१२ असोज, काठमाडौं । के तपाईं दसैंबिदाको फुर्सद किताब पढेर बिताउने तयारीमा हुनुहुन्छ ? त्यसो हो भने पुस्तक छान्नका लागि साझा प्रकाशनले काठमाडौंको सभागृह परिसरमा आयोजना गरेको पुस्तक मेला उपयुक्त थलो बन्न सक्छ । दशैंलाई लक्ष्य गरेर आयोजना गरिएको यो मेलामा साझाबाहेक ५१ वटा प्रकाशन गृह र व्यक्तिगत प्रकाशनका गरी २६ सयभन्दा बढी आइटमका पुस्तक राखिएका छन् । मेला असोज १७ गतेसम्म चल्ने बताइएको छ ।
साझाले यसपटक ०६० अघिका पुस्तकमा ४० प्रतिशत र त्यसपछिका पुस्तकमा ३० प्रतिशतसम्म छुट दिएको छ । यो सुविधा साझाका बिक्री शाखा, उपशाखा भएका ठाउँहरुमा समेत दिइएको छ । गतवर्ष यही समयमा एक करोड १८ लाखको पुस्तक बिक्री गरेको साझाले यसपटक दुई करोडको बिक्री गर्ने लक्ष्य राखेको छ ।
उपत्यका बाहिरका मेलामा साझाबाहेकका अरु पुस्तकहरु खासै उपलब्ध नभए पनि काठमाडौंको मेलामा भने नयाँ-पुराना सबै बान्कीका पुस्तक छन् । केही प्रकाशन गृहहरुले त यही मेलालाई लक्षित गरेर समेत पुस्तकहरु सार्वजनिक गरेका छन् । यसरी पुस्तक निकाल्नेमा फाइनपि्रन्ट, सांगि्रला बुक्स र याम्बुरी बुक्स सबैभन्दा अगाडि देखिएका छन् ।
नयाँ पुस्तक के-के छन् ?
मेलामा ०६९ को मदन पुरस्कार प्राप्त राजन मुकारुङको दमिनी भीर, सुधीर शर्माको नयाँ पुस्तक प्रयोगशाला, पद्मश्री सम्मान प्राप्त शारदा शर्माको ताप, नयनराज पाण्डेको घामकिरी लगायतका कृति २० प्रतिशत छुटमा उपलब्ध छन् । बिक्रीमा पनि यिनै पुस्तक अगाडि देखिएका छन् ।
मुकारुङको दमिनी भीरमा गाउँघरमा हुने शोषण अत्याचार, द्वन्द्वले निम्त्याएको घाउ र संघीयताको मुद्दालाई आख्यानात्मक पारामा उठाइएको छ । त्यस्तै सुधीर शर्माको प्रयोगशालामा विेदेशीहरुले हाम्रो मुलुकलाई कसरी प्रयोगशाला बनाइरहेका छन् ? नेताहरु कसरी विदेशीका दलाल बनिरहेका छन् भन्ने कुरा सप्रमाण प्रस्तुत गरिएको छ । शारदा शर्माको ताप युद्ध व्यहोरेकी युवतीको भोगाइमा आधारित छ । बौद्ध दर्शनको सार कुरा मिसाएर विसंगत सामाजिक परिवेशलाई सर्लक्कै उतारिएको छ । पाण्डेको घामकिरीचाहिँ लेखकको अनुभूतिमा आधारित प्रेममय उपन्यास हो ।
अन्य उपन्यासहरुमा जगदीश घिमिरेको सकस, अखण्ड भण्डारीको मलाया एक्सप्रेस, कृष्ण अविरलको विषपुरुष, उमा सुवेदीको तोदा, सुविन भट्टराईको समर लभ, राजवको बेकारीमा उपन्यास, टंक चौलागाईको काठमाडौं गीत, रमेश पौडेलको द सुपि्रम हृयुमन, राजेन्द्र थापाको द्रौपदी आदि पनि राम्रै संख्यामा बिक्री भइरहेका छन् । आख्यानमा रुचि भएकाहरुका लागि यी उपन्यास राम्र्रै खुराक बन्न सक्छन् ।
मेलामा नयाँखाले स्वाद बोकेका कथाकृतिहरु पनि मनग्ये उपलब्ध छन् । त्यसमध्ये महेशविक्रम शाहको ज्याक्सन हाइट कथासंग्रह भित्रका कतिपय कथाले तपाईंलाई भावुकताको गहिराइमा चुर्लुम्म डुबाउन सक्छन् । नयाँ कथाकारहरु विद्या सापकोटाको नीलो तृष्णा, मिलन संग्रौलाको च्याट गर्ल, सुन्दर जोशीको क्यासल रककी अप्सरा पछिल्लो समय पाठकद्वारा रुचाइएका कथा कृति हुन् । भर्खरै बजारमा आएको सरुभक्तको विज्ञान कथाहरुको संगाँलो पनि तपाईंका लागि राम्रो खुराक बन्न सक्छ ।
