अमेरिकी राष्ट्रपति बराक ओबामा र इरानी राष्ट्रपति हसन रौहानीवीच टेलिफोन वार्ता भएको छ ।
राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क पुगेका राष्ट्रपति रौहानी र ओबामावीच १५ मिनेट टेलिफोन वार्ता भएको हो । इरानमा सन् १९७९ मा क्रान्ति सफल भएपछि दुई मुलुकका राष्ट्रपतिवीच पहिलोपटक टेलिफोनमा कुराकानी भएको हो ।
ओबामाले बोलाएको रिसेप्सनमा जान अस्वीकार गरेका राष्ट्रपति रौहानीले ओबामासँग टेलिफोन वार्ताको पहल गरेका थिए । ह्वाइट हाउस र इरानी राष्ट्रपतिको कार्यालयले वार्ताको पुष्टी गर्दै दुई मुलुकवीचको सम्बन्ध सुधारका लागि ‘राम्रो सुरुवात’ भएको टिप्पणी गरेका छन् ।
इरानी राष्ट्रपतिसंग टेलिफोनमा कुरा गर्दै अमेरिकी राष्ट्रपति बराक ओबामा । ह्वाइट हाउसले यो तस्वीर सार्वजनिक गरेको हो ।
राष्ट्रपति रौहानी राम्रोसँग अंग्रेजी बोल्ने भएपनि दुवै जनाले दोभाषेमार्फत् कुरा गरेको बताइएको छ । रौहानीसँगको वार्ता आणविक कार्यक्रमको समाधानका लागि निकै महत्वपूर्ण भएको ओबामाले टिप्पणी गरेका छन् ।
महासभामा भाग लिने न्यूयोर्क पुगेका इरानी राष्ट्रपतिले आफुसँग कुनै आणविक बम नभएको स्पष्ट पार्दै उर्जाका लागि आणविक कार्यक्रम संचालन गरिएको बताएका थिए । त्यसपछि सुरु भएको सम्बन्ध सुधारको प्रयास दुई राष्ट्रपतिको भेट आयोजना गर्न खोजिएको थियो । तर, इरानी राष्ट्रपतिले टेलिफोनमा मात्र कुरा गर्न चाहे ।
इरानी राष्ट्रपतिले आणविक कार्यक्रमका बिषयमा सहमति पुग्न आफु तयार रहेको बताएका थिए । आगामी वार्ताका लागि दुवै देशका बिदेशमन्त्री नियमित सम्पर्कमा रहने सहमति भएको बीबीसीले जनाएको छ ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
यो होनि तरिका, ओबामा बाट नेपाल का नेता गणले पनि केहि सिक्ने की