

    suman Reply:

    anju pant ko jiban ahile ko ho, yo katha neelam karki niharika ko uatkrist katha collecton”hawan”ma 2062 ma chhapieko ho /

  • Balachandra लेख्नुहुन्छ    |   2070 असोज 15 गते 6:16

    Anyway I went through this story n understood my fault.I love my wife very much but i’ve not given such presents what it wd b precious to her.If so,the love of true spirit mightn’t b worthful without my preasents.so I ran to buy a keepsake which wd b more precious than my salary at Dashain,however,we r leading our life in scarce.

  • उद्धब कार्की लेख्नुहुन्छ    |   2070 पुष 25 गते 0:00

    यो कथा एउटा यस्तो उदाहरण हो जसले प्रमाणित गरेको छ संसारमा माया भन्दा ठुलो केहि छैन भनेर