यसपटक निबन्धात्मक कृतिको त एकप्रकार बाढी नै लाग्यो । हरिवंश आचार्यको चिना हराएको मान्छे यसवर्षकै बिकाउ पुस्तक बन्यो । विनोद चौधरीको आत्मकथा पनि निकै रुचाइएको प्रेरणास्पद निबन्ध कृति हो । त्यसैगरी श्यामलको रित्तो गाउँ, गोविन्द वर्तमानको हरियो साइकल, श्रीओम श्रेष्ठ रोदनको एक्लो परिचय, भीष्म उप्रेतीको हतार छ, हतार छैन, शेखर खरेलको ‘मैले नदेखेका हिप्पी’, दीपक सापकोटाको ‘लोकेशन’, रोशन शेरचनको धोवीघाट एक्सप्रेस सरल भाषामा लेखिएका पठनीय निबन्ध कृति हुन् ।
जनदिशा दैनिक सम्बद्ध दीपेन्द्र रोकायको ‘नाफाको जिन्दगी’ले जनयुद्धकालका थुप्रै अदृश्य पाटाहरुलाई उजागर गरेको छ । सामाजिक अध्ययन गर्न चाहनेहरुका लागि मोहन मैनालीको उपल्लो थलो गतिलो स्रोत सामाग्री बन्न सक्छ ।
यसवर्ष अपराध जगतका बारेमा जानकारी दिने कृति पनि पाठकले निकै रुचाइए । तपाईंलाई पनि रुचि छ भने केपी ढुंगानाको ओपन सेक्रेट, दिपेश केसीको नेपालमा अपराध, सरोजराज अधिकारीको ‘चक्रव्यूहमा चन्द्रसूर्य’ आदि पढ्दा राम्रै खुराक मिल्न सक्छ ।
कवितामा पनि राम्राराम्रा कृति उपलब्ध छन् । पछिल्लो समय निस्केमध्ये रमेश क्षिजितको घर फर्किरहेकको मानिस, उपेन्द्र सुब्बाको खोलाको गीत, ठाकुर बेल्बासेको त्रासमा ईश्वर, शकुन्तला जोशीको आदिम सिमाना पाठकबाट रुचाइएका कविता कृति हुन् ।
यदि सेल्फहेल्पका पुस्तक पढ्न मन पराउनु हुन्छ भने भर्खरै डा. विकाशानन्दको जीवन के हो ?, अनिल चित्रकारको अघि बढौं, धीर भण्डारीको परिवर्तनकारी जीवनदृष्टि आदि पुस्तक बजारमा आएका छन् । अध्यात्ममा रुचि राख्नु हुन्छ भने पनि साझाको मेलामा छानीछानी पुस्तक किन्न पाइने अवसर छ । विश्वप्रसिद्ध व्यक्तिहरुका जीवनी पढ्ने मन छ भने गौतम बुद्ध, महात्मा गान्धी, विवेकानन्द, स्टिभ जब्स, नेलसन मण्डेल, हिटलर आदिका आत्मकथाहरु नेपाली भाषामा उपलब्ध छन् । साझाले प्रकाशनमा ल्याएको मदनमणि दीक्षितको आत्मकथा ‘आनन्दमय जीवन’ पनि निकै रोचक छ । छोराछोरीको दसैंपाठ्यक्रम बाहिरका किताब पढेर बितोस् भन्ने चाहनुहुन्छ भने बालवालिकाका लागि पनि मेलामा मनग्ये पुस्तक राखिएका छन् ।
मेलामा माथि उल्लेख भएबाहेक अघिल्ला वर्षहरुका हिट पुस्तकहरु प्रायःसबै उपलब्ध छन् । तपाईंले आफ्नो रुचि अनुसारका पुस्तक रोजीरोजी किनेर दसैंलाई ज्ञानवर्द्धक र रमाइलो बनाउन सक्नु हुन्छ ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
kitav kasle ke niyatle sipharis garyo bhannema pani pharak parne rahechha. Yas listma kathmandu baser lekhekai barchaswo dekhinchha. Chitwan ka Bhupeen ko Chaubees Reel nivanda pani padhna laayak pustak ko suchima parchha nivandha kaa pathak haroo ko lagi.
shishir pandey Reply:
October 1st, 2013 at 1:28 pm
book kinera padnaa ta dhari man lagchhaa tara hami jasto student le book kp price le satoo lincha kaha saknnu book kinna.
book haru nikkkalnuu vaneko ta byaparr garne kaam vayeko cha
Subin Ko Summer Love ta free ma diye pani na pade hunxa …waste of time
Aadhyatmik kitab malyi maan parchha taara ke garne
bidesh ma basera kasari chhane ra kasrari magaune
upye batye deye ramro hune thiyo. Maan turunta magaune
thiye.
Dhanyabaad.
Chhetri Keto Reply:
September 30th, 2013 at 11:15 am
Try amazon.com
यो दशैंमा हरिवंश आचार्यको कृति चिना हराएको मान्छे, ०६९ को मदन पुरस्कार प्राप्त राजन मुकारुङको दमिनी भीर, सुधीर शर्माको नयाँ पुस्तक प्रयोगशाला पढ्ने विचारमा छु ।
सुधीर शर्माको नयाँ पुस्तक प्रयोगशाला 1000 mahago vo ni..Nepal ma pustak kinera padni manis badai gaye ko time ma yo ta nikai nai vo……naya pusta rajnita aanuni ko lagita good ho la jasto chha + sabai naya pusta ko le ta padnai parni chha. 500/600 hunu parni ho……ma ta aahele kina sakdina 1/2 year pachhi kinnu parla …. ma magera paddina kineranai ho tara 1000….next time…
सुधीर शर्माको नयाँ पुस्तक प्रयोगशाला 1000 mahago vo ni..Nepal ma pustak kinera padni manis badai gaye ko time ma yo ta nikai nai vo 500/600 hunu parni ho…… 1/2 year pachhi kinnu parla …. ma magera paddina kineranai ho tara 1000….next time…
tap.china haraye ko machhi. khana pugos dina pugos, aani fulko aakha ma fulai sanra , seto dharti,jasusi jalo, chakraviuma surya chanda,B P ka bayan ,BP hitlar aayehudi, jiwan kada ki ful,radha,gham kiri, aahele chaltika ma sanga chhan…pls psl pls pls…book mage ra hoena kinera padnu hola ,,yo bani basyo bhani ramro ramro book hamile padna pauni chhau.
kinna nam lage ko सुधीर शर्माको नयाँ पुस्तक प्रयोगशाला tara 1000 ????
thanks….
यो सब पुस्तक सिंडिकेट हो. onlinekhabar प्रचारक हो. माथि उल्लेखित पुस्तक रामरा छन भन्ने केही गारंटी छैन। जय मधेश
DANDI RAJ Reply:
September 30th, 2013 at 11:54 am
SALE CHOR MADHESI INDAI GAYARA PANI PURI BECH
Dashainma kitab kinne paisale ta ek,chhak nai bhayepani masu bhat po khanchhu kitab kenara ke faida chha manchhe ekchhak khana pani napayera kaha samma bhaiyeko chha sarkarle jagir kam dilaidiyepo khane basne bejo hunthyo jantale dukha pako sarkarle sapana dekhekai chhaina bhudi bharna payehuncha
Kitab ta padhne nai ho, tara yesto pustak mela, kathmandu ma matra kina hunchha? Ke pathak kathmandu ma matra chhan ta? anta chhainan?
मधेसी ko ho yo …life ma kahele book kina ko pani chha k….timmra madhes ka kati jana aaye ka chhan book ko lagi….timi party futau sarkar banu ko ho jasto chha.
Buddhisagar ko Karnali Blues???? Khoi ni list ma???
Sala syndicate
यो दशै मा म बुद्धिनारायन श्रेष्ठ को ‘सीमा सङ्राम’ भन्ने किताब पढने सुझाब दिन्छु । उहाले नेपालको सीमा कसरी छिमेकिहरु बाट मिचिएको छ, बिभिन्न समय मा भएका सन्द्दी,सम्झौता हरुमा नेपाल कसरी आन्याय मा परेको छ भन्ने यथार्थ तथ्यहरु सरल र शिस्ट शैली मा प्रस्तुत गर्नुभएको छ।
DAMINI BHIR TA KUNNI KASARI MADAN PURASKAR PAYO? MAILE TA BHASAH NAI BUJHINA, HITLARLAI BUJHNA KRISHNA DHARABASIKO GESTAPO PADHAM SATHIHO, HARIYO CYCLE PANI RAMRO CHHA.ABA MADAN PURASKARAI PAEKO KITAB FERI EK PATAK DARAJBAT NIKALERA KOSHIS GARDAI PADHNE BICHAR CHHA, RAJAN KO HETCHHAKUPPA FERI MAILE BUJHE RA RAMRO MANISAKEPACHHI DAMINI BHIR KINNA PUGEKO.
52 patti ho
रमेश गौतम “पाल्पाली”को उपन्यास “भाँचिएको लौरो” साझा प्रकाशनको प्रदर्शनी स्थल सभाभवन भृकुटीमण्डपमा राखेको रहेछ । मलाई त अहिलेको हाम्रो समाजमा बृद्धबृद्धाप्रति गरिने व्यवहारका बारेमा यो उपन्यास नौलो लाग्यो । त्यसैले सबैले यो उपन्यास एक पटक पढ्नै पर्ने देखेको छु । विचार तपाईँको ।
यो दशैंमा ०६९ को मदन पुरस्कार प्राप्त राजन मुकारुङको दमिनी भीर, सुधीर शर्माको नयाँ पुस्तक प्रयोगशाला पढ्ने विचारमा छु ।
mero bichar ma if u hindu must read vagbatgita………………………………………………………………………jay hindu
मैले पनि चिना हराएको मानछे किनेर पढिकसने, त्यस्तै गोबिन्द मैनालीको परिबन्दका १५ वर्ष किनेर पढिसके, प्रयोगशाला, दमिनी भीर र कृष्ण धरावासीको राधा किनेर ल्याएको छु, अब पढ्ने विचारमा छु । चिना हराएको मानछे धेरै राम्रो छ । त्यस्तै गोबिन्द मैनालीको परिबनदका १५ वर्ष पनि ठीकै छ । पुस्तक पढ्नु मेरो बानी नै भएको छ ।
book are highly costtly
dashain ma taas padnu ki pustak padnu..
dashain ma pani kasaile kitab padchha ? majjale khane khelne po ho ta.
बल्ल बल्ल मिले को २ ३ दिन को छु ट्टी अब परिवार सँग बिताउनु कि कीताब पढ्नु ???
काम न पाएर……………
काठमाडौँ मा मात्र पाठक छन् र ? देश का विभिन्न ठाउँ मा हुन पर्यो नि यस्तो पुस्तक मेला त !
Ma kathmandu jane bitikae dueta kitaab cahe awasya kinne chu
ma ta dashain ko bida ma damini bhir padnu parla.